4 years ago
November 10, 2021
एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ को पहिलो सेमिफाइनल खेलमा इंग्ल्यान्डले न्युजिल्यान्डलाई १ सय ६७ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । शेख जायद स्टेडियम आबूधाबीमा टस हारेर ब्याटिङ थालेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ६६ रन बनायो ।

इंग्ल्यान्डका मोईन अली ३७ बलमा ३ चौका र २ छक्का सहित सर्वाधिक ५१ रनमा अविजित रहे । इंग्ल्यान्डलाई ओपनर जोनी बेयरस्टो र जस बटलरले ५.१ ओभरमा ३७ रनको साझेदारी गर्दै मध्यम सुरुवात दिलाएका थिए । तीव्र गतिका बलर एडम मिल्नेले छैटौं ओभरको पहिलो बलमा बेयरस्टोलाई मिडअफमा केन विलियम्सनबाट १३ रनमा क्याच आउट गराएका थिए । बेयरस्टोले १७ बलमा २ चौका प्रहार गरे ।
स्पिनर ईश सोधीले नवौं ओभरको पहिलो बलमा जस बटलरलाई २८ रनमा एलबीडब्लू आउट गरेका थिए । बटलरले २४ बलमा ४ चौका प्रहार गरे । रिभर्स स्वीप सट खेल्ने धुनमा मिस भएपछि बटलर एलबीडब्लू आउट हुनन पुगेका थिए । तेस्रो विकेटका लागि डेविड मलान र मोईन अलीले ४३ बलमा ६३ रनको साझेदारी गरेका थिए । तीव्र गतिका बलर टिम साउथीको १६ औं ओभरको दोस्रो बलमा विकेटकिपर डेभन कन्वेबाट ४१ रनमा क्याच आउट भएका थिए ।
मलानले ३० बलमा ४ चौका र १ छक्का प्रहार गरे । इंग्ल्यान्डका लियाम लिभिङस्टोनले १० बलमा १ चौका र १ छक्का सहित १७ रनमा क्याच आउट भए । ओईन मोर्गन ४ रनमा अविजित रहे । न्युजिल्यान्डका ईश सोधी, एडम मिल्ने, टिम साउथी र जेम्श निसमले १–१ विकेट लिए ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]