default_image

4 years ago

November 8, 2021

अन्तिम खेलमा भारतको सानदार जित

219 views

0 Bookmark

एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ मा भारतले अन्तिम खेलमा नामिबियामाथि सानदार जितका साथ समूह चरणबाट बाहिरिएको छ । सुपर १२ को समूह २ मा रहेको भारतले नामिबियालाई ९ विकेटले हराउँदै तेस्रो स्थानमा रहँदै विश्वकप २०२१ बाट बाहिरिएको छ ।


जितको लागि १ सय ३३ रनको विजयी लक्ष्य पछ्याएको भारतले १५.२ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । भारतका ओपनर लोकेश राहुल ३६ बलमा ४ चौका र २ छक्का सहित ५४ रनमा अविजित रहे । सूर्यकुमार यादव १९ बलमा ४ चौका सहित २५ रनमा अविजित रहे । ओपनर रोहित शर्मा ३७ बलमा ७ चौका र २ छक्का सहित ५६ रनमा क्याच आउट भए ।

भारतलाई ओपनर रोहित शर्मा र लोकेश राहुलले पहिलो विकेटका लागि ९.५ ओभरमा ८६ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । नामिबियाका जेन फ्रिलिंकले जेन ग्रीनबाट रोहितलाई क्याच गराउँदै साझेदारी तोडेका थिए ।

त्यसअघि दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३२ रन बनाएको थियो । नामिबियाका डेविड विसेले २५ बलमा २ चौका सहित सर्वाधिक २६ रन बनए । विसे २०१६ मा दक्षिण अफ्रिकाबाट टि२० विश्वकप खेलेका क्रिकेटर हुन् ।

ओपनर स्टेफन बार्डले २१ बलमा १ चौका र १ छक्का सहित २१ रन बनाए । नामिबियालाई ओपनर माइकल भ्यान लिङ्गेन र स्टेफन बार्डले पहिलो विकेटका लागि ४.४ ओभरमा ३३ रनको साझेदारी गर्दै मध्यम सुरुवात दिलाएका थिए । तीव्र गतिका बलर जस्प्रित बुमराहले लिङ्गेनलाई १४ रनमा मोहम्मद शामीबाट क्याच गराउँदै पहिलो सफलता दिलाएका थिए । त्यसपछि भने नामिबियाले लगातार विकेट गुमाउन पुग्यो ।

के्रग विलियम्सलाई छैटौं ओभरको तेस्रो बलमा रविन्द्र जडेजाले शून्यमा स्टम्पिङ आउट गराए । जडेजालेनै आठौं ओभरको चौथो बलमा बार्डलाई एलबीडब्लू आउट गराएका थिए । जेन निकोल लोफ्टी इटनलाई रविचन्द्रन आश्विनले क्याच गराउँदा नामिबिया ९.१ ओभरमा ४७–४ को अवस्थामा पुगेको थियो । १४ रन जोड्न ४ विकेट गुमाएपछि नामिबिया खेलमा समस्यामा परेको थियो ।

कप्तान गेरहार्ड इरास्मस २० बलमा १ चौका सहित १२ रनमा आउट भए । जेजे स्मित ९ र जेन ग्रीन शून्यमा आउट भएका थिए । जेन फ्रिलिंक १५ बलमा १५ रनमा अविजित रहे । रुबेन ट्रम्पलम्यान ६ बलमा १ चौका र १ छक्का सहित १३ रनमा अविजित रहे । भारतका स्पिनर रविन्द्र जडेजाले ४ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए । रविचन्द्रन आश्विनले ४ ओभरमा २० रन खर्चेर ३ विकेट लिए । जस्प्रित बुमराहले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिए ।

भारत ५ खेलमा ३ मा जित र २ मा हार सहित ६ अंकका साथ तेस्रो स्थानमा रहेर बाहिरियो । भारत पहिलो खेलमा पाकिस्तानसँग १० विकेट र न्युजिल्यान्डसँग ८ विकेटले पराजित भएपछि अघिल्लो चरण लगभग सकिएको थियो । सुरुवाती प्रमुख खेलको हारनै भारत बाहिरिनुको प्रमुख कारण बन्यो । नामिबियालाई ८ विकेट र अफगानिस्तानालाई ६६ रनले हराएको थियो । भारतले अव अर्को सातदेखि घरेलु मैदानमा न्युजिल्यान्डसँग तीन टि२० आई सिरिज र दुई टेस्ट सिरिज खेल्नेछ । पहिलो टि२० खेल १७ नोभेम्बरमा हुनेछ ।

