default_image

4 years ago

November 7, 2021

मलिकको विष्फोटक ब्याटिङमा पाकिस्तानको विशाल योगफल

151 views

0 Bookmark

एजेन्सी – अनुभवी ब्याटर शोएब मलिकको विष्फोटक अर्धशतकमा पाकिस्तानले आइसिसी टि२० विश्वकप २०२१ मा स्कटल्यान्डलाई १ सय ९० रनको विशाल लक्ष्य दिएको छ । शारजाह क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ थालेको पाकिस्तानले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ८९ रन बनायो ।

पाकिस्तानका कप्तान बाबर आजमले ४७ बलमा ५ चौका र ३ छक्का सहित सर्वाधिक ६६ रनको योगदान दिए । शोएब मलिक १८ बलमा १ चौका र ६ छक्का सहित ५४ रनमा अविजित रहे । मलिकले अन्तिम ओभरको अन्तिम बलमा डीप मिडविकेटमा स्पिनर क्रिस ग्रीव्सलाई छक्का प्रहार गर्दै अर्धशतक प्रहार गरेका थिए । ग्रीव्सलाई अन्तिम ओभरमा मलिकले ३ छक्का र १ चौका सहित कुल २६ रन प्रहार गरेका थिए । पाकिस्तानबाट टि२० आईमा बनेको यो सर्वाधिक छिटो अर्धशतक हो । यसअघि २०१० मा उमर अकमलले अष्ट्रेलियाविरुद्ध २१ बलमा अर्धशतक प्रहार गरेका थिए ।

बाबरको टि२० आई करिअरको २४ औं अर्धशतक हो । जारी विश्वकपमा बाबरको पाँच खेल मध्य चौथो अर्धशतक हो । टि२० एकै विश्वकपमा यस अघि चार अर्धशतक भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले २०१४ र अष्ट्रेलिया ओपनर म्याथ्यु हेडेनले २००७ मा प्रहार गरेका थिए । उक्त कीर्तिमान बाबरले बराबरी गरेका हुन् । कप्तानको रुपमा टि२० आईमा बाबरको १५ औं अर्धशतक हो । बाबरपछि कप्तानको रुपमा भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले १३ अर्धशतक प्रहार गरेका छन् ।

पाकिस्तानलाई ओपनर बाबर र मोहम्मद रिजवानले पहिलो विकेटका लागि ६.१ ओभरमा ३५ रनको साझेदारी गर्दै मध्यम सुरुवात दिएका थिए । स्पिनर हम्जा ताहिरको बलमा रिजवान १५ रनमा विकेटकिपर म्याथ्यु क्रसबाट कट विहाइन्ड आउट भएका थिए । रिजवानले १९ बलमा १ छक्का प्रहार गरे ।

दशौं ओभरको चौथो बलमा क्रिस ग्रीव्सले फखार जमानलाई ८ रनमा क्याच आउट गराए । त्यसपछि मैदान छिरेका मोहम्मद हफिजले १९ बलमा ४ चौका र १ छक्का सहित ३१ रन बनाउँदै आउट भए । रिजवानलाई शफ्यान शरीफले एलबीडब्लू आउट गरेका थिए ।

आसिफ अली ५ रनमा अविजित रहे । स्कटल्यान्डका क्रिस ग्रीव्सले ४ ओभरमा ४३ रन खर्चेर २ विकेट लिए । हम्जा ताहिर र शफ्यान शरीफले १–१ विकेट लिए ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.