default_image

4 years ago

November 7, 2021

भारत एक खेल अगावै टि२० विश्वकपको समूह चरणबाटै बाहिरियो

174 views

0 Bookmark

एजेन्सी – विश्व क्रिकेटको पावर हाउस भारत आइसिसी टि२० विश्वकप २०२१ मा एक खेल अगावै समूह चरणबाटै बाहिरिएको छ । आइतबार न्युजिल्यान्डले अफगानिस्तानलाई ८ विकेटले पराजित गरेपछि भारतको झिनो अंक गणीतिय सम्भावना समाप्त भएको थियो ।

भारतलाई शीर्ष दुईमा रहेर सेमिफाइनल खेल्न अफगानिस्तानले न्युजिल्यान्डलाई हराउनै पर्ने हुन्थ्यो । तर न्युजिल्यान्डले अफगानिस्तानमाथि सानदार जित निकालेपछि अघिल्लो चरणको अंक गणीतिय सम्भावना सकिएको हो । अफगानिस्तानले प्रस्तुत गरेको १ सय २५ रनको सामान्य विजयी लक्ष्य न्युजिल्यान्डले १८.१ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो ।

न्युजिल्यान्ड ५ खेलमा ४ मा जित र १ मा हार सहित ८ अंकका साथ शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । भारतले अन्तिम खेलमा सोमबार नामिबियालाई हराउँदा पनि जम्मा ६ अंक हुनेछ । जसको कारण समूह चरणबाटै बाहिरिएको हो । पाकिस्तान यस अघिनै ४ खेलमा ४ मानै जितका साथ सेमिफाइनलमा पुगेको थियो ।

टि२० विश्वकपको सेमिफाइनलमा पुग्ने ४ टोलीको टुङ्गो लागेको छ । यसअघिनै सुपर १२ को समूह १ बाट इंग्ल्यान्ड समूह विजेता र अष्ट्रेलिया उप विजेताको रुपमा सेमिफाइनलमा पुगेका थिए । आज हुने दोस्रो खेलमा पाकिस्तान र स्कटल्यान्डबीचको नतिजाले समूह विजेता र उप विजेताको टुङ्गो लाग्नेछ ।

पाकिस्तानले ४ खेलमा ४ मा जितका साथ ८ अंक भएपनि नेटरनरेटको आधारमा दोस्रो स्थानमा छ । पाकिस्तानले आज राती स्कटल्यान्डलाई हराउँदा १० अंकका साथ शीर्ष स्थानमा रहने छ । पराजित भएमा भने समान ८–८ अंक हुँदा नेटरनरेटको आधारमा न्युजिल्यान्ड शीर्षस्थानमा रहनेछ । न्युजिल्यान्डको नेटरनरेट प्लस १.१६२ र पाकिस्तानको प्लस १.०६५ छ ।

भारतले अन्तिम खेलमा सोमबार नामिबियालाई हराउँदा पनि जम्मा ६ अंक हुनेछ । जसको कारण समूह चरणबाटै बाहिरिएको हो । भारत पहिलो खेलमा पाकिस्तानसँग १० विकेटले पराजित भएको थियो । दोस्रो खेलमा न्युजिल्यान्डसँग ८ विकेटले पराजित भएपछि समूह चरणबाटै बाहिरिने लगभग निश्चित जस्तै बनेको थियो ।

तेस्रो खेलमा अफगानिस्तानलाई ६२ रन र स्कटल्यान्डलाई ८ विकेटले हराउँदै झिनो आशा कायमै राखेको थियो । भारत २००७ को विश्वकप च्याम्पियन टोली हो । २०१४ मा उपविजेता र २०१६ मा सेमिफाइनलबाट बाहिरिएको थियो । टि२० विश्वकपको सेमिफाइनलमा इंग्ल्यान्डले समूह २ को उपविजेतासँग खेल्नेछ । अष्ट्रेलियाले समूह २ को विजेतासँग खेल्नेछ । सेमिफाइनल बुधबार र बिहीबार हुनेछ । फाइनल आइतबार हुनेछ ।

अंक तालिका

सुपर १२ को समूह १ मा इंग्ल्यान्ड ५ खेलमा ४ मा जित र १ मा हार सहित ८ अंकका साथ शीर्ष स्थानमा रहेर अन्त्य गर्यो । इंग्ल्यान्डको नेटरनरेट प्लस २.४६४ रह्यो । अष्ट्रेलिया ५ खेलमा ४ मा जित र १ मा हार सहित ८ अंकका साथ दोस्रो स्थानमा रह्यो । अष्ट्रेलियाको नेटरनेट प्लस १.२१६ रह्यो ।

दक्षिण अफ्रिकाको ५ खेलमा ४ मा जित र १ मा हार ८ अंक भएपनि नेटरनरेटको आधारमा तेस्रो स्थानमा रहँदै बाहिरियो । दक्षिण अफ्रिका नेटरनरेट प्लस ०.७३९ रह्यो । श्रीलंका ५ खेलमा २ मा जित र ३ मा हार सहित चौथो, वेस्टइन्डिज ५ खेलमा १ मा जित र ४ मा हार सहित पाँचौ र बंगलादेश ५ खेलमा ५ मानै हारका साथ बाहिरिए ।

सुपर १२ को समूह २ मा न्युजिल्यान्ड ५ खेलमा ४ मा जित र १ मा हार सहित शीर्ष स्थानमा छ । पाकिस्तान ४ खेलमा ४ मानै जितका साथ दोस्रो स्थानमा छ । भारत ४ खेलमा २ मा जित र २ मा हारका साथ तेस्रो स्थानमा छ । अफगानिस्तान ५ खेलमा २ मा जित र ३ मा हार सहित चौथो स्थानमा रहेर बाहिरियो । नामिबिया ४ खेलमा १ मा जित र ३ मा हार सहित पाँचौं स्थानमा छ । स्कटल्यान्ड सुरुवाती ४ खेलमानै पराजित भएको छ ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.