default_image

2 years ago

November 7, 2021

जो तेक्वान्दो छाडेर क्रिकेटर बनिन्

भुपेन्द्र जिसी, काठमाडौं बाल्यकालमा तेक्वान्दोबाट खेलकुदमा प्रवेश गरेकी कविता जोशीले नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीमा अलराउन्डरको रुपमा स्थान बनाएकी छिन् । नेपाली समाजमा आजपनि खेलकुदमा लाग्न परिवारको साथ नभएको अवस्थामा कविता भने परिवारकै साथ सहयोगले आफू अघि बढ्न सकेको मान्छिन् । नेपाली खेलकुदमा अझै पनि खेलेर बाँच्ने आधार बनेको छैन । क्रिकेट र फुटबललाई छाड्ने […]

98 views

0 Bookmark

भुपेन्द्र जिसी, काठमाडौं

बाल्यकालमा तेक्वान्दोबाट खेलकुदमा प्रवेश गरेकी कविता जोशीले नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीमा अलराउन्डरको रुपमा स्थान बनाएकी छिन् । नेपाली समाजमा आजपनि खेलकुदमा लाग्न परिवारको साथ नभएको अवस्थामा कविता भने परिवारकै साथ सहयोगले आफू अघि बढ्न सकेको मान्छिन् ।

नेपाली खेलकुदमा अझै पनि खेलेर बाँच्ने आधार बनेको छैन । क्रिकेट र फुटबललाई छाड्ने हो भने अन्य खेलकुदको अवस्था निकै कमजोर छ । अझ महिला खेलकुदको अवस्था निकै दयनीय छ । त्यसैले धेरै खेलाडीहरु एक खेलाडी मात्र सिमित हुँदैनन् । जुनमा अवसर आउँछ त्यसैमा खेल्न चाहन्छन् । सानो उमेरदेखि नै कुन खेल खेल्ने र छनोट गर्नेमा दुविधामा बढी पर्छन् । सानो उमेरकाले धेरै खेलमा प्रयास गर्ने गर्दछन् ।

अर्को महिना संयुक्त अरव इमिरेट्स (युएई) मा हुने आइसिसी वुमन्स टि२० विश्वकप २०२३ अन्तर्गत एसिया छनोटको लागि घोषित टोलीबाट कविताले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएकी हुन् । छैटौं राष्ट्रिय खेलकुदमा सुदूरपश्चिमबाट तेक्वान्दोमा प्रतिस्पर्धा गरेकी कविताको पहिचान भने क्रिकेटमा बनेको छ ।

घरेलु क्रिकेटमा पछिल्लो समय राम्रो प्रभाव छाड्दै सिनियर टोलीमा स्थान बनाएकी हुन् । गत पुषमा दाङको लमहीमा भएको सगरमाथा सिमेन्ट प्रधानमन्त्री राष्ट्रिय महिला टि२० क्रिकेट प्रतियोगितामा उच्च प्रदर्शनका साथ सिनियर टोलीको यात्रा सहज बनाएकी थिइन् ।

‘म क्रिकेट खेल्न सुरुवात गरेदेखि नै राष्ट्रिय टोलीबाट खेल्ने सपना बोकेर आएको थिए । नेपाली टोलीको जर्सी लगाएर खेल्ने सपना पूरा हुने भएको छ । सबैभन्दा ठूलो सपना नेपाली टोलीबाट खेल्ने थियो । त्यसैले यो मेरो लागि सबैभन्दा ठूलो खुसीको कुरा हो’, कविताले टोलीमा परेपछि भनिन्, ‘म टिममा पर्छु भन्नेमा आत्मविश्वासी थिए । किनभने बन्द्र प्रशिक्षणमा मेरो राम्रो प्रदर्शन भएको थियो ।’

सन् २०१६ देखि लगातार बन्द प्रशिक्षणमा पर्दै आएकी कविताले यस पटक अन्तिम टोलीमा स्थान बनाउन सफल भइन् । ‘मेरो सपना त पूरा भयो । तर मैले अब नियमित प्रदर्शन गर्नुपर्ने हुन्छ । राष्ट्रिय प्रतियोगिता भन्दा अझ उत्कृष्ट प्रदर्शन नेपाली टोलीबाट देखाउन चाहन्छु । विश्वकपमा छनोट हुन सकौं’, उनले भनिन् ।

