default_image

4 years ago

November 14, 2021

टि२० विश्वकप फाइनल : प्लेयर्स टु वाच

195 views

0 Bookmark

एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ को फाइनल खेलमा आज अष्ट्रेलिया र न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा बेलुका ७ : ४५ मा सुरुहुनेछ । अष्ट्रेलिया र न्युजिल्यान्ड दुबै पहिलो पटक टि२० विश्वकप उपाधि जित्ने सोचमा छन् ।

पहिलो सेमिफाइनल खेलमा न्युजिल्यान्डले इंग्ल्यान्डलाई ५ विकेटले हराउँदै पहिलो पटक फाइनलमा स्थान बनाएको थियो । दोस्रो सेमिफाइनल खेलमा अष्ट्रेलियाले पाकिस्तानलाई ५ विकेटले हराउँदै दोस्रो पटक फाइनलमा पुगेको हो । न्युजिल्यान्ड पहिलो विश्वकप उपाधि जित्ने सोचमा छ । ओडिआईमा पाँच विश्वकप जितेको अष्ट्रेलिया टि२० विश्वकपमा पहिलो उपाधि हात पार्न चाहन्छ ।

अष्ट्रेलिया दोस्रो पटक टि२० फाइनल खेल्दैछ । सन् २०१० को टि२० विश्वकप फाइनलमा अष्ट्रेलिया इंग्ल्यान्डसँग ८ विकेटले पराजित भएको थियो । न्युजिल्यान्ड पहिलो फाइनलमै च्याम्पियन बन्ने सोचमा छ । विश्वकप अघि न्युजिल्यान्ड र अष्ट्रेलियालाई फाइनल पुग्नेमा कमैले विश्वास गरेका थिए । तर उत्कृष्ट प्रदर्शनका साथ फाइनलमा स्थान बनाएका हुन् । फाइनलमा प्रभाव जमाउन सक्ने दुबै टोलीका तीन तीन खेलाडी यस प्रकार छन् ।


डेविड वार्नर (अष्ट्रेलिया)

अष्ट्रेलिया ओपनर डेविड वार्नर लयमा फर्किएका छन् । बायाँ हाते ओपनर वार्नर वर्तमान समयका एक उत्कृष्ट आक्रामक विश्व प्रसिद्ध ब्याटर हुन् । तुलनात्मक रुपमा कमजोर मानिएको अष्ट्रेलियालाई फाइनलमा पुर्याउन वार्नरको योगदान महत्वपूर्ण छ । वार्नरले ६ खेलमा २ सय २६ रन बनाएका छन् ।

वार्नरले सेमिफाइनलमा पाकिस्तानविरुद्ध ३० बलमा ३ चौका र ३ छक्का सहित ४९ रनको महत्वपूर्ण इनिङ खेलेका थिए । समूह चरणमा वेस्टइन्डिज विरुद्ध ८९ र श्रीलंकाविरुद्ध ६५ रनको इनिङ खेलेका थिए । वार्नरले ३ सय १२ टि२० खेलमा ८ शतक र ८४ अर्धशतक सहित १ हजार २ सय ५५ रन बनाएका छन् । अनुभवी खेलाडी हुँदा दबाबमा राम्रो इनिङ खेल्न सक्छन् ।


मार्टिन गुप्टिल (न्युजिल्यान्ड)

न्युजिल्यान्डका ओपनर मार्टिन गुप्टिल टोलीका प्रमुख ब्याटिङ हतियार हुन् । उनको प्रदर्शन फाइनलमा निकै महत्वपूर्ण हुनेछ । गुप्टिलबाट न्युजिल्यान्ड उत्कृष्ट आक्रामक सुरुवात चाहन्छ । गुप्टिलले स्कटल्यान्डविरुद्ध ९३ रनको इनिङ खेलेका थिए । गुप्टिल विश्फोटक ब्याटिङको लागि चिनिन्छन् ।

उनले २ सय ८३ टि२० खेलमा ४ शतक सहित ८४ अर्धशतक सहित ८ हजार ६ रन बनाएका छन् । अनुभवी ब्याटर गुप्टिल पछिल्लो समय राम्रो लयमा छन् । गत मार्चमा अष्ट्रेलियासँग भएको पाँच टि२० आई सरिजमा पनि गुप्टिलले राम्रो प्रदर्शन गरेका थिए । उक्त सिरिजमा दोस्रो टि२० आई खेलमा ९७, तेस्रोमा ४३ र पाँचौं खेलमा ७१ रन जोडेका थिए । उनले आजको खेलमा आफ्नो प्रभाव जमाउन सक्छन् ।


