default_image

4 years ago

November 8, 2021

अष्ट्रेलियाले २४ वर्षपछि पाकिस्तान भ्रमण गर्ने

309 views

0 Bookmark

एजेन्सी – अष्ट्रेलिया क्रिकेट टोलीले २४ वर्षपछि २०२२ मार्च अप्रिलमा तीन टेस्ट, तीन ओडिआई र एक टि२० आई खेलको लागि पाकिस्तान भ्रमण गर्ने भएको छ । आइसिसी विश्व टेस्ट च्याम्पियनसिप र आइसिसी क्रिकेट विश्वकप सुपर लिगसँगै एक टि२० आई खेलको लागि अष्ट्रेलिया पाकिस्तान भ्रमण गर्ने भएको हो ।

अष्ट्रेलिया अन्तिम पटक सन् १९९८ मा पाकिस्तान भ्रमण गरेको थियो । उक्त भ्रमणमा पाकिस्तान र अष्ट्रेलियाबीच समान तीन ओडिआई र टेस्ट सिरिज भएका थिए । मार्क टेलरको कप्तानीमा रहेको अष्ट्रेलियाले सन् १९९८–९९ मा तीन टेस्ट सिरिज अष्ट्रेलियाले १–० ले जितेको थियो । स्टिभ वाको कप्तानीमा तीन ओडिआई सिरिजमा अष्ट्रेलियाले क्लिनस्विप गरेको थियो ।

पाकिस्तानका पूर्व कप्तान तथा बोर्ड अध्यक्ष रमिज राजाले अष्ट्रेलिया पाकिस्तानमा आउँदा समर्थकहरुको लागि एक उपहार हुने बताएका छन् । ‘अष्ट्रेलियालाई पाकिस्तानमा स्वागत गर्न पाउँदा म खुसी छुँ । विश्व क्रिकेटमा अष्ट्रेलिया उच्च प्रदर्शन गर्ने एक टोली हो । अष्ट्रेलिया २४ वर्षपछि पाकिस्तान आउँदा समर्थकहरुको लागि विशेष उपहार हुनेछ’, राजाले भने ।

विश्व टेस्ट चाम्पियनसिपमा विश्वका ९ उत्कृष्ट टेष्ट टोलीले प्रतिस्पर्धा गरेका छन् । २०२१ देखि २०२३ सम्म चल्ने यस टेस्ट च्याम्पियनसिपमा शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । विश्वकप सुपर लिग भने २०२३ मा भारतमा हुने एकदिवसिय विश्वकप छनोट हो । यस सिरिजमा १२ टेस्ट र नेदरल्यान्ड्स गरि १३ टोलीले एक आपसमा सिरिज खेल्नेछन् । जसमा शीर्ष ७ टोली २०२३ मा भारतमा हुने टि२० विश्वकपको लागि सोझै छनोट खेल्नेछन् । भारत आयोजक टोली हुँदा स्वत छनोट भई सकेको छ । बाँकी पुछारका पाँच टोलीले नेपालसँगै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ ।

सन् २००९ मा लाहोरमा श्रीलंका टोली चडेको बसमा आतंककारीले बम आक्रमण गरेपछि पाकिस्तानले यूएईलाई आफ्नो घरेलु मैदान बनाउँदै आएको थियो । २०१५ पछि पाकिस्तानमा घरेलु र अन्तर्राष्ट्रिय क्रिकेट फर्किसकेको थियो । दक्षिण अफ्रिका, वेस्टइन्डिज, बंगलादेश, जिम्बावे, आइसिसी विश्व ११ ले भ्रमण गरिसकेका छन् । पछिल्ला दुई संस्करणका पाकिस्तान सुपर लिग सफल रुपमा पाकिस्तानमै सम्पन्न भएको छ ।

गत असोजमा न्युजिल्यान्डले पाकिस्तान भ्रमण गरेपनि अन्तिम समयमा सुरक्षा कारण देखाउँदै स्थगित गरेको थियो । त्यसको एक महिनापछि इंग्ल्यान्डको टोलीले दुई टि२० आई सिरिजको लागि पाकिस्तान भ्रमण गर्ने कार्यक्रम थियो । तर सुरक्षा कारण उक्त सिरिजपनि स्थगित भएको थियो । युएईमा जारी टि२० विश्वकप २०२१ मा बिहीबार पाकिस्तान र अष्ट्रेलियाबीच दोस्रो सेमिफाइनल हुँदैछ । पहिलो सेमिफाइनलमा बुधबार इंग्ल्यान्ड र न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । फाइनल आइतबार हुनेछ ।

२०२२ मा हुने पाकिस्तान र अष्ट्रेलियाबीचको खेल तालिका


मार्च ३–७ – पहिलो टेस्ट कराची

मार्च १२–१६ – दोस्रो टेस्ट, रावलपिन्डी

मार्च २१–२५ – तेस्रो टेस्ट लाहोर

२९ मार्च – पहिलो ओडिआई, लाहोर

३१ मार्च – दोस्रो ओडिआई, लाहोर

२ अप्रिल, तेस्रो ओडिआई, लाहोर

५ अप्रिल – एकमात्र टि२० आई लाहोर

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.