default_image

4 years ago

November 9, 2021

प्यूठान जिल्ला क्रिकेट संघ तदर्थ समिति गठन

264 views

0 Bookmark

प्यूठान (हाम्रो खेलकुद) – प्यूठानमा जिल्ला क्रिकेट संघ तदर्थ समिति गठन भएको छ । मंगलबार प्यूठानको जुम्रीमा एक कार्यक्रमकाबीच तेजबहादुर पुनको अध्क्षतामा ११ सदस्य जिल्ला क्रिकेट संघ तदर्थ समिति गठन भएको छ । योसँगै नेपाल क्रिकेट संघ (क्यान) को जिल्ला सदस्यता प्राप्तको लागि प्यूठानलाई पनि बाटो खुलेको छ ।


मंगलबार जिल्ला खेलकुद विकास समितिका अध्यक्ष श्याम बहादुर थापाको अध्यक्षतामा अध्यक्षतामा बसेको बैठकले ११ सदस्य तदर्थ समिति गठन भएको थियो । निर्विरोध रुपमा गठन भएको समितिको उपाध्यक्षमा सन्दीप श्रेष्ठ, सचिवमा जीवन खनाल र कोषाअध्क्षमामा आशिष श्रेष्ठ छन् । त्यस्तै सदस्यहरुमा महेन्द्र वि.क., उमेश घर्तिमगर, मिलन राना, गणेश गिरी, किरण बुढामगर, अमित थापा मगर र हुकुम परियार छन् । दुई दशक देखि सक्रिय रुपमा प्यूठानमा क्रिकेट प्रतियोगिता भएपनि संघ नहुँदा जिल्लामै सिमित भएको थियो ।

जिल्लामा भएको दुई सय भन्दा बढी भेलाले तेजबहादुर पुन सहितको टिमलाई सर्वसम्मत चुनेको हो । तेज जिल्लामा लामो समय देखि क्रिकेट विकासमा लागि पर्दै आएका एक समर्थक हुन् । अवको आफ्नो उदेश्य क्यानबाट पूर्ण सदस्यता मान्यता पाउने तेजले बताएका छन् । ‘हामी संघमा नहुँदा लामो समयदेखि पछि पर्दै आएका थियौं । जिल्लामा लगातार प्रतियोगिता हुँदै आएका छन् । खेलाडीहरुपनि राम्रो छन् । हामी यसलाई व्यवस्थित गर्दै अघि बढ्ने छौं’, अध्यक्ष पुनले भने ।

अव हामी क्लब दर्तामा ध्यान दिने छौं । जिल्लामा १० वटा निरन्तर खेल्ने क्लब पनि छन् । त्यसलाई हामी १५ सम्म पुर्याउने छौं । यसबाट अझ धेरै क्रिकेट खेलाडी आउने छन् । हामी नेपालकै एक उदाहरणीय जिल्ला बन्न चाहन्छौं, पुनले भने ।

प्यूठानमा ७ गाउँपालिका र २ नगरपालिका रहेका छन् । सबै स्थायिनतहमा क्रिकेट सक्रिय रुपमा रहँदै आएका छन् । गतवर्ष प्रधानमन्त्री कप एकदिवसिय प्रतियोगिताको लागि प्यूठानले प्रदेश छनोट खेल्न दाङसँग सिरिज खेलेको थियो । नेपाली क्रिकेट समर्थक समाजको समन्वयमा गतवर्ष जिल्ला छनोट हुँदै दाङसँग मैत्रीपूर्ण सिरिज खेलेको थियो । संघ नहुँदा प्रदेश छनोट खेल्न नपाएपछि दाङसँग सिरिज खेलेको थियो ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.