4 years ago
November 9, 2021
एजेन्सी – भारतले अर्को सातादेखि न्युजिल्यान्डसँग हुने तीन टि२० आई सिरिजको लागि ओपनर रोहित शर्माको कप्तानीमा १६ सदस्य टोली घोषणा गरेको छ । घोषणा टोलीमा टोलीमा इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ मा उत्कृष्ट प्रदर्शन गर्ने तीव्र गतिका बलर हर्षल पटेल देखि वेंकटेश ऐरसम्मका खेलाडीले मौका पाएका छन् ।

नियमित कप्तान विराट कोहलीले टि२० विश्वकप २०२१ सँगै भारतीय क्रिकेट टोलीको टि२० आई कप्तान छाडेका थिए । कोहली न्युजिल्यान्डसँगको टोलीमै छैनन् । उनलाई विश्राम दिएको बुझिएको छ । विराटले कप्तानी छाडेसँगै रोहित र लोकेश राहुल कप्तानको दौडमा थिए । रोहितलाई कप्तान र राहुललाई उपकप्तानको जिम्मेवारी दिएको छ ।
रोहितले आइपिएलमा मुम्बईलाई पाँच पटक उपाधि जिताएका छन् । आइपिएल २०२१ मा सर्वाधिक विकेट लिने तीव्र गतिका बलर हर्षल पटेल भारतीय टोलीमा परेका छन् । पटेलले आइपिएलमा यस सिजनमा ३२ विकेट लिएका थिए । दिल्ली क्यापिटल्सलाई फाइनलमा पुर्याउन उत्कृष्ट प्रदर्शन गरेका आवेश खान पनि भारतीय टोलीमा परेका छन् ।
आवेशले यस सिजनमा १६ खेलमा २४ विकेट लिएका थिए । त्यस्तै कोलकता नाइट राइडर्सलाई फाइनलमा पुर्याउन उत्कृष्ट अलराउन्ड प्रदर्शन गरेका युवा ओपनर वेंकटेश ऐर पनि भारतीय टोलीमा परेका छन् । ऐरले १० खेलमा ४ अर्धशतक सहित कुल ३ सय ७० रन बनाएका थिए ।
टि२० विश्वकपमा रहेका मोहम्मद शामी, रविन्द्र जडेजा र तीव्र गतिका बलर जस्प्रित बुमराह टोलीमा छैनन् । भारतले न्युजिल्यान्डसँग दुई टेस्ट सिरिज पनि खेल्ने छ ।

जसको कारण प्रमुख खेलाडीलाई विश्राम दिएको हो । पहिलो टि२० आई खेल १७ नोभेम्बरमा जयपुर र दोस्रो राँचीमा १९ नोभेम्बरमा हुनेछ । तेस्रो तथा अन्तिम टि२० आई खेल २१ नोभेम्बरमा कोलकतामा हुनेछ । टि२० विश्वकपमा सुपर १२ को समूह २ मा रहेको भारत ५ खेलमा ३ मा जित र २ मा हार सहित तेस्रो स्थानमा रहँदै समूह चरणबाटै बाहिरिएको थियो ।
भारतको टोली : रोहित शर्मा, लोकेश राहुल (उपकप्तान), ऋतुराज गायकवाड, श्रेयस ऐर, सूर्यकुमार यादव, ऋषभ पन्त (विकेटकिपर), ईशान किशन (विकेटकिपर), वेंकटेश ऐर, युजभेन्द्र चहल, रविचन्द्रन आश्विन, अक्षर पटेल, आवेश खान, भुवनेश्वर कुमार, दीपक चारह, हर्षल पटेल र मोहम्मद शिराज ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]