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान रुविना क्षेत्री बेलबासले कविता क्षमता अनुसार पहिला नै टोलीमा पर्नुपर्ने तर्क राख्छिन् । ‘कविता पहिला नै टोलीमा पर्नुपर्ने हो । एकदमै राम्रो अलराउन्डर हुन् । ब्याटिङ, बलिङ र फिल्डिङ तीनै क्षेत्रमा राम्रो छ’, रुविनाले पहिलो पटक कविता टोलीमा परेपछि भनिन्, ‘होला उनको शरीर हेर्दा टोलीमा कसरी पर्यो भन्ने पनि हुनसक्छ । तर फिल्डमा आएर उनको क्षमता हेर्दा हुन्छ । उनीबाट हामीले धेरै आशा गरेका छौं ।’

टोलीका प्रशिक्षक जगत टमाटाले कवितामा फरक किसिमको शैली रहेको बताउँछन् । ‘कवितामा फरक किसिमको क्षमता छ । टि२० क्रिकेटमा टोलीलाई चाहिने खेलाडी हो । उसलाई टोलीमा एउटा भूमिका दिएका छौं । उनलाई त्यसैमा ध्यान केन्द्रित गरिएको छ । आशा छ प्रतियोगितामा नतिजा पनि देखिने छ’, टमाटाले भने ।

एक वर्ष अघि नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय महिला खेलाडीलाई पहिलो पटक ग्रेडमा राख्दै नाम सार्वजनिक गर्दा ग्रेड विभाजनलाई लिएर चौतर्फी आलोचना भएको थियो । महिला र पुरुष दुवैमा क्यानले खेलाडी वर्गीकरण र ग्रेडिङमा गम्भीर लापरवाही गरेको, नेपालबाट नखेलेकालाई राखेको, प्रर्दशन अनुसार नभएको लगायतका विभिन्न कारण आलोचना खेप्नुपर्यो । नेपालबाट नखेली ग्रेड बी पर्ने अलराउन्डर कविता जोशी पनि थिइन् । एक वर्ष अघि चर्को आलोचना खेपेकी उनले त्यसको इख उठाउँदै घरेलु प्रतियोगितामा प्रभाव छाड्दै पहिलो पटक नेपाली टोलीमा परेकी हुन् ।

सुदूरपश्चिमलाई सेमिफाइनलमा पुर्याउन तल्लोक्रममा ब्याटिङ गर्दै कविताले ४ खेलमा ५० रन बनाउनुको साथै ६ विकेट लिइन् । उनी प्रतियोगितामा ५० रन र ६ विकेट लिने एक्लो खेलाडी थिइन् । सूदरपश्चिमबाट रन र विकेट दुवैतर्फ उनी अग्रस्थानमा थिइन् । कविताले आलोचनाको तीन महिना (पुष) पिएम कपमा प्रदर्शनबाट जवाफ खोजेकी थिइन् ।

कविताले पिएमकपमा बागमतीविरुद्ध ह्याट्रिक सहित पाँच विकेट लिएपछि सुदूरपश्चिम २८ रनले विजयी हुँदै सेमिफाइनल पुगेको थियो । उक्त खेलमा कविताले उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । बागमतीकी स्पिनर आरती बिडारीले छैटौं ओभरको दोस्रो बलमा सुदूरकी विकेटकिपर मन्जु बोगटीलाई पाँच रनमा एलबिडब्लू आउट गरिन् । अर्को बलमा कप्तान विन्दु रावललाई कट एण्ड बोल्ड आउट गरेपछि ह्याट्रिक बलको सामना गर्न कविता मैदान आएकी थिइन् । ह्याट्रिक बलको समना गर्न आएको हुँदा पहिलो बल रोकेर खेल्ने अनुमान गरिएको थियो । तर कविताले आरतीलाई डिप मिडविकेटमा छक्का प्रहार गर्दै इनिङ सुरुवात गरेकी थिइन् । उक्त सटले उनको आत्माविश्वास झल्किन्थ्यो ।

