4 years ago
November 11, 2021
काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशको क्रिरा शिक्षा प्रतिष्ठान (बिकेएसपि) सँग तीन टि२० अभ्यास खेल खेलेर स्वदेश फर्किने उडान छुटेको छ । नेपाली महिला टोली ढाकाबाट आज बिहान ९ बजे छुट्नुपर्ने उडान छुटेको हो । नेपाल क्रिकेट संघ (क्यान) ले कोभिड प्रोटोकल पालना नगरेको कारण छुट्न पुगेको जनाएको छ । नेपाली महिला टोली अव बसमा फर्किने छ ।

आइसिसी वुमन्स टि२० विश्वकप एसिया छनोट अघि अभ्यासको लागि नेपाली टोली बंगलादेश भ्रमणमा गएको थियो । बिकेएसपिसँगको तीन टि२० अभ्यास सिरिज नेपाली महिला टोलीले बुधबार २-१ ले जितेको हो । नेपाल पहिलो खेलमा २४ रन र दोस्रो खेलमा ७ विकेटले विजयी भएको थियो । दोस्रो खेलमा नेपाली महिला टोली ५ विकेटले पराजित भएको थियो ।
नेपाली महिला टोली कतारसँग तीन टि२० आई सिरिजको लागि आइतबार कतार जानेछ । उक्त तालिकामा असर नपर्ने प्रशान्तले जनाएका छन् । नेपाली टोलीले कार्तिक ३०, मंसिर १ र २ गते (नोभेम्बर १६, १७ र १८) मा कतारसँग तीन टि२० आई सिरिज खेल्नेछ । जुन नेपाली महिला टोलीले खेल्ने पहिलो टि२० आई सिरिज पनि हुनेछ । त्यसपछि नेपाली टोली मंसिर ३ मा युएईतर्फ लाग्ने कार्यक्रम छ।
टि२० विश्वकप एसिया छनोट मंसिर ६ देखि १२ सम्म (नोभेम्बर २२ देखि २८) सम्म हुनेछ । सन् २०२३ मा दक्षिण अफ्रिकामा हुने टि२० विश्वकपको लागि नेपालसहित ६ राष्ट्रले ग्लोबल छनोटको लागि युएईमा एसिया छनोट खेल्न लागेका हुन् । छनोटमा नेपाल, भुटान, हङकङ, कुवेत, मलेसिया र युएई गरि ६ राष्ट्र सहभागी छन् ।
नेपालले पहिलो खेल मंसिर ६ गते हङकङसँग खेल्नेछ । त्यसको भोली पल्ट मंसिर ७ गते भुटानसँग प्रतिस्पर्धा गर्ने नेपालले मंसिर ९ गते कुवेत, मंसिर १० गते मलेसिया र मंसिर १२ गते युएईसँग प्रतिस्पर्धा गर्नेछ । एसिया छनोटको विजेताले २०२२ मा हुने ग्लोबल छनोटमा स्थान बनाउनेछन् । नेपाल प्रमुख दाबेदार हो । पाँच क्षेत्रबाट ग्लोबल छनोटमा एक एक टोली पुग्नेछन् । २०२२ मा हुने ग्लोबल छनोटबाट शीर्ष दुई टोली २०२३ मा दक्षिण अफ्रिकामा हुने महिला टि२० विश्वकपमा स्थान बनाउनेछन् ।
नेपाली महिला टोलीः
रुबिना क्षेत्री बेलबासे (कप्तान), सीता रानामगर, डली भट्ट, करुणा भण्डारी, इन्दु बर्मा, सरिता मगर, ज्याति पाण्डे, सरस्वती चौधरी, काजल श्रेष्ठ, सबनम राई, कविता कुँवर, अप्सरी बेगम, कविता जोशी र सङ्गीता राई ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]