default_image

4 years ago

November 7, 2021

पाकिस्तान अपराजित रहँदै सेमिफाइनलमा

178 views

0 Bookmark

एजेन्सी – पाकिस्तान आइसिसी टि२० विश्वकप २०२१ मा अपराजित रहँदै सेमिफाइनलमा पुगेको छ । सुपर १२ को समूह २ मा रहेको पाकिस्तानले स्कटल्यान्डलाई ७२ रनले पराजित गर्दै समूह विजेताको रुपमा सेमिफाइनल खेल्ने भएको छ । पाकिस्तानले फाइनल प्रवेशका लागि बिहीबार सुपर १२ को समूह २ को उपविजेता अष्ट्रेलियासँग खेल्नेछ ।

जितको लागि १ सय ९० रनको विजयी लक्ष्य पछ्याएको स्कटल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय १७ रन बनायो । स्कटल्यान्डका मध्यक्रमका ब्याटर रिची बेरिंगटनले ३७ बलमा ४ चौका र १ छक्का सहित सर्वाधिक ५४ रनमा अविजित रहे । ओपनर जर्ज मुन्शे १७, कप्तान काइल कोट्जर ९ र म्याथ्यु क्रस ५ रनमा आउट भएका थिए । माइकल लिस्क १४ बलमा २ चौका सहित १४ रनमा आउट भए ।

त्यसअघि शारजाह क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ थालेको पाकिस्तानले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ८९ रन बनाएको थियो । पाकिस्तानका कप्तान बाबर आजमले ४७ बलमा ५ चौका र ३ छक्का सहित सर्वाधिक ६६ रनको योगदान दिए । शोएब मलिक १८ बलमा १ चौका र ६ छक्का सहित ५४ रनमा अविजित रहे ।

मलिकले अन्तिम ओभरको अन्तिम बलमा डीप मिडविकेटमा स्पिनर क्रिस ग्रीव्सलाई छक्का प्रहार गर्दै अर्धशतक प्रहार गरेका थिए । ग्रीव्सलाई अन्तिम ओभरमा मलिकले ३ छक्का र १ चौका सहित कुल २६ रन प्रहार गरेका थिए । पाकिस्तानबाट टि२० आईमा बनेको यो सर्वाधिक छिटो अर्धशतक हो । यसअघि २०१० मा उमर अकमलले अष्ट्रेलियाविरुद्ध २१ बलमा अर्धशतक प्रहार गरेका थिए ।

बाबरको टि२० आई करिअरको २४ औं अर्धशतक हो । जारी विश्वकपमा बाबरको पाँच खेल मध्य चौथो अर्धशतक हो । टि२० एकै विश्वकपमा यस अघि चार अर्धशतक भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले २०१४ र अष्ट्रेलिया ओपनर म्याथ्यु हेडेनले २००७ मा प्रहार गरेका थिए । उक्त कीर्तिमान बाबरले बराबरी गरेका हुन् । कप्तानको रुपमा टि२० आईमा बाबरको १५ औं अर्धशतक हो । बाबरपछि कप्तानको रुपमा भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले १३ अर्धशतक प्रहार गरेका छन् ।

पाकिस्तानलाई ओपनर बाबर र मोहम्मद रिजवानले पहिलो विकेटका लागि ६.१ ओभरमा ३५ रनको साझेदारी गर्दै मध्यम सुरुवात दिएका थिए । स्पिनर हम्जा ताहिरको बलमा रिजवान १५ रनमा विकेटकिपर म्याथ्यु क्रसबाट कट विहाइन्ड आउट भएका थिए । रिजवानले १९ बलमा १ छक्का प्रहार गरे ।

दशौं ओभरको चौथो बलमा क्रिस ग्रीव्सले फखार जमानलाई ८ रनमा क्याच आउट गराए । त्यसपछि मैदान छिरेका मोहम्मद हफिजले १९ बलमा ४ चौका र १ छक्का सहित ३१ रन बनाउँदै आउट भए । रिजवानलाई शफ्यान शरीफले एलबीडब्लू आउट गरेका थिए । आसिफ अली ५ रनमा अविजित रहे । स्कटल्यान्डका क्रिस ग्रीव्सले ४ ओभरमा ४३ रन खर्चेर २ विकेट लिए । हम्जा ताहिर र शफ्यान शरीफले १–१ विकेट लिए ।

