default_image

4 years ago

November 9, 2021

बेंगलोरको मुख्य प्रशिक्षकमा सञ्जय नियुक्त

146 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को फ्रेन्चाइज टोली रोयल च्यालेन्जर्स बेंगलोरले मुख्य प्रशिक्षकमा भारतीय पूर्व ब्याटर सञ्जय बांगरलाई नियुक्त गरेको छ । आइपिएल २०२२ को लागि बेंगलोरले सञ्जयलाई नियुक्त गरेको हो ।

सञ्जयले भारतबाट १२ टेस्ट र १५ ओडिआई खेल भारतबाट खेलेका छन् । उनले २०१० मा आइपिएलमा कोची टस्कर्सको ब्याटिङ प्रशिक्षकको रुपमा काम गरेका थिए । २०१४ मा पन्जाब किंग्सको साहायक प्रशिक्षकको रुपमा काम गरेका थिए । बेंगलोरका मुख्य प्रशिक्षकको रुपमा २०२१ मा माइकल हेसन थिए ।

उनी निर्देशकको रुपमा बेंगलोरमै रहनेछन् । सञ्जयले भारतको ब्याटिङ, साहायकसँगै २०१६ मा जिम्बावे भ्रमणमा मुख्य प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए । बेंगलोर यस सिजनमा एलिमिनेटरमा कोलकतासँग पराजित हुँदै बाहिरिएको थियो । बेंगलोरले हालसम्म आइपिएल उपाधि जितेको छैन ।

बेंगलोर २००९, २०११ र २०१६ मा फाइनलमा पराजित भएको थियो । बेंगलोरबाट विराट कोहलीले पनि कप्तानी छाडि सकेका छन् । बेंगलोरको कप्तानी एवि डिभिलियर्सले गर्ने सम्भावना छ ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.