जितका लागि ७७ रनको लक्ष्य पछ्याउने क्रममा बागमतीविरुद्ध नवौं ओभरमा कविताले ह्याट्रिक सहित पाँच विकेट लिएपछि जित हात पारेको थियो । नवौं ओभरको दोस्रो बलमा प्रमुख ब्याटर सुमन खतिवडालाई कप्तान विन्दु रावलबाट २७ रनमा क्याच आउट गराउँदै खेललाई आफ्नो पक्षमा ल्याएकी थिइन् । तेस्रो बलमा एनिसा मजाकोटीलाई शून्य र चौथो बलमा केनुका बस्नेतलाई शून्यमै एलबिडब्लू आउट गर्दै ह्याट्रिक लिन सफल भएकी थिइन् । उक्त खेलमा उनले २ ओभरमा १० रन खर्चेर ५ विकेट लिँदै प्लेयर अफ द म्याच चुनिएकी थिइन् ।

सेमिफाइनलमा एपिएफविरुद्ध २१ बलमा २ चौका सहित २२ रनमा अविजित रहँदै प्रतिस्पर्धात्मक लक्ष्यमा पुर्याएकी थिइन् । एपिएफसँग सुदूरपश्चिम सेमिफाइनलमा ९ विकेटले पराजित हुँदै बाहिरिंदा कविताले भने राम्रो प्रभाव छोडेर फर्किन् ।

गत चैतमा भएको ललितपुर मेयर वुमन्स च्याम्पियनसिपमा सुदूरपश्चिम फाइनलमा नेपाल एपिएफ क्लबसँग पराजित भएको थियो । जसमा कविताको प्रदर्शन औसत थियो । उनले ५ खेलमा ३९ रन बनाउनुको साथै ४ विकेट लिएकी थिइन् ।

‘वर्गीकरणपछि मेरो आलोचना भएको थियो । सिनियर खेलाडीहरुलेनै अहिले सम्म नेपालबाट नखेलेकी ग्रेडिङमा कसरी पर्यो भन्ने जस्ता कुराहरु गर्दा साहै्र नराम्रो लागेको थियो । त्यसैलेनै मेरो मनमा एउटा इगो आयो की बोलेर होईन गरेर देखाउँछु । त्यसै अनुसार मिहिनेत पनि गरेर आएको थिए’, उनले भनिन् ।

‘मैले मिहिनेत गरेर अनुसार यस प्रतियोगितामा सुधार पनि आयो । ह्याट्रिक लिन पनि सफल भए । एकदमै खुसी लागेको छ । यस प्रतियोगिताले मनोबल पनि निकै बढेको छ’, त्यसैमा थपिन्, ‘अझै धेरै गर्न भने बाँकी छ ।’

‘प्रतियोगिता सुरु हुनुभन्दा अघि नै मैले बढी जिम्मेवारी भएको ठानेको थिए । मैले प्रदेशका लागि निरन्तर राम्रो गरिरहेको थिएँ । राष्ट्रिय टोलीमा पर्न नसके पनि देश भित्रको खेलमा जस्तो प्रर्दशन दिएर खेलेको थिए मलाई पनि लाग्थ्यो मेरो पनि एउटा बेग्लै पहिचान छ । तर ग्रेडिङको क्रममा भएको आलोचनाले भने साह्रै नराम्रो लागेको थियो,’ उनले भनिन् ।

कविताले घरेलु क्रिकेट कन्चनपुरबाट खेल्ने गर्दछिन् । यस पटकको छनोटमा औसत प्रर्दशन गरिन् । गत वर्ष लमहीमै भएको आठौं राष्ट्रिय प्रतियोगितामा कविता उत्कृष्ट ब्याटर घोषित भएकी थिइन् । कन्चनपुरको भिमदत्त नगरपालिका वडा नम्बर १० की कविताको सुरुवात भने तेक्वान्दोबाट सुरु गरेकी थिइन् । उनले छैटौं राष्ट्रिय खेलकुद प्रतियोगितामा तेक्वान्दोबाट प्रतिस्पर्धा गरेकी थिइन् ।