पाकिस्तान सुपर १२ को समूह २ मा ५ खेलमा अपराजित रहँदै १० अंकका साथ शीर्ष स्थानमा रह्यो । अपराजित रहँदै सेमिफाइनल खेल्ने पाकिस्तान यस विश्वकपमा एक्लो टोली हो । न्युजिल्यान्डले ५ खेलमा ४ मा जित र १ मा हार सहित सहित ८ अंकका साथ दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा स्थान बनाएका हुन् ।

सुपर १२ को समूह १ मा इंग्ल्यान्ड ५ खेलमा ४ मा जित र १ मा हार सहित ८ अंकका साथ नेटरनरेटका आधारमा शीर्ष स्थानमा रहेको थियो । अष्ट्रेलिया ५ खेलमा ४ मा जित र १ मा हार सहित ८ अंकका साथ नेटरनरेटको आधारमा दोस्रो स्थानमा रहँदै सेमिफाइनल खेलेको हो । सुपर १२ को १ मा दक्षिण अफ्रिकाको ५ खेलमा ४ मा जित र १ मा हार सहित समान ८ अंक भएपनि नेटरनरेटको आधारमा तेस्रो हुँदै बाहिरिएको थियो ।

पहिलो सेमिफाइनलमा बुधबार इंग्ल्यान्ड र न्युजिल्यान्डबीच शेख जायद स्टेडियम आबूधाबीमा हुनेछ । दोस्रो सेमिफाइनलमा बिहीबार पाकिस्तान र अष्ट्रेलियाबीच दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा प्रतिस्पर्धा हुनेछ । फाइनल आइतबार दुबईमा हुनेछ ।

अंक तालिका

सुपर १२ को समूह १ मा इंग्ल्यान्ड ५ खेलमा ४ मा जित र १ मा हार सहित ८ अंकका साथ शीर्ष स्थानमा रह्यो । इंग्ल्यान्डको नेटरनरेट प्लस २.४६४ रह्यो । अष्ट्रेलिया ५ खेलमा ४ मा जित र १ मा हार सहित ८ अंकका साथ दोस्रो स्थानमा रह्यो । अष्ट्रेलियाको नेटरनेट प्लस १.२१६ थियो ।

दक्षिण अफ्रिकाको ५ खेलमा ४ मा जित र १ मा हार ८ अंक भएपनि नेटरनरेटको आधारमा तेस्रो स्थानमा रहँदै बाहिरियो । दक्षिण अफ्रिका नेटरनरेट प्लस ०.७३९ रह्यो । श्रीलंका ५ खेलमा २ मा जित र ३ मा हार सहित चौथो, वेस्टइन्डिज ५ खेलमा १ मा जित र ४ मा हार सहित पाँचौ र बंगलादेश ५ खेलमा ५ मानै हारका साथ बाहिरिए ।

सुपर १२ को समूह २ मा पाकिस्तान ५ खेलमा ५ मानै जितका साथ शीर्ष स्थानमा रह्यो । न्युजिल्यान्ड ५ खेलमा ४ मा जित र १ मा हार सहित दोस्रो स्थानमा रह्यो । भारत ४ खेलमा २ मा जित र २ मा हारका साथ तेस्रो स्थानमा छ । भारतले अन्तिम खेल सोमबार नामिबियासँग खेल्नेछ । अफगानिस्तान ५ खेलमा २ मा जित र ३ मा हार सहित चौथो स्थानमा रहेर बाहिरियो । नामिबिया ४ खेलमा १ मा जित र ३ मा हार सहित पाँचौं स्थानमा छ । स्कटल्यान्ड ५ खेलमा ५ मानै हारका साथ पुछारमा रहेर बाहिरियो ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.