4 years ago
November 7, 2021
एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ को सेमिफाइनलमा पुग्न अफगानिस्तानले न्युजिल्यान्डलाई १ सय २५ रनको सामान्य विजयी लक्ष्य दिएको छ । शेख जायद स्टेडियम आबूधाबीमा टस जितेर पहिला ब्याटिङ थालेको अफगानिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय २४ रन बनायो ।

अफगानिस्तानका मध्यक्रमका ब्याटर नाजिबउल्लाह जद्रानले ४८ बलमा ६ चौका र ३ छक्का सहित सर्वाधिक ७३ रनको इनिङ खेले । उनी अफगानिस्तानबाट टि२० विश्वकपमा एकै इनिङमा सर्वाधिक रन बनाउने ब्याटर बनेका छन् । यसअघि २०१४ मा हङकङविरुद्ध मोहम्मद शाहजादले ६८ रन बनाएका थिए ।
तीव्र गतिका बलर एडम मिल्नेले तेस्रो ओभरको दोस्रो बलमा ओपनर मोहम्मद शाहजादलाई ४ रनमा क्याच गराउँदै न्युजिल्यान्डलाई पहिलो सफलता दिलाएका थिए । मिल्नेको सट बलमा एज लागेपछि विकेटकिपर डेभन कन्वेले एक हातले उत्कृष्ट क्याच लिँदै शाहजादलाई पेभेलिएन फर्काएका थिए ।
चौथो ओभरको पहिलो बलमा ट्रेन्ट बोल्टले हज्रातुल्लाह जजाईलाई २ रनमा क्याच गराएपछि अफगानिस्तानले खराब सुरुवात गरेको थियो । टिम साउथीले छैटौं ओभरको पहिलो बलमा रहमानउल्लाह गुर्बाजलाई ६ रनमा एलबीडब्लू आउट गरेपछि १९–३ को कमजोर अवस्थामा पुगेको थियो ।
स्पिनर ईश सोधीले दशौं ओभरको अन्तिम बलमा गुलबदीन नइबलाई १५ रनमा बोल्ड आउट गर्दै चौथो सफलता दिलाएका थिए । चौथो विकेटका लागि जद्रान र मोहम्मद नाबीले ५९ रनको साझेदारी गर्दै इनिङ अगाडि बढाएका थिए । नाबी २० बलमा टिम साउथीको बलमा १४ रनमा कट एण्ड बोल्ड आउट भए ।
न्युजिल्यान्डका तीव्र गतिका बलर ट्रेन्ट बोल्टले ४ ओभरमा १७ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । एडम मिल्नेले ४ ओभरमा १७ रन खर्चेर १ विकेट लिए । टिम साउथीले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । ईश सोधी र जेम्स निशमको नाममा १-१ विकेट रह्यो । यस खेलमा विजयी भएमा न्युजिल्यान्ड सेमिफाइनलमा पुग्नेछ ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]