4 years ago
November 7, 2021
एजेन्सी – न्युजिल्यान्डले भारतलाई पछि पार्दै आइसिसी टि२० विश्वकप २०२१ को सेमिफाइनलमा पुगेको छ । आइतबार न्युजिल्यान्डले अफगानिस्तानलाई ८ विकेटले पराजित गर्दै तेस्रो पटक सेमिफाइनलमा स्थान बनाएको हो । भारत र अफगानिस्तान भने समूह चरणबाटै बाहिरिएका छन् ।

जितको लागि १ सय २५ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्डले १८.१ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । न्युजिल्यान्डका कप्तान केन विलियम्सन ४२ बलमा ३ चौका ४० रनमा अविजित रहे । डेभन कन्वे ३२ बलमा ४ चौका सहित ३६ रनमा अविजित रहे । तेस्रो विकेटका लागि कन्वे र विलियम्सनले ६८ रनको अविजित साझेदारी गर्दै जित पक्का गराएका थिए ।
ओपनर डर्याल मिचेललाई स्पिनर मुजिब उर रहमानले चौथो ओभरको पहिलो बलमा मोहम्मद शाहजादबाट १७ रनमा क्याच आउट गराएका थिए । मिचेलले १२ बलमा ३ चौका प्रहार गरे । नवौं ओभरको पाँचौं बलमा राशिद खानले ओपनर मार्टिन गुप्टिललाई २८ रनमा बोल्ड आउट गरे । उनले २३ बलमा ४ चौका प्रहार गरे । अफगानिस्तानका राशिद खान र मुजिब उर रहमानले १–१ विकेट लिए ।
त्यसअघि शेख जायद स्टेडियम आबूधाबीमा टस जितेर पहिला ब्याटिङ थालेको अफगानिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय २४ रन बनाएको थियो । अफगानिस्तानका मध्यक्रमका ब्याटर नाजिबउल्लाह जद्रानले ४८ बलमा ६ चौका र ३ छक्का सहित सर्वाधिक ७३ रनको इनिङ खेले । अन्य ब्याटर नचल्दा सस्तैमा रोकिएको थियो ।

तीव्र गतिका बलर एडम मिल्नेले तेस्रो ओभरको दोस्रो बलमा ओपनर मोहम्मद शाहजादलाई ४ रनमा क्याच गराउँदै न्युजिल्यान्डलाई पहिलो सफलता दिलाएका थिए । मिल्नेको सट बलमा एज लागेपछि विकेटकिपर डेभन कन्वेले एक हातले उत्कृष्ट क्याच लिँदै शाहजादलाई पेभेलिएन फर्काएका थिए ।
चौथो ओभरको पहिलो बलमा ट्रेन्ट बोल्टले हज्रातुल्लाह जजाईलाई २ रनमा क्याच गराएपछि अफगानिस्तानले खराब सुरुवात गरेको थियो । टिम साउथीले छैटौं ओभरको पहिलो बलमा रहमानउल्लाह गुर्बाजलाई ६ रनमा एलबीडब्लू आउट गरेपछि १९–३ को कमजोर अवस्थामा पुगेको थियो ।
स्पिनर ईश सोधीले दशौं ओभरको अन्तिम बलमा गुलबदीन नइबलाई १५ रनमा बोल्ड आउट गर्दै चौथो सफलता दिलाएका थिए । चौथो विकेटका लागि जद्रान र मोहम्मद नाबीले ५९ रनको साझेदारी गर्दै इनिङ अगाडि बढाएका थिए । नाबी २० बलमा टिम साउथीको बलमा १४ रनमा कट एण्ड बोल्ड आउट भए ।

न्युजिल्यान्डका तीव्र गतिका बलर ट्रेन्ट बोल्टले ४ ओभरमा १७ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । एडम मिल्नेले ४ ओभरमा १७ रन खर्चेर १ विकेट लिए । टिम साउथीले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । ईश सोधी र जेम्स निशमको नाममा १-१ विकेट रह्यो । यस खेलमा विजयी भएमा न्युजिल्यान्ड सेमिफाइनलमा पुग्नेछ ।
न्युजिल्यान्ड तेस्रो पटक सेमिफाइनलमा पुगेको हो । यसअघि २००७ र २०१६ मा सेमिफाइनलमा पुगेको थियो । सुपर १२ को समूह १ बाट इंग्ल्यान्ड विजेता र अष्ट्रेलिया उप विजेताको रुपमा सेमिफाइनलमा पुगेका छन् । सुपर १२ को समूह २ बाट न्युजिल्यान्ड र पाकिस्तान शीर्ष दुईमा रहँदै सेमिफाइनलमा पुगेका छन् ।
आज हुने दोस्रो खेलको नतिजाले समूह २ को विजेता र उप विजेताको निर्धारण हुनेछ । आज राती पाकिस्तान स्कटल्यान्डसँग पराजित भएमा न्युजिल्यान्ड समूह विजेता बन्नेछ । पाकिस्तान विजयी भएमा समूह विजेता बन्नेछ । इंग्ल्यान्डले समूह २ को उपविजेता र अष्ट्रेलियाले समूह २ को विजेतासँग प्रतिस्पर्धा गर्नेछन् ।

अंक तालिका
सुपर १२ को समूह १ मा इंग्ल्यान्ड ५ खेलमा ४ मा जित र १ मा हार सहित ८ अंकका साथ शीर्ष स्थानमा रहेर अन्त्य गर्यो । इंग्ल्यान्डको नेटरनरेट प्लस २.४६४ रह्यो । अष्ट्रेलिया ५ खेलमा ४ मा जित र १ मा हार सहित ८ अंकका साथ दोस्रो स्थानमा रह्यो । अष्ट्रेलियाको नेटरनेट प्लस १.२१६ रह्यो ।
दक्षिण अफ्रिकाको ५ खेलमा ४ मा जित र १ मा हार ८ अंक भएपनि नेटरनरेटको आधारमा तेस्रो स्थानमा रहँदै बाहिरयो । दक्षिण अफ्रिका नेटरनरेट प्लस ०.७३९ रह्यो । श्रीलंका ५ खेलमा २ मा जित र ३ मा हार सहित चौथो, वेस्टइन्डिज ५ खेलमा १ मा जित र ४ मा हार सहित पाँचौ र बंगलादेश ५ खेलमा ५ मानै हारका साथ बाहिरिए ।

सुपर १२ को समूह २ मा न्युजिल्यान्ड ५ खेलमा ४ मा जित र १ मा हार सहित शीर्ष स्थानमा छ । पाकिस्तान ४ खेलमा ४ मानै जितका साथ दोस्रो स्थानमा छ । भारत ४ खेलमा २ मा जित र २ मा हारका साथ तेस्रो स्थानमा छ । अफगानिस्तान ५ खेलमा २ मा जित र ३ मा हार सहित चौथो स्थानमा रहेर बाहिरियो । नामिबिया ४ खेलमा १ मा जित र ३ मा हार सहित पाँचौं स्थानमा छ । स्कटल्यान्ड सुरुवाती ४ खेलमानै पराजित भएको छ ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]