4 years ago
November 8, 2021
एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ को सुपर १२ को अन्तिम खेलमा आज भारत र नामिबियाबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका ७ : ४५ मा दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा सुरुहुनेछ । सुपर १२ को समूह २ को यस खेलसँगै समूह चरणका सम्पूर्ण खेलहरु सकिनेछन् ।

समूह चरणबाटै बाहिरिएको भारत कमजोर नामिबियामाथि सानदार जितका साथ सुखद अन्त्य गर्ने सोचमा छ । विश्वकप २०२१ को सेमिफाइनलमा पुग्ने चारै टोलीको टुङ्गो लागि सकेको छ । सुपर १२ समूह १ बाट इंग्ल्यान्ड विजेता र अष्ट्रेलिया उपविजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेका छन् । भारत रहेको सुपर १२ को समूह २ बाट पाकिस्तान विजेता र न्युजिल्यान्ड उपविजेताको रुपमा सेमिफाइनलमा स्थान बनाए ।
भारत ४ खेलमा २ मा जित र २ मा हार सहित ४ अंकका साथ तेस्रो स्थानमा छ । नामिबिया ४ खेलमा ३ मा हार र १ मा जित सहित पाँचौं स्थानमा छ । भारत पहिलो खेलमा पाकिस्तानसँग १० विकेट र न्युजिल्यान्डसँग ८ विकेटले पराजित भएपछि अघिल्लो चरण लगभग सकिएको थियो । सुरुवाती प्रमुख खेलको हारनै भारत बाहिरिनुको प्रमुख कारण बन्यो । नामिबियालाई ८ विकेट र अफगानिस्तानालाई ६६ रनले हराउँदै भारतले अघिल्लो चरणको सम्भावना राखेको थियो । तर अफगानिस्तान न्युजिल्यान्डसँग आइतबार ८ विकेटल पराजित भएपछि भारत औपचारिक रुपमा बाहिरिएको थियो ।

भारतले आजको खेलमा प्रमुख खेलाडीलाई विश्राम दिने सम्भावना छ । यो खेल भारतको लागि प्रतिष्ठाको लडाईमात्र हुने छ । युवा र खेलमा मौका नपाएकालाई अवसर दिनसक्छ । रोहित शर्मा, जस्प्रित बुमराह, मोहम्मद शामी, रविचन्द्रन आश्विन लगायतका खेलाडीलाई विश्राम दिनसक्छ ।
ओपनर ईशान किशन, शार्दुल ठाकुर, स्पिनर राहुल चाहर लगायतका स्पिनरले टोलीमा मौका पाउन सक्छन् । पछिल्ला दुई खेलमा लोकेश राहुलले राम्रो प्रदर्शन गरेका छन् । उनी अझ हाबी हुन सक्छन् । कप्तान विराट कोहली कप्तानको रुपमा अन्तिम खेल खेल्दैछन् । यसपछि कोहलीले टि२० मा भारतीय टोलीबाट कप्तानी गर्ने छैनन् ।
नामिबियाले पहिलो खेलमा स्कटल्यान्डलाई ४ विकेटले हराएको थियो । अफगानिस्तानसँग ६२ रन, पाकिस्तानसँग ४५ रन र न्युजिल्यान्डसँग ५२ रनले पराजित भएको थियो । नामिबिया डेविड विसे प्रमुख खेलाडी हुन् । सन् २०१६ मा विसले दक्षिण अफ्रिकाबाट टि२० विश्वकप खेलेका थिए । उनी टोलीका प्रमुख अलराउन्डर हुन् । उनको उच्च प्रदर्शनमा नामिबियाले सुपर १२ सम्मको यात्रा तय गरेको हो । क्रेग विलियम्स र गेरहार्ड इरास्मस प्रमुख ब्याटर हुन् । जेजे स्मित र विसे अलराउन्डरको रुपमा राम्रो योगदान दिन सक्छन् ।

नामिबियाले पहिलो पटक भारतसँग खेल्न लागेको हो । नामिबियाको सोच खेलमा प्रतिस्पर्धा दिने हुनेछ । भारतसँग खेल्न पाउनु नामिबियाको लागि आफैंमा एक ठूलो उपलब्धी हो । विश्वकपको पहिलो सेमिफाइनलमा बुधबार इंग्ल्यान्ड र न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो सेमिफाइनलमा अष्ट्रेलिया र र पाकिस्तानबीच बिहीबार प्रतिस्पर्धा हुनेछ । फाइनल आइतबार हुनेछ ।
अंक तालिका
सुपर १२ को समूह १ मा इंग्ल्यान्ड ५ खेलमा ४ मा जित र १ मा हार सहित ८ अंकका साथ शीर्ष स्थानमा रह्यो । इंग्ल्यान्डको नेटरनरेट प्लस २.४६४ रह्यो । अष्ट्रेलिया ५ खेलमा ४ मा जित र १ मा हार सहित ८ अंकका साथ दोस्रो स्थानमा रह्यो । अष्ट्रेलियाको नेटरनेट प्लस १.२१६ थियो ।
दक्षिण अफ्रिकाको ५ खेलमा ४ मा जित र १ मा हार ८ अंक भएपनि नेटरनरेटको आधारमा तेस्रो स्थानमा रहँदै बाहिरियो । दक्षिण अफ्रिका नेटरनरेट प्लस ०.७३९ रह्यो । श्रीलंका ५ खेलमा २ मा जित र ३ मा हार सहित चौथो, वेस्टइन्डिज ५ खेलमा १ मा जित र ४ मा हार सहित पाँचौ र बंगलादेश ५ खेलमा ५ मानै हारका साथ बाहिरिए ।
सुपर १२ को समूह २ मा पाकिस्तान ५ खेलमा ५ मानै जितका साथ शीर्ष स्थानमा रह्यो । न्युजिल्यान्ड ५ खेलमा ४ मा जित र १ मा हार सहित दोस्रो स्थानमा रह्यो । भारत ४ खेलमा २ मा जित र २ मा हारका साथ तेस्रो स्थानमा छ । अफगानिस्तान ५ खेलमा २ मा जित र ३ मा हार सहित चौथो स्थानमा रहेर बाहिरियो । नामिबिया ४ खेलमा १ मा जित र ३ मा हार सहित पाँचौं स्थानमा छ । स्कटल्यान्ड ५ खेलमा ५ मानै हारका साथ पुछारमा रहेर बाहिरियो ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]