default_image

4 years ago

November 11, 2021

जितको खुसी मनाइसकेको खेल टाई भएपछि…

166 views

0 Bookmark

एजेन्सी – जुनसुकै खेल वा प्रतियोगिता होस् । धेरै थोरै जितको खुसी र महत्व हुन्छ । प्रतियोगिता वा खेलमा त्यसको महत्व र खुसी निर्भर पर्छ । तर जितको खुसी मनाई सकेको र सेलेब्रेसन गरि सकेको खेल केहि समयपछि नजितेको थाहा भएपछिको अवस्था कस्तो होला । यस्तै घटना आइसिसी टि२० विश्वकप अमेरिका क्षेत्र छनोटमा अमेरिका र क्यानडाबीचको खेलमा भएको छ ।

क्यानडाले अमेरिकालाई हराउँदै जितको खुसी मनाइरहँदा केहि समयमै नाटकीय रुपमा खेल टाई भएको थियो । बुधबार सम्पन्न खेलमा अमेरिकाले क्यानडालाई सुपर ओभरले हराउँदै अनौपचारिक रुपमा २०२२ मा हुने टि२० ग्लोबल छनोटमा पक्का बनाएको छ ।
१ सय ४३ रनको विजयी लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४२ रन बनाएपछि खेल सुपर ओभर भएको थियो ।

अमेरिकालाई जितको लागि अन्तिम बलमा तीन रन चाहिँएको थियो । क्यानडा जतिन्द्रपाल मथारुको बल अली खानले छुन नसकेपछि लेगवाईको रुपमा एक रन दिए । जुन रन जित्नको लागि पर्याप्त थिएन । त्यसैले क्यानडाका खेलाडी एक रनले खेल जितेको भन्दै मैदानमा सेलेब्रेसन गर्न र खुसी साट्न थालेका थिए । विकेटकिपर हम्जा तारिकले रस्टी थेरोनालाई रन आउट गरेको भन्दै बल पिचमा छाडेर जितको खुसी मनाउनतर्फ गए ।

उता अली खान पराजय सम्झेर निराश हुँदै ड्रेसिङ तर्फ जान लागेका थिए । तर रस्टी थोरेनले खानलाई नजिकै पुगेर दोस्रो रनको लागि आग्रह गरे । दुई रन पूरा पनि भयो । त्यो समय सम्म क्यानडाका खेलाडी जितको खुसी मनाइरहेका थिए । त्यसपछि क्यानडा खेलमा पिचमा फर्किए । अम्पायरले दुई रनको मान्यता पनि दिए । क्यानडा खेलाडीले निराश हुँदै अम्पायरको निर्णयमा असहमति जनाएका पनि थिए । अमेरिका र क्यानडाबीचको विजेता ग्लोबल छनोटमा पुग्ने समीकरण जस्तो हुँदा धेरै महत्व थियो ।

थेरोन रन आउट थिएनन् । जितको खुसी मनाउनतर्फ लागेको क्यानडा खेलाडीको फाइदा उठाउँदै दुई रन जोडेर सुपर ओभर गराएका थिए । सुपर ओभरमा अमेरिकाले २२ रन बनाएको थियो । क्यानडाले १४ रन मात्र बनाउन सक्यो । योसँगै अमेरिकाले आगमी २०२२ मा हुने टि२० विश्वकप ग्लोबल छनोट खेल्ने निश्चित जस्तै भएको छ । ग्लोबल छनोटमा नेपाल सहित १६ देशले प्रतिस्पर्धा गर्नेछन् । समूह ए र बी का शीर्ष दुई दुई टोलीले २०२२ मा अष्ट्रेलियामा हुने टि२० विश्वकप खेल्न पाउनेछन् ।

क्यानडाको जितपछि हारमा परिणत भएको यो पछिल्लो समय दोस्रो पटक हो । यसअघि २०१८ मा डिभिजन २ को निर्णायक खेलमा क्यानडा नेपालसँग १ विकेटले पराजित हुँदै एकदिवसिय विश्वकप ग्लोबलमा पुग्नबाट बञ्चित भएको छ । जितको लागि १ सय ९५ रनको विजयी लक्ष्य पछ्याएको नेपाल ४२.१ ओभरमा १४४–९ को अवस्थामा पुग्दा क्यानडा खेलाडीले बाउन्ड्री बाहिर खुसी मनाएका थिए । तर करण केसीले अविजित ४२ रन जोडेपछि क्यानडा सम्पूर्ण खुसी निराशमा बदलिएको थियो ।

यो पनि पढ्नुहोस् : करणको त्यो इनिङ…

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.