4 years ago
November 11, 2021
एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ को दोस्रो सेमिफाइनल खेलमा आज पाकिस्तान र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय बेलुका ७ : ४५ मा दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा हुनेछ ।

पाकिस्तान अपराजित यात्रालाई कायम राख्दै फाइनलमा पुग्न चाहन्छ । अष्ट्रेलिया पाकिस्तानलाई पहिलो हार चखाउँदै फाइनलमा स्थान बनाउने सोचमा छ । आजको विजेताले फाइनलमा उपाधिको लागि न्युजिल्यान्डसँग खेल्नेछ । पहिलो सेमिफाइनलमा इंग्ल्यान्डलाई ५ विकेटले हराउँदै न्युजिल्यान्ड फाइनलमा पुगि सकेको छ ।
पाकिस्तानले युएईमा पछिल्ला १६ टि२० आई खेलमा लगातार जित हात पारेको छ । युएई पाकिस्तानको दोस्रो घरेलु मैदानको रुपमा एक दशक देखि रहँदै आएको छ । त्यसैले पाकिस्तानलाई अतिरिक्त फाइदा छ । सुपर १२ को समूह २ मा पाकिस्तान ५ खेलमा ५ मानै जितका साथ शीर्ष स्थानमा रहेर सेमिफाइनलमा स्थान बनाएको थियो । अष्ट्रेलिया सुपर १२ को समूह १ मा ५ खेलमा ४ मा जित र १ मा हार सहित दोस्रो स्थानमा रहेर सेमिफाइनल खेलेको थियो ।
तीव्र गतिको बलिङ आक्रामक दुबै टोलीको सन्तुलित र बराबर देखिन्छ । तर ब्याटिङमा अष्ट्रेलिया भन्दा पाकिस्तान अघि देखिन्छ । पाकिस्तानका ओपनर बाबर आजम र मोहम्मद रिजवानको उच्च लयलाई रोक्न अष्ट्रेलिया बलरलाई कठिन पर्नसक्छ । यस वर्ष टि२० खेलमा रिजवान र बाबर दुबैले १६ सय माथि रन बनाएका छन् । जारी विश्वकपमा बाबरले पाँच मध्य चार खेलमा अर्धशतक प्रहार गरेका छन् । मोहम्मद रिजवानले पाँच मध्य दुई खेलमा अर्धशतक प्रहार गरेका छन् ।

अष्ट्रेलिया ओपनर डेविड वार्नर लयमा फर्किएका छन् । अष्ट्रेलियाको लागि अतिरिक्त फाइदा हो । यता भारतलाई १० विकेट र न्युजिल्यान्डलाई ५ विकेटले हराउँदै सेमिफाइनलमा स्थान बनाएको पाकिस्तानको मनोबल उच्च छ । बाबर आजमले ५ खेलमा ४ अर्धशतक सहित २ सय ६४ रन बनाएका छन् । रिजवानले समान खेलमा २ सय १४ रन बनाएका छन् । ओपनर बाबर र रिजवानले भारतविरुद्ध १ सय ५२ र नामिबियाविरुद्ध १ सय १३ रनको शतकीय साझेदारी गरेका थिए ।
मैदानको अवस्था, विपक्षी टोली र माग अनुसार परिपक्कता ब्याटिङ गर्ने यी दुई ब्याटरको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । पाकिस्तानका मध्यक्रमका फखार जमान र मोहम्मद हफिजलाई उत्कृष्ट प्रदर्शनको दबाब छ । समूह चरणमा यी दुबै ओपनरको प्रदर्शन राम्रो हुन सकेको छैन । फिनिसरमा आसिफ अली र शोएब मलिक छन् । यी दुबै फिनिसर राम्रो लयमा छन् ।
मलिकले स्कटल्यान्डविरुद्ध १८ बलमा ५४ रनको इनिङ खेलेका थिए । आसिफले अफगानिस्तानविरुद्ध १९ औं ओभरमा चार छक्का प्रहार गर्दै खेल जिताएका थिए । दुबै राम्रो लयमा छन् । राम्रो सुरुवात पाएमा पाकिस्तानले विशाल योगफल बनाउन सक्छ । तर पावर प्लेमा पाकिस्तानका ओपनरलाई आक्रामक सुरुवात दिलाउन आवश्यक देखिन्छ । सुरुवात केहि सुस्त छ ।

पाकिस्तानको ब्याटिङमा गहिराई छ । शादब खान, इमाद वासिम र हसन अलीबाट पनि तल्लोक्रममा रनको आशा गर्न सकिन्छ । तीव्र गतिका बलर शाहिन शाह अफ्रिदी, हसन अली र हरिस रौफले बलिङ आक्रामण बलियो बनाएका छन् । हसनले अपेक्षा अनुसार प्रदर्शन गरेका छैनन् । भारतलाई हराउन अफ्रिदीले प्रमुख तीन विकेट लिँदै प्लेयर अफ द म्याच चुनिएका थिए । रौफले न्युजिल्यान्डविरुद्ध ४ विकेट लिँदै प्लेयर अफ द म्याच चुनिएका थिए ।
नामिबियाविरुद्ध मोहम्मद रिजवान, अफगानिस्तानविरुद्ध आसिफ अली र स्कटल्यान्डविरुद्ध शोएब मलिक प्लेयर अफ द म्याच चुनिएका थिए । फरक खेलमा फरक खेलाडी प्लेयर अफ द म्याच चुनिएका छन् । रिजवान र बाबरमा ब्याटिङमा धेरै निर्भर छ । वेस्टइन्डिजलाई हराउन वार्नरले ८९ रनको अविजित इनिङ खेलेका थिए । उक्त प्रदर्शनले उनको मनोबल उच्च छ । श्रीलंकाविरुद्ध वार्नरले ६५ रन जोडेका थिए । वार्नरको फर्किदो लय अष्ट्रेलियाको लागि नायक बन्न सक्छ । कप्तान आरोन फिन्चले ५ खेलमा १ सय ३० रन बनाएका छन् । अन्य अष्ट्रेलिया ब्याटरले एक सय रन बनाउन सकेका छैनन् ।