मार्कस स्टोइनिस (अष्ट्रेलिया)

अलराउन्डर मार्कस स्टोइनिस अष्ट्रेलियाका फिनिसर हुन् । मध्यगतिका बलर स्टोइनिस आक्रामक सटहरु खेल्ने गर्दछन् । पाकिस्तानलाई सेमिफाइनलमा हराउन स्टोइनिसले तल्लोक्रममा ३१ बलमा २ चौका र २ छक्का सहित ४० रनमा महत्वपूर्ण अविजित इनिङ खेलेका थिए । स्टोइनिस जुनसुकै भूमिकामा आफ्नो प्रदर्शन देखाउन सक्छन् ।

स्टोइनिस श्रीलंकासँग १६ रनमा अविजित रहँदा इंग्ल्यान्डसँग शून्यमा आउट भएका थिए । अन्यमा ब्याटिङ गरेनन् । स्टोइनिस आफ्नो उत्कृष्ट फिनिसरमा टोलीको जित सहज बनाउन सक्छन् ।


ईश सोधी (न्युजिल्यान्ड)

न्युजिल्यान्डलाई फाइनलमा पुर्याउन स्पिनर ईश सोधीको प्रदर्शन उत्कृष्ट छ । सोधीले ६ खेलमा ९ विकेट लिई सकेका छन् । सोधीले भारतलाई ८ विकेटले हराउन महत्वपूर्ण दुई विकेट लिएका थिए । गत मार्चमा न्युजिल्यान्डसँग भएको पाँच टि२० आई सिरिजमा सोधी प्लेयर अफ द सिरिज चुनिएका थिए ।


मिचेल मार्श (अष्ट्रेलिया)

अलराउन्डर मिचेल मार्श राम्रो लयमा छन् । यस वर्ष मार्शले २० टि२० आई खेलमा ५ अर्धशतक सहित ५ सय ५० रन बनाएका छन् । पाकिस्तानलाई सेमिफाइनलमा हराउन मार्शले २२ बलमा ३ चौका र १ छक्का सहित महत्वपूर्ण २८ रन जोडेका थिए । त्यसअघि वेस्टइन्डिजविरुद्ध ५३ रनमा अविजित थिए । मार्शले मध्य गतिमा राम्रो बलिङ पनि गर्ने गर्दछन् । उनीले बल र ब्याट दुबैमा राम्रो योगदान दिन सक्छन् ।


केन विलियम्सन ( न्युजिल्यान्ड )

केन विलियम्सन न्युजिल्यान्डका प्रमुख हतियार हुन् । ब्याटिङमा उनको प्रदर्शन महत्वपूर्ण हुनेछ । जिम्मेवारीका साथ प्रदर्शन गर्ने विलियम्सन आफ्नो उत्कृष्ट ब्याटिङमा टोलीलाई सहज जित दिलाउन सक्छन् । अर्कोतर्फ टोली च्याम्पियन बन्न कप्तानी पनि उत्कृष्ट हुनुपर्छ ।

विलियम्सन वर्तमान समयका उत्कृष्ट कप्तान हुन् । आफ्नो उत्कृष्ट कप्तानीमा खेल जिताउन सक्छन् । यसअघि विलियम्सनले प्रमणित गरि सकेका छन् । विलियम्सन अष्ट्रेलियालाई घातक बन्न सक्ने न्युजिल्यान्डका खेलाडी हुन् । यस विश्वकपमा विलियम्सनले अफगानिस्तानविरुद्ध ४० रन र भारतविरुद्ध ३३ रनको अविजित इनिङ खेलेका थिए ।

न्युजिल्यान्ड र अष्ट्रेलियाबीचको फाइनल बारे सम्पूर्ण जानकारी पाउन यो पनि पढ्नुहोस् : टि२० विश्वकप फाइनल : उपाधिको लागि अष्ट्रेलिया र न्युजिल्यान्ड भिड्दै

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.