default_image

4 years ago

November 8, 2021

भारतलाई नामिबियाको मध्यम लक्ष्य

105 views

0 Bookmark

एजेन्सी – नामिबियाले आइसिसी टि२० विश्वकप २०२१ मा सुपर १२ को अन्तिम खेलमा भारतलाई १ सय ३३ रनको मध्यम विजयी लक्ष्य दिएको छ । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३२ रन बनायो ।

नामिबियाका डेविड विसेले २५ बलमा २ चौका सहित सर्वाधिक २६ रन बनए । ओपनर स्टेफन बार्डले २१ बलमा १ चौका र १ छक्का सहित २१ रन बनाए । नामिबियालाई ओपनर माइकल भ्यान लिङ्गेन र स्टेफन बार्डले पहिलो विकेटका लागि ४.४ ओभरमा ३३ रनको साझेदारी गर्दै मध्यम सुरुवात दिलाएका थिए । तीव्र गतिका बलर जस्प्रित बुमराहले लिङ्गेनलाई १४ रनमा मोहम्मद शामीबाट क्याच गराउँदै पहिलो सफलता दिलाएका थिए । त्यसपछि भने नामिबियाले लगातार विकेट गुमाउन पुग्यो ।

के्रग विलियम्सलाई छैटौं ओभरको तेस्रो बलमा रविन्द्र जडेजाले शून्यमा स्टम्पिङ आउट गराए । जडेजालेनै आठौं ओभरको चौथो बलमा बार्डलाई एलबीडब्लू आउट गराएका थिए । जेन निकोल लोफ्टी इटनलाई रविचन्द्रन आश्विनले क्याच गराउँदा नामिबिया ९.१ ओभरमा ४७–४ को अवस्थामा पुगेको थियो । १४ रन जोड्न ४ विकेट गुमाएपछि नामिबिया खेलमा समस्यामा परेको थियो ।

कप्तान गेरहार्ड इरास्मस २० बलमा १ चौका सहित १२ रनमा आउट भए । जेजे स्मित ९ र जेन ग्रीन शून्यमा आउट भएका थिए । जेन फ्रिलिंक १५ बलमा १५ रनमा अविजित रहे । रुबेन ट्रम्पलम्यान ६ बलमा १ चौका र १ छक्का सहित १३ रनमा अविजित रहे ।


भारतका स्पिनर रविन्द्र जडेजाले ४ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए । रविचन्द्रन आश्विनले ४ ओभरमा २० रन खर्चेर ३ विकेट लिए । जस्प्रित बुमराहले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिए ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.