स्टिभ स्मिथ ६४, मिचेल मार्श ८०, मार्कस स्टोइनिस ४०, म्याक्सवेल २९ र म्याथ्यु वेडले ३३ रन बनाएका छन् । कमजोर ब्याटिङ अष्ट्रेलिया सबैभन्दा ठूलो कमजोरी हो । स्पिनर एडम जाम्पा राम्रो लयमा छन् । जाम्पाले ५ खेलमा ११ विकेट लिई सकेका छन् । बंगलादेशलाई हराउन जाम्पाले ५ विकेट लिएका थिए । हेजलवुडले ५ खेलमा ८ विकेट लिएका छन् । मिचेल स्टार्क र प्याट कमिन्स पनि तीव्र गतिका बलिङ हतियार हुन् । अष्ट्रेलियाको तीव्र गतिको बलिङ आक्रामण नायक बन्न सक्छन् । अष्ट्रेलियाका मध्यक्रमका ब्याटरलाई सम्हालिएर प्रदर्शन गर्न आवश्यक देखिन्छ ।
हेड टु हेड :
टि२० विश्वकपमा पाकिस्तान र अष्ट्रेलियाबीच कुल ६ खेल भएको छ । दुबै टोली ३–३ खेलमा विजयी भएका छन् । अष्ट्रेलियाले २०१६ मा पाकिस्तानलाई २१ रनले हराएको थियो । २०१४ र २०१२ मा पाकिस्तान १६ र ३२ रनले विजयी भएको थियो । २०१० को सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।

समूह चरणमा ३४ रनले हराएको थियो । २००७ मा भने पाकिस्तान ६ विकेटले विजयी भएको थियो । अष्ट्रेलिया र पाकिस्तानबीच कुल २३ टि२० आई खेल भएका छन् । जसमा पाकिस्तान १२ खेलमा विजयी हुँदा ९ खेलमा पराजित भएको छ । एक खेल टाई र एक नतिजा विहीन छन् । पछिल्ला पाँच खेलमा दुबै टोलीले २–२ जित निकालेका छन् ।
टि२० विश्वकपमा यी दुई टोलीको इतिहास
पाकिस्तान २००९ को विश्वकप च्याम्पियन टोली हो । २००९ को फाइनलमा श्रीलंकालाई ८ विकेटले हराउँदै उपाधि जितेको थियो । २००७ को फाइनलमा भारतसँग ५ रनले पराजित भएको थियो । २०१० र २०१२ मा सेमिफाइनलबाट बाहिरिएको थियो । अष्ट्रेलिया २०१० को फाइनलमा इंग्ल्यान्डसँग ७ विकेटले पराजित भएको थियो । २००७ र २०१२ मा भने अष्ट्रेलिया सेमिफाइनलबाट बाहिरिएको थियो । २०१० को सेमिफाइनलमा अष्ट्रेलियाले पाकिस्तानलाई ३ विकेटले हराएको थियो ।
१ सय ९२ रनको विजयी लक्ष्य पछ्याको अष्ट्रेलियालाई जितको लागि अन्तिम ६ बलमा १८ रन चाहिँएको थियो । सइद अज्मललाई माइकल हसीले दोस्रो र तेस्रो बलमा छक्का तथा चौथो बलमा चौका र पाँचौं बलमा छक्का प्रहार गर्दै रामोन्चक जित दिलाका थिए । उक्त सेमिफाइनल खेलेका डेविड वार्नर र स्टिभ स्मिथ तथा पाकिस्तानका मोहम्मद अफिज आजको खेलमा पनि मैदान उत्रनेछन् ।

आइसिसी नक आउट प्रतियोगितामा हालसम्म पाकिस्तानले अष्ट्रेलियालाई हराउन सकेको छैन । पाकिस्तान युएईमा २०१५ नोभेम्बरमा शारजाहमा सुपर ओभरमा इंग्ल्यान्डसँग पराजित भएको थियो । त्यसपछि युएईमा पाकिस्तानले टि२० आई खेल हारेको छैन । पाकिस्तान उच्च लयमा छ । अष्ट्रेलिया आफ्नो विरासतलाई बचाउन चाहन्छ । खेल निकै रोचक र कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । बाबर, रिजवान र शाहिन शाह अफ्रिदी पाकिस्तानका मुख्य हतियार हुन् । डेविड वार्नर एडम जाम्पा र ग्लेन म्याक्सवेल अष्ट्र«ेलिया प्रमुख हतियार हुन् ।
अष्ट्रेलिया टोली :
आरोन फिन्च (कप्तान), एश्टन अगर, प्याट कमिन्स (उपकप्तान), जोश हेजलवुड, जोश इंग्लिस, मिचेल मार्श, ग्लेन म्याक्सवेल, केन रिचर्ड्सन, स्टिभ स्मिथ, मिचेल स्टार्क, मार्कस स्टोइनिस, मिचेल स्विपसन, म्याथ्यु वेड, डेविड वार्नर र एडम जाम्पा ।
पाकिस्तानको टोली :
बाबर आजम (कप्तान), शादब खान, आसिफ अली, शरफराज अहमद, हरिस रौफ, हसन अली, ईमाद वासिम, हैदर अली, मोहम्मद हफिज, फखर जमान, मोहम्मद नवाज, मोहम्मद रिजवान (विकेटकिपर), मोहम्मद वासिम, शाहिन शाह अफ्रिदी र शोएब मलिक ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]