4 years ago
November 10, 2021
एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ को पहिलो सेमिफाइनल खेलमा आज इंग्ल्यान्ड र न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका ७ : ४५ मा शेख जायद स्टेडियम आबूधाबीमा हुनेछ ।

ओईन मोर्गनको कप्तानीमा रहेको इंग्ल्यान्ड तेस्रो पटक टि२० विश्वकपको फाइनलमा पुग्ने सोचमा छ । केन विलियम्यसनको कप्तानीमा रहेको न्युजिल्यान्ड पहिलो पटक फाइनलमा पुग्ने सोचमा छ । साढे दुई वर्षअघि इंग्ल्यान्ड र न्युजिल्यान्डबीच एकदिवसिय विश्वकप फाइनलमा प्रतिस्पर्धा गरेका थिए । इंग्ल्यान्डले सुपर ओभर पनि बराबर भएपछि बाउन्ड्री काउन्टको आधारमा उपाधि जितेको थियो । न्युजिल्यान्ड उक्त फाइनलमा बेहोरेको पिडाको बदला लिन चाहन्छ ।
ब्याटिङको पावर भएको इंग्ल्यान्ड र विलिम्यसको उत्कृष्ट कप्तानीमा सेमिफाइनल खेलेको न्युजिल्यान्डबीच कडा प्रतिस्पर्धाको अपेक्षा गरिएको थियो । मोर्गन र विलियम्सन वर्तमान समयका दुई उत्कृष्ट कप्तान मानिन्छन् । यी उत्कृष्ट दुई कप्तानको असली परिक्षा हुनेछ । २०१६ मा न्युजिल्यान्डलाई हराउँदै इंग्ल्यान्ड टि२० विश्वकपको फाइनलमा पुगेको थियो ।

इंग्ल्यान्ड ५ खेलमा ४ मा जित र १ मा हार सहित ८ अंक जोड्दै सुपर १२ को समूह १ मा शीर्षस्थानमा रहँदै सेमिफाइनलमा स्थान बनाएको थियो । सुपर १२ को समूह २ बाट न्युजिल्यान्ड ५ खेलमा ४ मा जित र १ मा हार सहित दोस्रो स्थानमा रहेर सेमिफाइनल खेलेको थियो । इंग्ल्यान्डले समूह चरणको अन्तिम खेलमा दक्षिण अफ्रिकासँग १० रनको हार बेहोरेको थियो ।
न्युजिल्यान्डले पहिलो खेलमा पाकिस्तानसँग ५ विकेटको हारको सामना गरेको थियो । इंग्ल्यान्डले वेस्टइन्डिजलाई ६ विकेट, बंगलादेश र अष्ट्रेलियालाई ८-८ विकेट र श्रीलंकालाई २६ रनले हराएको थियो । न्युजिल्यान्डले भारतलाई ८ विकेट, स्कटल्यान्डलाई १६ रन, नामिबियालाई ५२ र अफगानिस्तानलाई ८ विकेटले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको थियो ।
इंग्ल्यान्डको टोलीमा आज एक परिवर्तन निश्चित छ । ओपनर जेसन रोय चोटका कारण विश्वकप टोलीबाट बाहिरि सकेका छन् । उनी नहुँदा प्लेइङ ११ मा साम बिलिंग्सले मौका पाउने सम्भावना छ । जोनी बेयरस्टो र जस बटलरले ओपनिङ गर्नेछन् । बेयरस्टो ओपनिङ गर्दा मध्यक्रममा बिलिंग्स खेल्नेछन् । न्युजिल्यान्डको टोलीमा भने परिवर्तनको सम्भावना कम छ ।

इंग्ल्यान्डका ओपनर जस बटलर उच्च लयमा छन् । न्युजिल्यान्डका खेलाडीलाई उनको लय रोक्न निकै कठिन पर्न सक्छ । बटलरको विकेट सुरुवातमै लिन सके न्युजिल्यान्ड खेलमा हाबी हुन सक्छ । यस विश्वकपमा सर्वाधिक रन बनाउनेमा बटलर दोस्रो स्थानमा छन् । बटलरले ५ खेलमा १ शतक सहित २ सय ४० रन बनाएका थिए । श्रीलंकाविरुद्ध १ सय १ रनको उत्कृष्ट अविजित शतकीय इनिङ खेलेका थिए ।
इंग्ल्यान्डको मुख्य विशेषतानै ब्याटिङ हो । जोनी बेयरस्टो पनि राम्रो सुरुवात दिनसक्छन् । डेविड मलान, ओईन मोर्गन र लियाम लिभिङस्टोन र मोईन अली मध्यक्रम सम्हाल्नेछन् । मलान संयमित ब्याटिङ गर्ने गर्दछन् । मोर्गन, अली र लिभिङस्टोन आक्रामक ब्याटिङको लागि चिनिन्छन् । लिभिङस्टोन न्युजिल्यान्डलाई घातक बन्न सक्ने ब्याटर हुन् । तल्लोक्रममा साम बिलिंग्स, क्रिस वोक्स र क्रिस जोर्डन हुनेछन् । स्पिनरमा आदिल राशिद र मोईन अली हुनेछन् । तीव्र गतिका बलरमा मार्क वुड, जोर्डन र वोक्स रहने सम्भावना छ । मार्क वुडको बलमा गति छ ।

