4 years ago
January 14, 2022
सुबास हुमागाईं, पोखरा
विभागीय टोली त्रिभुवन आर्मी क्लब नेपाली भलिबलमा दुर्लभ इतिहास रच्ने संघारमा पुगेको छ । पोखरामा जारी टाइगर कप २०७८ अन्तर्गत महिला र पुरुष दुवैतर्फ फाइनलमा प्रवेश गरेसँगै आर्मी एकैपटक महिला र पुरुषको उपाधि जित्ने उपलब्धि नजिक पुगेको हो ।

प्रतियोगितामा महिलातर्फ शीर्षस्थान र पुरुषतर्फ दोस्रो स्थानमा रहँदै आर्मीको टोलीले फाइनलमा स्थान पक्का गरेको हो । अब शनिबार हुने फाइनलमा महिला टोलीले नेपाल एपिएफ क्लब र पुरुष टोलीले टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लबको सामना गर्नेछ । महिलातर्फ आर्मीले लिग चरणमा एपिएफलाई पराजित गरेको थियो भने पुरुषतर्फ भने आर्मी हेल्प नेपालसँग पराजित भएको थियो ।
शुक्रबार विहानसम्म दुवै टोलीलाई फाइनल पुग्नका लागि अन्तिम खेल जित्नैपर्ने समिकरण रहेको थियो । दिनको पहिलो खेलमा आर्मीले नेपाल पुलिस क्लबलाई ३-१ को सेटमा पराजित गर्दै फाइनलमा स्थान पक्का गर्यो । आर्मी यससँगै महिला भलिबल सुरु गरेयता दोस्रो पटक फाइनल पुग्न सफल रहयो । यसअघि आर्मी २०७६ सालमा पाँचौ केएनपी राष्ट्रिय महिला भलिबलको फाइनलमा एपिएफसँग पराजित भएको थियो । त्यो नै आर्मीले खेलेको एकमात्र उपाधि भिडन्त हो ।
यता आर्मीको पुरुष टोली भने पटक पटक उपाधि जित्दै आएको थियो । पछिल्लो समय भएको तीन राष्ट्रिय स्तरको प्रतियोगितामध्य आर्मीको पुरुष टोलीले दुई उपाधि जितेको छ । इलाममा भएको प्रतियोगिता जितेपछि आर्मीले एनभीए च्याम्पियनसिपमा टिप टप हेल्प नेपाललाई फाइनलमा पराजित गर्दै उपाधि जितेको थियो । त्यसपछि आर्मी टाइगर ग्रुपको आयोजनामा जारी टाइगर कपको फाइनलमा प्रवेश गरेको छ ।

पुरुष टोलीका प्रशिक्षक जगत बहादुर सिंह यी सबै चार प्रतियोगितामा टोलीको मुख्य प्रशिक्षकको रुपमा रहेका छन् । २०७५ सालसम्म आर्मीमा अलराउन्डरको भूमिकामा रहेका उनले २०७६ सालदेखि सहायक प्रशिक्षकको जिम्मेवारी निर्वाह गरे । गत वर्ष अन्त्यतिर मुख्य प्रशिक्षक बनेका उनले लगातार राम्रो नतिजा दिएका छन् । टाइगर कपको लिग चरणमा हेल्प नेपालसँग भोगेको हारलाई फाइनलमा बदल्ने लक्ष्य उनले राखेका छन् ।
‘हाम्रो टिम एकदम राम्रो छ । सबै पक्षमा खेलाडीले राम्रो खेल्दै आएका छन् । हामी उपाधि दाबेदार हौं र जित्छौं भन्नेमा विश्वस्त छौं । लिग चरणमा हाम्रो दुवै ओपन स्पाइकर नचल्दा खेल सोचेजस्तो भएन । अब फाइनलमा त्यस खेलको कमजोरी सुधार्दै खेल्नेछौं,’ उनले सुनाए ।
यता आर्मीको महिला टोलीले फाइनलमा स्थान बनाएपछि टोलीकी मिडल ब्लकर सुनिता खड्काले पनि खुसी व्यक्त गरिन् । ‘हामी पछिल्ला प्रतियोगितामा अन्तिम समयमा चुक्दै आएका थियौं । यसपटक हामी पूर्ण विश्वासका साथ आएका थियौं । टोली हेर्ने हो भने हामी बलियो छौं । सुरुको खेलमा हामीलाई यात्राले पनि होला सोचेजस्तो खेल्न सकेनौं । त्यसपछि नियमित राम्रो खेलेका छौं,’ उनले भनिन् ।
सुनिताले आफ्नो टोलीको पछिल्लो समयको परिवर्तनमा कप्तान कृपा अधिकारीको भूमिका महत्त्वपूर्ण रहेको पनि औंल्याइन् । ‘कप्तानको आगमनपछि हाम्रो टोलीको मनोबल बढेको छ । वहाँले एकदम ‘कुल’ हुनुहुन्छ र दबाबको अवस्थामा पनि टोलीको मनोबल बढाउन सहयोग गर्नु हुन्छ । वहांको नेतृत्व गर्ने क्षमताले पनि टोलीमा प्रभाव पारेको छ,’ उनले थपिन् ।