२०६४ सालमा उनी तेक्वान्दो छाडेर क्रिकेट एकेडेमीनै जान थालेकी थिइन् । तर केहि समयमा नै उनले क्रिकेट छाड्ने निर्णय गरिन् । त्यसपछि २०७० सालपछि पुन: क्रिकेटमा होमिने निर्णय गरिन् । उनले तेक्वान्दोकै कारण क्रिकेट छोडेकी थिइन् ।

‘भविष्य भन्दा पनि दाईहरु र परिवारबाट क्रिकेटमा बढी लाग्न प्रेरित गरे । म पनि क्रिकेटमा बढी रुचि राख्थें । त्यो भएर तेक्वान्दो छाडेर क्रिकेट खेलेको हुँ’, कविताले भने । २०७० पछि भने उनी तेक्वान्दोमा फर्केकी छैनन् ।

कविताले पहिलो राष्ट्रिय प्रतियोगिता २०७० काठमाडौंमा खेलेकी थिईन् । रोशनी बोहराले क्षेत्रीय टोलीमा खेलाडी नपुगेको र राम्रो खेल्ने हुँदा फेरि खेल्न आग्रहपछि क्रिकेटमा फर्केको पनि कविता बताउँछिन् । त्यसयता कविताले लगातार घरेलु क्रिकेट खेल्दै आएकी छिन् । कविताले गतवर्ष १३ औं दक्षिण एसियाली खेलकुद (साग) को क्रममा मुलपानी क्रिकेट मैदानमा माल्दिम्भस विरुद्ध नेपाल ए बाट उत्कृष्ट अलराउन्ड प्रर्दशन गरेकी थिइन् । कविता २०१६ देखि सियिनर टोलीको बन्द प्रशिक्षणमा पर्दै आएकी थिइन् ।

कविता टोलीमा आक्रामक ब्याटरको भूमिकामा देखिनेछिन् । त्यसबाहेक उनी स्पिनरको भूमिका पनि निर्वाह गर्न सक्छिन् । उनको शारीरिक बनावटले पनि आक्रामक ब्याटरको लागि सहज हुने देखिन्छ । टि२० क्रिकेटमा आक्रामक ब्याटरको आवश्यकता हुन्छ । टोलीमा डली भट्टपछि उनी त्यो शैलीको लागि बढी प्रभावकारी खेलाडी हुन् ।

यूएईमा हुने छनोटमा विपक्षी टोली तुलनात्मक रुपमा कमजोर हुँदा उनलाई अझ सहज हुनसक्छ । त्यसो त पछिल्लो समय महिला क्रिकेट टोलीमा आन्तरिक प्रतिस्पर्धा पनि बढ्दो छ । यस्तो अवस्थामा कविताले टोलीमा स्थान बलियो बनाउन कम अवसरमा आफ्नो क्षमता देखाउनु पर्नेछ ।

May 4, 2024

नेपाल सिरिजको अन्तिम खेलमा विजयी  

काठमाडौँ (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्धको टि-२० श्रृंखलाको अन्तिम खेलमा नेपाल विजयी भएको छ । एक खेल अगावै सिरिज गुमाएको नेपाल अन्तिम खेलमा भने ६ विकेटले विजयी भएको हो । नेपालले पाएको १७३ रनको लक्ष्य नेपालले  ४ विकेट गुमाएर ७ बल बाँकी छँदै पुरा गर्यो । नेपालको जितमा अनिल साहले ४५ बलमा ५८ […]

May 4, 2024

सिरिजको अन्तिम खेलमा नेपाललाई बलियो लक्ष्य 

काठमाडौँ (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्धको टि-२० श्रृंखलाको अन्तिम खेलमा नेपालले बलियो लक्ष्य पाएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको वेस्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७२ रन बनायो ।  वेस्ट इन्डिज ‘ए’ का लागि एलिक अथान्जेले २९ बलमा १ चौका […]

May 4, 2024

नेपाल टस हारेर फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्ध जारी टि २० सिरिजको पाँचौं खेलमा पनि नेपालले टस हारेको छ । वेस्ट इन्डिज ‘ए’ का कप्तान रोस्टन चेजले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएपछि नेपालले फिल्डिङ गर्ने भएको छ । नेपालले सिरिजको सबै खेलमा पहिला फिल्डिङ गर्ने भएको छ । नेपालले आज पछिल्लो खेलमा हार […]

Success

Thank you for your time.