default_image

9 years ago

November 14, 2016

अमेरिकामा नेपाली राइनोजलाई टु एक्स क्रिकेट युएएस कपको उपाधि

194 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पारस खड्का नेतृत्वको नेपाली राइनोज क्रिकेट क्लबले अमेरिकामा टु एक्स क्रिकेट युएसए कप उपाधि जितेको छ । आज बिहान भएको फाइनलमा हस्टन स्पाक्र्सलाई ५४ रनले हराउँनै पारसको टोली विजयी भएको हो । मित्सुबिसीको प्रायोजन रहेको प्रतियोगिताको विजेता राइनोजले कारसहित ६० हजार २ सय ५० अमेरिकी डलर पनि प्राप्त गरेको छ । अपराजित राइनोजले प्रतियोगिताका सबै पाँच खेल जितेको थियो ।

111

फाइनलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाली राइनोजले कप्तान पारसको सानदार अर्धशतकसहित निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ९७ रन बनाएको थियो । जवाफमा स्पाक्र्स १८.५ ओभरमा १ सय ४३ रनमा अलआउट भयो ।
पहिलो इनिङमा स्पाक्र्सले १ रनको झिनो अग्रता बनाएको थियो । नेपाली राइनोजले १० ओभरमा ३ विकेट गुमाएर ७३ रन जोड्दा स्पाक्र्सले त्यतिनै विकेटमा ७४ रन बटुल्यो । दोस्रो इनिङमा थप ३ विकेट विकेट गुमाउँदै राइनोजले १ सय २४ रन थपेको थियो । १ सय २४ रनको लक्ष्य पछ्याएको स्पाक्र्सले ६९ रन थप्दा सबै विकेट गुमाएको थियो । दोस्रो इनिङमा पारस र शाउन फिडंलेले पाँचौं विकेटका लागि ६५ रनको महत्वपूर्ण साझेदारी गरेपछि नेपाली राइनोजले ठूलो स्कोर खडा गरेको थियो । ३८ बल खेलेका पारसले ८ चौका र ७ छक्का प्रहार गर्दै ७७ रन जोडेका थिए । संयोग उनी ७७ नम्बर जर्सी लगाउछन् । पारसले पहिलो इनिङमा अविजित २३ रन बनाएका थिए । फिडंललेले ६१ रन जोडे ।

त्यसअघि २३ रन बनाउँदा २ विकेट गुमाइसकेको राइनोजलाई ओपन सुवास खकुरेलले पारसले सम्हाल्नेका थिए । उनीहरुले तेस्रो विकेटका लागि ४९ रनको साझेदारी गरेका थिए । लगातार एकरुपताको प्रदर्शन गरेका सुवासले ३ चौकासहित ३२ रन जोडे । अघिल्लो दिन अर्धशतब नाएका ज्ञानेन्द्र मल्ल ४, शदर भेषावकर, पृथु बास्कोटा, सिद्धान्त लोहनी र सोमपाल कामी (अविजित) ले समान २ रन जोडे । स्पाक्र्सका असद अलिले ३, मोहम्मद खादिल, मोहम्मद खलिल र निखिल दत्तले समान १ विकेट लिए ।

2x-usa-cup-copy
स्पाक्र्सका लागि सहजित हसनले ४६, टिम रोय एलनले ४५, पाकिस्तान क्रिकेट टोलकिा पूर्व खेलाडी कमरान अकमलले १९ र खलिलले १० रन जोडे भने अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । राइनोजका लागि फिडंलले ३, पारस, सोमपाल कामी, रुस्टी थेरोनले समान २ विकेट लिए ।

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.