नामिबिया ५ खेलमा १ मा जित र ४ मा हार सहित २ अंकका साथ पाँचौं स्थानमा रहेर बाहिरियो । पहिलो खेलमा स्कटल्यान्डलाई ४ विकेटले हराएको थियो । अफगानिस्तानसँग ६२ रन, पाकिस्तानसँग ४५ रन र न्युजिल्यान्डसँग ५२ रनले पराजित भएको थियो । पाकिस्तान सुपर १२ को समूह २ मा ५ खेलमा अपराजित रहँदै १० अंकका साथ शीर्ष स्थानमा रहेर सेमिफाइनलमा पुगेको छ । अपराजित रहँदै सेमिफाइनल खेल्ने पाकिस्तान यस विश्वकपमा एक्लो टोली हो । न्युजिल्यान्डले ५ खेलमा ४ मा जित र १ मा हार सहित सहित ८ अंकका साथ दोस्रो स्थानमा रह्यो ।

सुपर १२ को समूह १ मा इंग्ल्यान्ड ५ खेलमा ४ मा जित र १ मा हार सहित ८ अंकका साथ नेटरनरेटका आधारमा शीर्ष स्थानमा रहेको थियो । अष्ट्रेलिया ५ खेलमा ४ मा जित र १ मा हार सहित ८ अंकका साथ नेटरनरेटको आधारमा दोस्रो स्थानमा रहँदै सेमिफाइनल खेलेको हो । सुपर १२ को १ मा दक्षिण अफ्रिकाको ५ खेलमा ४ मा जित र १ मा हार सहित समान ८ अंक भएपनि नेटरनरेटको आधारमा तेस्रो हुँदै बाहिरिएको थियो ।

पहिलो सेमिफाइनलमा बुधबार इंग्ल्यान्ड र न्युजिल्यान्डबीच शेख जायद स्टेडियम आबूधाबीमा हुनेछ । दोस्रो सेमिफाइनलमा बिहीबार पाकिस्तान र अष्ट्रेलियाबीच दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा प्रतिस्पर्धा हुनेछ । फाइनल आइतबार दुबईमा हुनेछ ।

अंक तालिका

सुपर १२ को समूह १ मा इंग्ल्यान्ड ५ खेलमा ४ मा जित र १ मा हार सहित ८ अंकका साथ शीर्ष स्थानमा रह्यो । इंग्ल्यान्डको नेटरनरेट प्लस २.४६४ रह्यो । अष्ट्रेलिया ५ खेलमा ४ मा जित र १ मा हार सहित ८ अंकका साथ दोस्रो स्थानमा रह्यो । अष्ट्रेलियाको नेटरनेट प्लस १.२१६ थियो । दक्षिण अफ्रिकाको ५ खेलमा ४ मा जित र १ मा हार ८ अंक भएपनि नेटरनरेटको आधारमा तेस्रो स्थानमा रहँदै बाहिरियो ।

दक्षिण अफ्रिका नेटरनरेट प्लस ०.७३९ रह्यो । श्रीलंका ५ खेलमा २ मा जित र ३ मा हार सहित ४ अंकका साथ चौथो स्थानमा रह्यो । वेस्टइन्डिज ५ खेलमा १ मा जित र ४ मा हार सहित २ अंकका साथ पाँचौमा रह्यो । बंगलादेश ५ खेलमा ५ मानै हारका अंक बिहीन हुँदै बाहिरियो ।

सुपर १२ को समूह २ मा पाकिस्तान ५ खेलमा ५ मानै जित सहित १० अंकका साथ शीर्ष स्थानमा रह्यो । न्युजिल्यान्ड ५ खेलमा ४ मा जित र १ मा हार सहित ८ अंक जोड्दै दोस्रो स्थानमा रह्यो । भारत ५ खेलमा ३ मा जित र २ मा हारका साथ ६ अंकका साथ तेस्रो स्थानमा रह्यो । अफगानिस्तान ५ खेलमा २ मा जित र ३ मा हार सहित ४ अंकका साथ चौथो स्थानमा रहेर बाहिरियो । नामिबिया ५ खेलमा १ मा जित र ४ मा हार सहित पाँचौं स्थानमा रहँदै बाहिरियो । स्कटल्यान्ड ५ खेलमा ५ मानै हारका साथ अंक बिहीन हुँदै बाहिरियो ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.