default_image

4 years ago

November 10, 2021

न्युजिल्यान्ड पहिलो पटक टि२० विश्वकपको फाइनलमा

233 views

0 Bookmark

एजेन्सी – न्युजिल्यान्डले इंग्ल्यान्डलाई हराउँदै पहिलो पटक आइसिसी टि२० विश्वकपको फाइनलमा पुगेको छ । बुधबार राती सम्पन्न आइसिसी टि२० विश्वकप २०२१ को पहिलो सेमिफाइनल खेलमा इंग्ल्यान्डलाई ५ विकेटले हराउँदै न्युजिल्यान्ड पहिलो पटक फाइनलमा पुगेको हो । न्युजिल्यान्डले उपाधिको लागि अष्ट्रेलिया र पाकिस्तान मध्य एकसँग आइतबार प्रतिस्पर्धा गर्नेछ ।


जितको लागि १ सय ६७ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्डले १९ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । न्युजिल्यान्डका ओपनर डर्याल मिचेल ४७ बलमा ४ चौका र ४ छक्का सहित ७२ रनमा अविजित रहँदै फाइनलमा पुर्याए । न्युजिल्यान्डलाई अन्तिम ४ ओभरमा ५७ रन आवश्यक परेको थियो । तर १७ औं ओभरमा क्रिस जोर्डनलाई जिमी निशमले २३ रन प्रहार गरेपछि खेलले नयाँ मोड लिएको थियो ।

१८ औं ओभरको दोस्रो बलमा जिमी निशम र चौथो बलमा डर्याल मिचेलले छक्का प्रहार गरेपछि न्युजिल्यान्डले खेलमा आशा फर्काएको थियो । यसै ओभरको अन्तिम बलमा निशम कभरमा ओईन मोर्गनबाट २६ रनमा कभरमा समातिन पुगेपछि खेल थप रोचक बनेको थियो । निशमले १० बलमा ३ चौका र १ छक्का प्रहार गरे । १९ औैं ओभरको दोस्रो र तेस्रो बलमा डर्याल मिचेलले क्रिस वोक्सलाई छक्का प्रहार गरेपछि न्युजिल्यान्ड फाइनल पक्का गरेको थियो ।

तीव्र गतिका बलर क्रिस वोक्सको पहिलो ओभरको तेस्रो बलमै ओपनर मार्टिन गुप्टिल लिडिङ एज लागेर मिडअनमा मोईन अलीबाट ४ रनमा क्याच आउट भएपछि न्युजिल्यान्ड सुरुवातमै दबाबमा परेको थियो । वोक्सकै तेस्रो ओभरको चौथो बलमा कप्तान तथा प्रमुख ब्याटर केन विलियम्सन टप एज लागेर आदिल राशिदबाट ५ रनमा क्याच आउट भएपछि न्युजिल्यान्ड सुरुवातमै समस्यामा परेको थियो ।


तेस्रो विकेटका लागि डेभन कन्वे र डर्याल मिचेलले ६७ बलमा ८२ रनको साझेदारी गर्दै न्युजिल्यान्डलाई सम्हाल्लेका थिए । स्पिनर लियाम लिभिङस्टोनको १४ औं ओभरको चौथो बलमा कन्वे ४६ रनमा विकेटकिपर जस बटलरबाट स्टम्पिङ आउट भएका थिए । कन्वेले ३८ बलमा ५ चौका र १ छक्का प्रहार गरे । इंग्ल्यान्डका लियाम लिभिङस्टोनले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । क्रिस वोक्सले २ विकेट लिए ।

त्यसअघि शेख जायद स्टेडियम आबूधाबीमा टस हारेर ब्याटिङ थालेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ६६ रन बनाएको थियो । इंग्ल्यान्डका मोईन अली ३७ बलमा ३ चौका र २ छक्का सहित सर्वाधिक ५१ रनमा अविजित रहे । इंग्ल्यान्डलाई ओपनर जोनी बेयरस्टो र जस बटलरले ५.१ ओभरमा ३७ रनको साझेदारी गर्दै मध्यम सुरुवात दिलाएका थिए । तीव्र गतिका बलर एडम मिल्नेले छैटौं ओभरको पहिलो बलमा बेयरस्टोलाई मिडअफमा केन विलियम्सनबाट १३ रनमा उत्कृष्ट क्याच आउट गराएका थिए ।

स्पिनर ईश सोधीले नवौं ओभरको पहिलो बलमा जस बटलरलाई २८ रनमा एलबीडब्लू आउट गरे । बटलरले २४ बलमा ४ चौका प्रहार गरे । तेस्रो विकेटका लागि डेविड मलान र मोईन अलीले ४३ बलमा ६३ रनको साझेदारी गरेका थिए । तीव्र गतिका बलर टिम साउथीको १६ औं ओभरको दोस्रो बलमा विकेटकिपर डेभन कन्वेबाट मलानलाई ४१ रनमा क्याच आउट भएका थिए ।

मलानले ३० बलमा ४ चौका र १ छक्का प्रहार गरे । इंग्ल्यान्डका लियाम लिभिङस्टोनले १० बलमा १ चौका र १ छक्का सहित १७ रनमा क्याच आउट भए । ओईन मोर्गन ४ रनमा अविजित रहे । न्युजिल्यान्डका ईश सोधी, एडम मिल्ने, टिम साउथी र जेम्श निसमले १–१ विकेट लिए ।

न्युजिल्यान्ड पहिलो पटक फाइनलमा पुगेको हो । यसअघि न्युजिल्यान्ड २००७ र २०१६ को संस्करणमा सेमिफाइनलबाट बाहिरिएको थियो । २०१६ को सेमिफाइनलमा न्युजिल्यान्ड इंग्ल्यान्डसँग ७ विकेटले पराजित भएको थियो । समूह चरणमा न्युजिल्यान्डले भारतलाई ८ विकेट, स्कटल्यान्डलाई १६ रन, नामिबियालाई ५२ र अफगानिस्तानलाई ८ विकेटले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको थियो । पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो । दोस्रो सेमिफाइनलमा बिहीबार अष्ट्रेलिया र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ । जसको विजेताले न्युजिल्यान्डसँग फाइनल खेल्नेछ ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.