4 years ago
November 8, 2021
भुपेन्द्र जिसी, काठमाडौं
भनिन्छ, उमेर त एक अंक मात्र हो । पाकिस्तानका ४० वर्षिय क्रिकेटर शोएब मलिकले टि२० विश्वकप २०२१ मा सावित गरेका छन् । पाकिस्तान आइसिसी टि२० विश्वकप २०२१ मा सुपर १२ को समूह २ बाट ५ खेलमा ५ मानै जितका साथ सेमिफाइनलमा स्थान पक्का गर्यो । जसमा ४० वर्षिय अनुभवी ब्याटर शोएब मलिकले फिनिसरको रुपमा उत्कृष्ट प्रदर्शन गरे ।

पाकिस्तानले आइतबार आफ्नो समूह चरणको अन्तिम खेलमा स्कटल्यान्डलाई ७२ रनले हराउँदै अपराजितका साथ सेमिफाइनलमा पुग्दा मलिकले विष्फोटक ब्याटिङ गरेका थिए । शोएब मलिकले १८ बलमा ५४ रन बनाउँदै प्लेयर अफ द म्याच बने । शारजाह क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ थालेको पाकिस्तानले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ८९ रन बनाएको थियो । पाकिस्तानलाई बलियो योगफलमा पुर्याउन अन्त्यमा मलिकले १८ बलमा १ चौका र ६ छक्का सहित ५४ रनको अविजित अर्धशतकीय इनिङ खेलेका थिए ।
शारजाहको बाउन्ड्री छोटो छ । तर पिचमा रन बनाउन सहज छैन । त्यसैले ब्याटरहरु रन बनाउन संघर्ष गर्दै आएका छन् । पाकिस्तानका शीर्षक्रमका ब्याटरले तुलनात्मक रुपमा कमजोर स्कटल्यान्डविरुद्ध खुलेर रन बनाउन सकेनन् । पाकिस्तानको सुरुवात भने विश्वकपमा आक्रामक हुन सकेको छैन । १५ औं ओभरको अन्तिम बलमा मोहम्मद हफिजलाई गुमाएपछि मलिक ब्याटिङका लागि क्रिजमामा आउँदा पाकिस्तान १५ ओभरमा ११२–३ को अवस्थामा थियो ।
आक्रमक ब्याटिङ बाहेक पाकिस्तानसँग अन्य विकल्प थिएन । स्पिनर मार्क वाटलाई मलिकले १७ औं ओभरको चौथो बलमा छक्का प्रहार गरे । अन्तिम बलमा कप्तान बाबर आजमले लङअनमा छक्का प्रहार गरेका थिए । १९ औं ओभरको तेस्रो र अन्तिम बलमा शोएब मलिकले दुई सानदार छक्का प्रहार गर्दै पाकिस्तानलाई १६३–४ को अवस्थामा लगेका थिए ।

अन्तिम ओभरमा स्कटल्यान्डका कप्तान काइल कोट्जरले आश्चर्य पार्दै स्पिनर क्रिस ग्रीभ्सलाई बलिङमा ल्याए । ग्रीभ्सले त्यसअघि ३ ओभरमा १७ रन खर्चेर २ विकेट लिएका थिए । मलिक स्पिनरमाथि बढी हाबी हुने गर्दछन् । आसिफ अलीले पहिलो बलमा दुई र दोस्रो बलमा एक रन लिँदै मलिकलाई स्ट्राइक दिए । स्ट्राइक पाउँदा मलिक १४ बलमा ३२ रनमा अविजित थिए । त्यसपछि मलिकले लगातार बाउन्ड्रीको साथ कीर्तिमान रचे । मलिकले तेस्रो बलमा छक्का, चौथो बलमा चौका, पाँचौं र छैटौं बलमा लगातार छक्का हान्दै १८ बलमै अर्धशतक पूरा गरेका थिए ।
मलिक पाकिस्तानबाट टि२० आईमा सर्वाधिक छिटो अर्धशतक पूरा गर्ने खेलाडी बने । मलिकले उमर अकमलको सन् २०१० मा अष्ट्रेलियाविरुद्ध २१ बलमा बनाएको अर्धशतकको कीर्तिमान तोडेका थिए । टि२० विश्वकपमा सर्वाधिक छिटो बलमा अर्धशतक प्रहार गर्नेमा तेस्रो स्थानको बराबरी गरे । टि२० विश्वकपमा सर्वाधिक छिटो २००७ मा भारतका युवराज सिंहले १२ बलमा इंग्ल्यान्डविरुद्ध अर्धशतक पूरा गरेका थिए । नेदरल्यान्ड्सका स्टेफन माइबर्गले १७, अष्ट्रेलिया ग्लेन म्याक्सवेल र भारतका लोकेश राहुलले १८ बलमा अर्धशतक पूरा गरेका थिए । मलिकले यस खेलमा मात्र होईन यसअघिका दुई महत्वपूर्ण खेलमा निर्णायक रन जोडेका थिए ।