सुनिताले २०७६ सालमा एभिसी सेन्ट्रल जोनमा राष्ट्रिय टोलीबाट डेब्यु गरेकी थिइन् । त्यसबेला उनीसँगै आर्मीका साफिया पुन र जानकी भण्डारीले पनि डेब्युको अवसर पाएका थिए । केहि साताअघि बंगलादेशमा नै भएको सेन्ट्रल जोनको दोस्रो संस्करणमा साफिया र सुनितासँगै कप्तान कृपा र शान्ति थारु पनि टोलीमा परे । शान्तिले पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामै राम्रो प्रभाव जमाइन् । सुनिता राष्ट्रिय टोलीले पनि टोलीलाई सहयोग गरेको अभिव्यक्ति दिइन् ।
‘हाम्रो टोलीको चार खेलाडी राष्ट्रिय टोलीमा छौं । त्यहाँको माहोलले पनि हामीलाई यहाँ मनोबल उच्च पार्न सहयोग गरेको छ । राष्ट्रिय टोलीको सफलता र क्लबमा पनि त्यसलाई निरन्तरता दिन सकिन्छ भन्ने विश्वास छ । भोली उपाधि जित्ने विश्वासका साथ नै हामी खेल्नेछौं,’ सुनिताले भनिन ।
आर्मीमा महिला भलिबलको भित्र्याउँदा वरिष्ठ प्रशिक्षक कपिल किशोर श्रेष्ठले टोली निर्माणको थालनी गरेका थिए । उनको नजरमा आर्मी टोली रणनीतिक र शारीरिक रुपमा पनि बलियो टोली बनेको छ । ‘मैले हेर्दा आर्मी टोली निकै बलियो देखिन्छ । शारीरिक रुपमा होस् या रणनीतिक, आर्मीको टोली राम्रो बनेको छ । आर्मीले पछिल्लो केहि प्रतियोगितायता निरन्तर सुधार गर्दै आएको छ । एपिएफमा पनि अनुभवी खेलाडी छन् । फाइनल रोमान्चक हुनेछ,’ श्रेष्ठले थपे ।

पुरुषतर्फ पनि श्रेष्ठकै समयका खेलाडीले अहिले टोलीमा प्रभावशाली प्रदर्शन गरिरहेका छन् । टोलीमा अहिले स्थान बनाएका दुर्गा खड्का र सरन सामरीलाई उनले आर्मीमा भित्र्याएका थिए । दुर्गा र सरन दुवैले राष्ट्रिय टोलीबाट पनि डेब्यु गरिसकेका छन् । दुर्गाले जारी प्रतियोगितामा उच्च प्रदर्शन गरिरहेका छन् ।
त्यसो त आर्मीले एनभिए च्याम्पियनसिपको फाइनलमा रोमान्चक जित हासिल गर्ने क्रममा हेल्प नेपाललाई पराजित गरेको थियो । उक्त खेलमा हेल्प नेपालका सुरेन्द्र बम दोस्रो सेटमा घाइते हुनुले पनि टोलीलाई केहि सहज भएको थियो । हेल्प नेपालले पछिल्ला खेलमा गरेको प्रदर्शन हेर्दा आर्मीलाई सहज हुने छैन । तर बेन्च स्ट्रेन्थको तुलना गर्दा आर्मी अब्बल छ । हेल्प नेपालसँग त्यो सुविधा भने छैन ।
एकै प्रतियोगितामा एकै क्लबका दुवै टोली फाइनल पुग्ने इतिहास यसअघि पनि देखिएको छ । तर एकै प्रतियोगितामा महिला र पुरुषतर्फ उपाधि एकै विभागले जित्ने यो पहिलो पटक हुनेछ । यसपटकको प्रदर्शन हेर्दा महिला भलिबलमा आर्मी स्वभाविक दाबेदार हो । पुरुषतर्फ भने आर्मीले हेल्प नेपालसँग उत्कृष्ट प्रदर्शन गर्नु आवश्यक छ । टाइगर कपको पहिलो संस्करणमा जसरी गण्डकी प्रदेशले उपाधि जित्दै इतिहास रचेको थियो, आर्मीसँग यसपटक पछिल्लो संस्करणको निराशालाई त्योभन्दा दोब्बर खुसीमा परिणत गर्ने अवसर छ ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]