न्युजिल्यान्डका ओपनर मार्टिन गुप्टिल राम्रो लयमा छन् । उनको लय रोक्न चुनौती हुनेछ । डर्याल मिचेलले पनि राम्रो प्रदर्शन गरेका छन् । न्युजिल्यान्डका प्रमुख हतियार केन विलियम्सन हुन् । उनको प्रदर्शनले टोलीमा ठूलो प्रभाव पार्ने गर्दछ । डेभन कन्वे र ग्लेन फिलिप्स मध्यक्रम सम्हाल्नेछन् ।
फिलिप्सले आफ्नो लय समाएको खण्डमा इंग्ल्यान्डलाई रोक्न कठिन पर्ने छ । जेम्श निसम र मिचेल सान्टर तल्लोक्रम सम्हाल्नेछन् । न्युजिल्यान्डको तीव्र गतिको बलिङ आक्रामण उत्कृष्ट छ । प्रमुख हतियार पनि मानिन्छ । टे«ेन्ट बोल्ट, टिम साउथी र एडम मिल्ने तीव्र गतिका बलिङ हतियार हुन् । स्पिनरमा ईश सोधी र सान्टनर रहनेछन् ।

न्युजिल्यान्ड कागजी रुपमा कमजोर मानिएपनि मैदानमा उत्कृष्ट प्रदर्शन गर्ने गर्दछ । उत्कृष्ट कप्तानी, टिम एकता र अनुशासनले उत्कृष्ट प्रभाव छाड्दै आएको छ । इंग्ल्यान्ड एक उत्कृष्ट टोली हो । विशेष गरि ब्याटिङ निकै मजबुत र गहिराई छ । दोस्रो सेमिफाइनलमा बिहीबार अष्ट्रेलिया र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ । फाइनल आइतबार हुनेछ ।
हेड टु हेड :
इंग्ल्यान्ड र न्युजिल्यान्डबीच कुल २१ टि२० आई खेल भएका छन् । जसमा इंग्ल्यान्ड १२ खेलमा विजयी हुँदा ७ खेलमा पराजित भएको छ । टि२० विश्वकपमा यी दुई टोलीबीच कुल ५ खेल भएका छन् । जसमा इंग्ल्यान्ड ३ र न्युजिल्यान्ड २ खेलमा पराजित भएको छ । २०१६ को सेमिफाइनलमा इंग्ल्यान्डले न्युजिल्यान्डलाई ७ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको थियो । २०१४ मा न्युजिल्यान्ड ९ रन, २०१२ मा इंग्ल्यान्ड ६ विकेट, २०१० मा इंग्ल्यान्ड ३ विकेट र २००७ मा न्युजिल्यान्ड ५ रनले विजयी भएका थिए ।

टि२० विश्वकपमा यी दुई टोलीको इतिहास
इंग्ल्यान्डले २०१० मा अष्ट्रेलियालाई ७ विकेटले हराउँदै उपाधि जितेको थियो । २०१६ मा वेस्टइन्डिजसँग ४ विकेटले पराजित भएको थियो । न्युजिल्यान्ड २००७ र २०१६ को संस्करणमा सेमिफाइनल यात्रा तय गरेको थियो ।
फाइनल अघि दुबै कप्तानको भनाई
‘म हामीलाई बलियो भन्न रुचाउँदिन । न्युजिल्यान्ड पूर्ण बलियो टोली हो । हामी चोटका कारण यस प्रतियोगितामा केहि समस्यामा पनि परेका छौं । हामीले साँच्चै राम्रो विकेट खेलेका छौं । खेलाडीहरु चुनौतीलाई सामना गर्न उत्साहित पनि छन् । तर उनीहरुलाई हराउन हामीले राम्रो क्रिकेट खेल्नुपर्छ’, ओईन मोर्गन इंग्ल्यान्ड कप्तान ।
‘टि२० विश्वकप धेरै समयपछि भयो । यसमा खेल्न पाउन रोचक हुन्छ । पक्कैपनि यो चाँडै समाप्त हुँदैछ । हामी सेमिफाइनलमा पुगेका छौं । आशा छ यसपछि अर्को खेल पनि खेल्न पाउने छौं,’ केन विलियम्सन, न्युजिल्यान्ड कप्तान ।
मौसम : आबूधाबीमा आजको तापक्रम २६ डिग्री सेल्सियस देखि ३० सम्म हुने छ । वर्षाको सम्भावना छैन ।

प्रत्यक्ष प्रसारण : नेपालमा टि२० विश्वकपको प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्सका च्यानलबाट हुने गर्दछ
इंग्ल्यान्डको टोली :
ओईन मोर्गन (कप्तान), मोईन अली, जोनी बेयरस्टो, साम बिलिंग्स, जस बटलर, टम करन, क्रिस जोर्डन, लियाम लिभिङस्टोन, डेविड मलान, रोस टोपली, आदिल राशिद, जेम्श भिन्स, डेविड विल्ली, क्रिस वोक्स र मार्कवुड ।
न्युजिल्यान्डको टोली :
केन विलियम्सन (कप्तान), टोड एश्टल, ट्रेन्ट बोल्ट, मार्क च्यापम्यान, डेभन कन्वे, मार्टिन गुप्टिल, काईल जेमिसन, ड्र्याल मिचेल, जिमी निशम, ग्लेन फिलिप्स, मिचेल सान्टनर, टिम सिफर्ट (विकेटकिपर), ईस सोधी, टिम साउथी र एडम मिल्ने ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]