न्युजिल्यान्डलाई ५ विकेटले हराउन मलिक २० बलमा २ चौका र १ छक्का सहित २६ रनमा अविजित थिए । अफगानिस्तानलाई ५ विकेटलेनै हराउन मकिलले अन्त्यमा १५ बलमा १ चौका र १ छक्का सहित १९ रन जोडेका थिए । मलिक उमेरले ३९ वर्ष २ सय ८० दिन अर्थात झन्डै ४० वर्षका छन् । तर मैदानमा प्रदर्शन भने भर्खरका युवा क्रिकेटरको भन्दा कम छैन । बढ्दो उमेरसँगै प्रदर्शनमा गिरावट आउनु स्वभाविक हो । तर यस विश्वकपमा मलिकको ब्याटमा बढ्दो उमेरको असर भने देखिएको छैन । फिटनेस र कडा मिहिनेतलाई श्रेय दिनुपर्छ ।
मलिकले पाकिस्तानबाट सन् १९९९ देखि निरन्तर क्रिकेट खेल्दै आएका छन् । यस विश्वकपमा वेस्टइन्डिजका क्रिस गेल र मलिक मात्र २००० अघि देखि निरन्तर क्रिकेट खेल्दै आएका क्रिकेटर हुन् । मलिकले सानदार प्रदर्शनका साथ प्लेयर अफ द म्याच चुनिए । तर उनको अनुहारमा खासै चमक र खुसी थिएन । सायद टि२० विश्वकपमा पाकिस्तानको टोलीमा पहिलो रोजाईमा नपर्नुको कारण हुनसक्छ ।
सुरुवाती विश्वकप टोलीमा मलिक पाकिस्तानको टोलीमै थिएनन् । घोषणा टोलीमा रहेका सोएब मकसुद घाइते भएपछि पाकिस्तानले उनलाई टोलीमा समेटेको थियो । पाकिस्तानको मध्यक्रमका ब्याटरको प्रदर्शन कमजोर रहँदै आएको छ । पाकिस्तानले धेरै खेलाडी प्रयोग पनि गरेको थियो । तर मलिक बुढो भएको भन्दै छनोट समितिले विश्वकप टोलीमा राखेन । मलिकलाई त्यसको इख थियो अनि राम्रो प्रदर्शनको दबाब पनि । मलिक पाएको अवसरमा चुकेका छैनन् । बुढो भन्नेलाई राम्रो जवाफ दिएका छन् ।
‘हामीले अघिल्लो खेलबाट सुरुवातमा विकेट गुमाउन सकेनौं भने अन्तिममा रन बनाउन सक्छौं भन्ने बुझेका थियौं । हाम्रो लक्ष्य १ सय ५० रन बनाउन सम्म कुनै विकेट नदिने थियो’, खेलपछि मलिकले भने । ‘यदि तपाईं राम्रो अवस्थामा हुनुन्छ भने केहि बलपछि आक्रामक क्रिकेट खेल्न सुरु गर्न सक्नुहुन्छ । जित ठूलो कुरा हो । यसले प्रतियोगितामा थप आत्माविश्वास बढाउने छ’, उनले भने।

“म राम्रो लयमा छु । अझ निरन्तर उत्कृष्ट प्रदर्शनका साथ टोलीलाई योगदान दिन चाहन्छु । सेमिफाइनलमा हामीले उत्कृष्ट प्रयास गर्ने छौं’, मलिकले त्यसपछि भने ‘कन्डिसन कस्तो छ । टिमको आवश्यकमा ध्यान दिनुपर्छ । अन्तिम चार पाँच ओभरमा डट बल खेल्नु हुँदैन । एउटा ओभर ठूलोमा बदल्न सके चार ओभरमा ५० रन बनाउन सकिन्छ”, युवा पुस्तालाई सन्देश दिँदै भने । पाकिस्तानका कप्तान बाबर आजमले मलिकबाट युवा पुस्ताले कसरी क्रिकेट खेल्न सिक्नुपर्ने बताएका थिए ।
मलिक टि२० आईमा सर्वाधिक खेल खेल्ने खेलाडी हुन् । उनले हालसम्म १ सय २१ खेल खेलि सकेका छन् । सन् २००९ मा पाकिस्तानले श्रीलंकालाई ८ विकेटले हराउँदै उपाधि जित्दा मलिक टोलीका महत्वपूर्ण सदस्य थिए । पाकिस्तानले अव सेमिफाइनलमा बिहीबार अष्ट्रेलियासँग खेल्दैछ । पाकिस्तानको अवको लक्ष्य सेमिफाइनल हुँदै फाइनलका साथ उपाधि जित्ने हुनेछ । एक दशकदेखि युएई घरेलु मैदान बनाउँदै आएको पाकिस्तान त्यसको भरपूर्ण फाइदा उठानउन चाहन्छ ।
ठूला प्रतियोगिता अनुभवी र महान् खेलाडीको लागि निकै महत्वपूर्ण हुन्छ । दबाब र महत्वपूर्ण खेलमा अनुभवी खेलाडीले आफ्नो अनुभवको भरपूर्ण फाइदा उठाएका छन् । मलिकले त्यसलाई प्रमाणित पनि गरि सकेका छन् । अव सेमिफाइनल र फाइनलमा अझ उत्कृष्ट प्रदर्शन आवश्यक छ । मलिक पनि आफ्नो करिअरको अन्तिम चरणमा छन् । मलिकलाई पनि टि२० विश्वकप उपाधिसँगै सन्न्यास लिने राम्रो अवसर छ । अर्कोतर्फ मलिकले फिटनेश, कडा मिहिनेत र आत्माविश्वास बलियो हुँदा उमेर प्रदर्शनमा बाधक बन्दैन भन्ने राम्रो सन्देश पनि दिएका छन् ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]