4 years ago
November 9, 2021
भुपेन्द्र जिसी, काठमाडौं
आइसिसी विश्वकप २०२१ मा नेपालकै स्तरमा प्रतिस्पर्धा गरिरहेको प्रतिद्वन्द्वी नामिबियाले सानदार प्रदर्शन गर्यो । डेब्यू टि२० विश्वकप खेलेको नामिबियाले पहिलो चरणको समूह ए मा सानदार प्रदर्शनका साथ सुपर १२ मा स्थान बनाएको थियो । सुपर १२ मा एसोसिएट टोली कमजोर छैनन् भन्ने सन्देश दिन सफल भयो ।

पहिलो चरणमा आयरल्यान्डलाई ८ विकेटले हराउँदै सुपर १२ मा स्थान बनाएको थियो । सुपर १२ मा एसोसियट शक्तिशाली टोली स्कटल्यान्डलाई ४ विकेटले हराउँदै थप सानदार प्रदर्शन गरेको थियो । त्यसपछि नामिबियाले भारत, न्युजिल्यान्ड, पाकिस्तान र अफगानिस्तानसँग प्रतिस्पर्धा गर्यो । चारै टोलीसँग पराजित भएपनि मैदानमा गरेको प्रदर्शनले धेरैको मन जित्न सफल भयो । त्यहिँ उत्कृष्ट प्रदर्शनका साथ नामिबियाले अर्को वर्ष अष्ट्रेलियामा हुने टि२० विश्वकपको लागि सोझै स्थान बनाएको छ ।
सुपर १२ मा पुग्ने स्कटल्यान्ड अर्को एसोसिएट टोली थियो । स्कटल्यान्डले समूह बी मा पहिलो खेलमै बंगलादेशलाई ६ रनले हराउँदै सनसनी मच्चाएको थियो । न्युजिल्यान्ड सुपर १२ को समूह २ बाट शीर्ष दुईमा रहेर सेमिफाइनल खेल्यो । तर न्युजिल्यान्डले स्कटल्यान्डलाई कठिन परेको थियो । खेलमा उच्च प्रतिस्पर्धाको साथ अन्तिम सम्म न्युजिल्यान्डलाई दबाबमा राखेको स्कटल्यान्डले १६ रनले खेल गुमाएको थियो ।
नेपालका यी दुई प्रतिद्वन्द्वीले विश्वकपमा उत्कृष्ट प्रदर्शन र सानदार प्रभाव छाड्दा नेपाली खेलाडीले ती प्रदर्शन टेलिभिजन र सामाजिक सञ्जाल हेरेर चित्त बुझाए । स्कटल्यान्ड नेपालकै स्तरको टोली हो । नामिबिया विश्वकप अघि नेपाल भन्दा तुलनात्मक रुपमा केहि कमजोर मानिन्थ्यो । विश्वकपमा गरेको प्रदर्शन हेर्ने हो भने नामिबियालाई नेपाल भन्दा कमजोर आँक्न मिल्दैन । विश्व टि२० वरीयतामा नेपाल १३ औं, स्कटल्यान्ड १४औं र नामिबिया १५ औं स्थानमा छन् ।

