4 years ago
October 31, 2021
एजेन्सी – भारत विश्व क्रिकेटमा वर्तमान समयको पावर हाउस टोली हो । तर आइसिसी प्रतियोगितामा भारतको प्रदर्शन अपेक्षा अनुसार भने हुन सकेको छैन । आज साँझ भारतले आइसिसी टि२० विश्वकपमा न्युजिल्यान्डसँग खेल्दै छ ।

सुपर १२ को समूह २ मा रहेको भारत र न्युजिल्यान्ड दुबैलाई सेमिफाइनल सम्भावना बलियो बनाउन आजको खेलमा जित्नै पर्ने दबाब छ । भारत पाकिस्तानसँग पहिलो खेलमा १० विकेटले पराजित भएको थियो । न्युजिल्यान्ड पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो । अंक विहीन दुबै टोलीलाई यो खेल गर वा मरको अवस्था छ ।
सिरिजहरुमा न्युजिल्यान्डमाथि हाबी बनेको भारतले आइसिसीको प्रतियोगितामा भने झण्डै दुई दशक देखि हराउन सकेको छैन । आइसिसी प्रतियोगिता इतिहास हेर्दा भारतमाथि न्युजिल्यान्ड लगातार हाबी हुँदै आएको छ । आइसिसी प्रतियोगितामा भारतले पछिल्लो १८ वर्षदेखि न्युजिल्यान्डमाथि जित निकाल्न सकेको छैन । पछिल्लो पटक आइसिसी एकदिवसिय विश्वकप २००३ मा भारतले न्युजिल्यान्डलाई हराएको थियो । सिरिजमा लगातार जित हात पारेपनि आइसिसी प्रतियोगितामा भारत पराजित हुँदै आएकोछ ।

पछिल्ला आइसिसीका तीनै प्रतियोगितामा न्युजिल्यान्डले भारतलाई हराएको छ । आइसिसी टेस्ट च्याम्पियनसिप फाइनल २०२१ मा भारतलाई ८ विकेटले हराउँदै न्युजिल्यान्डले उपाधि जितेको थियो । २०१९ को एकदिवसिय विश्वकप सेमिफाइनलमा भारतलाई १८ रनले हराउँदै न्युजिल्यान्डले फाइनलमा स्थान बनाएको थियो । २०१६ को टि२० विश्वकप सुपर १० मा न्युजिल्यान्डले भारतलाई ४७ रनले हराएको थियो ।
दबाबमा कमजोर प्रदर्शन भारतीय टोलीको मुख्य कमजोरी रहँदै आएको छ । एकदिवसिय विश्वकप इतिहासमा भारत र न्युजिल्यान्डबीच ९ खेल भएका छन् । जसमा भारत ३ खेलमा विजयी हुँदा ५ खेलमा पराजित भएको छ । एक खेलको नतिजा विहीन छ । टि२० विश्वकपमा दुई खेलमा दुबैमा न्युजिल्यान्ड विजयी भएको छ ।
च्याम्पियन्स ट्रफी र टेस्ट च्याम्पियनसिप दुबै फाइनलमा भेट हुँदा न्युजिल्यान्डले भारतलाई हराउँदै च्याम्पियन बनेको छ । समग्रमा भारत र न्युजिल्यान्डबीच सबै आइसिसीको प्रतियोगितामा गरि कुल १२ खेलमा प्रतिस्पर्धा गर्दा न्युजिल्यान्ड ९ खेलमा जित र ३ खेलमा पराजित भएको छ । आइसिसी प्रतियोगिता इतिहास हेर्दा भारतमाथि न्युजिल्यान्ड हाबी हुँदै आएको छ । भारत त्यो दबदबा आज तोड्न चाहन्छ । न्युजिल्यान्ड निरन्तरता दिने सोचमा छ ।

भारत यसरी समूह चरणबाटै बाहिरिन सक्छ
पाकिस्तानले अव नामिबिया र स्कटल्यान्डसँग खेल्न बाँकी छ । जसले गर्दा पाकिस्तान शतप्रतिशत जितका साथ सेमिफाइनल खेल्ने निश्चित जस्तै छ । भारत र न्युजिल्यान्डले सुरुवाती खेल हारी सकेका छन् । भारत आज पनि पराजित भएमा र बाँकी तीनै खेलमा जित निकाले पनि जम्मा ६ अंक हुनेछ । यदि यस खेलमा न्युजिल्यान्ड विजयी भएमा उसले अव अफगानिस्तान, नामिबिया र स्कटल्यान्डसँग खेल्न बाँकी छ । तुलनात्मक रुपमा न्युजिाल्यान्ड धेरै बलियो टोली हो । अप्रत्याशित हार नबेहोरे न्युजिल्यान्ड ८ अंकका साथ दोस्रो स्थानमा रहने उच्च सम्भावना छ । त्यसैले भारत आजको खेलमा पराजित भएमा ६ अंक मात्र हुँने हुँदा समूह चरणबाटै बाहिरिने उच्च सम्भावना छ ।
आइसिसी प्रतियोगितामा भारत र न्युजिल्यान्डबीचको नतिजा
भारतले पछिल्लो पटक सन् २००३ को एकदिवसिय विश्वकपमा न्युजिल्यान्डलाई ७ विकेटले हराएको थियो । त्यसपछि लगातार पराजित हुँदै आएको छ । २००० मा केन्यामा भएको आइसिसी नकआउट (च्याम्पियन्स ट्रफी) फाइनलमा भारतलाई ४ विकेटले हराउँदै न्युजिल्यान्डले आइसिसीको पहिलो उपाधि जितेको थियो ।
२०१६ को टि२० विश्वकपमा भारतीय घरेलु मैदान नागपुरमा न्युजिल्यान्ड पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय २६ रन बनाएको थियो । १ सय २७ रनको विजयी लक्ष्य पछ्याउनेक्रममा भारत १८.१ ओभरमा ७९ रनमा अल आउट भएको थियो । समग्रमा भारत र न्युजिल्यान्डबीचको आइसिसी प्रतियोगिता नतिजा

विश्वकप १९७५– न्युजिल्यान्ड ४ विकेटले विजयी
विश्वकप १९७९ – न्युजिल्यान्ड ८ विकेटले विजयी
विश्वकप १९८७ – भारत १६ रन र ९ विकेटले विजयी
विश्वकप १९९२ – न्युजिल्यान्ड ४ विकेटले विजयी
विश्वकप १९९९ – न्युजिल्यान्ड ५ विकेटले विजयी
आइसिसी नकआउट (च्याम्पियन्स ट्रफी) फाइनल २००० – न्युजिल्यान्ड ४ विकेटले
विश्वकप २००३ – भारत ७ विकेटले विजयी
टि२० विश्वकप २००७ – न्युजिल्यान्ड १० रनले विजयी
टि२० विश्वकप २०१६ – न्युजिल्यान्ड ४७ रनले विजयी
विश्वकप सेमिफाइनल २०१९ – न्युजिल्यान्ड १८ रनले विजयी
टेस्ट च्याम्पियनसिप फाइनल २०२१ – न्युजिल्यान्ड ८ विकेटले विजयी
यो पनि पढ्नुहोस् : भारत र न्युजिल्यान्डबीचको खेल क्वाटरफाइनल सरह
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]