सन् २०१९ जुलाईमा सिंगापुरमा भएको टि२० एसिया विश्वकप छनोटबाटै बाहिरिएको थियो । नेपाल खराब प्रदर्शनका साथ ग्लोबल छनोटमा पुग्न नसकि विश्वकप यात्राबाट बाहिरिएको थियो । त्यसको मुख्य कारण खराब ब्याटिङ र खेलाडीहरुको गैरजिम्मेवारपन थियो । कतार र सिंगापुरसँग अप्रत्याशित हारले भने विश्वकप सपना चकनाचुर बनाएको थियो । खेलाडीलाई विश्वकप खेल्न नपाउँदा पक्कैपनि पछुतो हुनुपर्छ ।
२०१९ मा ग्लोबल छनोटमा पुग्न नसकेको नेपाललाई आइसिसीले २०२२ मा अष्ट्रेलियामा हुने टि२० विश्वकपको लागि सिधैं ग्लोबलमा मौका दिएको छ । नेपाल, युएई, जिम्बावे र सिंगापुरले शीर्ष वरियताको कारण ग्लोबल छनोटमा मौका पाएका हुन् । ग्लोबल छनोटमा १६ टोलीबीच प्रतिस्पर्धा हुनेछ । २०२२ को टि२० विश्वकपको लागि १२ टोलीको टुङ्गो लागि सकेको छ ।
स्कटल्यान्ड र नामिबियाले सोझैं विश्वकपको पहिलो चरणमा स्थान बनाउने एसोसिएट टोली हुन् । सुपर १२ मा भारत, पाकिस्तान, अष्ट्रेलिया, इंग्ल्यान्ड, न्युजिल्यान्ड, बंगलादेश, अफगानिस्तान र दक्षिण अफ्रिका गरि ८ टोली रहनेछन् । दुई पटक च्याम्पियन वेस्टइन्डिज, २०१४ को विजेता श्रीलंका, नामिबिया र स्कटल्यान्ड पहिलो चरणमा हुनेछन् ।
यस विश्वकपमा सहभागिता जनाएका ओमान, आयरल्यान्ड, पपुवा न्युगिनी र नेदरल्यान्ड्सले ग्लोबल छनोटमा नेपालसँगै प्रतिस्पर्धा गर्नेछन् । यी ८ टोलीलाई छाड्दा बाँकी ८ टोली विभिन्न क्षेत्र छनोट खेलेर ग्लोबल छनोटसम्म आइपुग्नेछन् । विभिन्न क्षेत्रबाट आउने पाँच टोलीको टुङ्गो लाग्दा दुई क्षेत्रबाट तीन टोली आउन बाँकी छ । युरोपबाट जर्सी र जमर्नी छनोट भएका छन् । पूर्वी एसिया प्रशान्तबाट फिलिपिन्स, एसिया ए र बी बाट बहराइन र हङकङले ग्लोबल छनोटमा टिकट काटि सकेका छन् । अमेरिका क्षेत्रको छनोट जारी हुँदा अमेरिकाको उच्च सम्भावना छ ।

२०२२ को विश्वकप रोड म्यापअनुसार ग्लोबल छनोटमा यस पटक समूह ए र बी दुई टोली विभाजन गरि प्रतिस्पर्धा हुनेछ । हरेक समूहका शीर्ष दुई दुई टोलीले विश्वकपमा पुग्नेछन् । १६ टोलीलाई दुई समूहमा बाँडिने छ । ग्लोबल छनोटको समूह ए फेब्रुअरी र बी मेमा हुनेछ । प्रतियोगिता हुने स्थान सार्वजनिक भइसकेको भने छैन । जिम्बावे, नेपाल, युएई, नेदरल्यान्ड्स, आयरल्यान्ड, ओमान, हङकङ र अमेरिका २०२२ को लागि विश्वकप खेल्ने प्रमुख दाबेदार टोलीमा पर्दछन् ।
नेपालको छैन कुनै तयारी र योजना
ग्लोबल छनोट समयमै भए अव चार महिना मात्र बाँकी छ । तर नेपालको तयारी भने कुनै छैन । क्यान, खेलाडी, कप्तान, छनोट समिति सबै सुनसान छन् । नेपालले अन्तिम पटक टि२० आई खेल वैशाखमा घरेलु मैदान टियुमा नेदरल्यान्ड्स र मलेसियासँग खेलेको थियो । त्यसपछि टि२० आई नेपालले खेलेको छैन । टि२० विश्वकप कसरी खेल्ने भन्ने कुनै योजना भने देखिदैन ।
प्रतिद्वन्द्वी हेर्दा नेपाललाई सहज हुने छैन । तयारी थाल्न र योजना बनाउन धेरै ढिलो भई सकेको छ । अर्कोतर्फ विश्वकप अघि क्यानले राष्ट्रिय टि२० प्रतियोगिता गर्नुपर्ने हुन्छ । एकदिवसिय प्रतियोगिताबाट टि२० राष्ट्रिय टोली छनोट गर्नु आफैंमा मुर्खता हो । तर टि२० राष्ट्रिय प्रतियोगिता नभएको ७ वर्ष भई सकेको छ । पछिल्लो समय फ्रेन्चाइज लिगकै आधारमा खेलाडी छनाोट हुँदै आएका छन् ।
नेपालले एकमात्र टि२० विश्वकप २०१४ मा खेलेको थियो । उक्त प्रतियोगितमा सानदार प्रदर्शनका साथ फर्किएको थियो । त्यसपछि नेपालले विश्वकपमा स्थान बनाउन सकेको छैन । विश्वकप खेल्ने वातवरण र प्रदर्शन पनि छैन । २०२४ देखि भने टि२० विश्वकपमा २० टोली हुनेछन् । २० टोलीसँगै नेपाललाई केहि सहज हुनेछ ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]