default_image

2 years ago

March 18, 2022

ओडिआईमा सागरलाई पहिलो विकेट

105 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – स्पिनर सागर ढकालले ओडिआई क्रिकेटमा पहिलो विकेट हात पारेका छन् । आइसिसी विश्वकप लिग–२ मा घरेलु टोली युएईविरुद्ध सागरले पहिलो विकेट लिएका हुन् ।

दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ थालेको युएईले ४१ ओभरमा ७ विकेट गुमाउँदै १ सय ३७ रन बनाएको छ । सागरको ४१ औं ओभरको तेस्रो बलमा ठूलो सट खेलेका बासिल हामिद लङअनमा ज्ञानेन्द्र मल्लबाट १४ रनमा क्याच आउट भए । सागरले अघिल्लो खेलमा पपुवा न्युगिनीविरुद्ध ओडिआईमा डेब्यू गरेपनि विकेट विहीन बनेका थिए ।

युएईका अनुभवी बायाँ हाते ब्याटर रोहन मुस्तफा ८१ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक ४० रनमा आउट भए । सिपी रिजवान ८५ बलमा ४० रनमै आउट भए । खराब सुरुवात गरेको युएईलाई पाँचौं विकेटका लागि मुस्तफा र रिजवानले ७७ रनको साझेदारी गरे ।

चौथो ओभरको पाँचौं बलमा ओपनर चिराग सुरीलाई सोमपालले ६ रनमा आउट गर्दै नेपाललाई पहिलो सफलता दिलाए । सुरी आउट साइड एज लागेर विकेटकिपर आसिफ शेखबाट क्याच भए ।

१९ वर्षीय विकेटकिपर वृत्य अरविन्द यस खेलमा भने चल्न सकेनन् । अन्तर्राष्ट्रिय क्रिकेटमा सानदार ब्याटिङ गर्दै आएका वृत्यलाई सोमपालले आसिफबाट ३ रनमा क्याच आउट गराउँदै नेपाललाई प्रमुख सफलता दिलाए । वृत्य आउट साइड एज लागेर क्याच आउट भए ।

सोमपालले १० औं ओभरको पहिलो बलमा ओपनर मोहम्मद वासिमलाई २१ रनमा कुशल भुर्तेलबाट क्याच गराउँदै प्रमुख तीन विकेट लिँदै पूर्ण रुपमा दबाबमा राखेका थिए । वासिमले २८ बलमा ३ चौका प्रहार गरे । करण केसीले आसिफ खानलाई २ रनमा आसिफबाटनै क्याच गराएपछि युएई १०.३ ओभरमा ३५–४ को अवस्थामा पुगेको थियो ।

May 16, 2024

एपिएफ लिग चरणका सबै खेलमा विजयी 

काठमाडौं (हाम्रो खेलकुद) – टियु क्रिकेट मैदानमा जारी ललितपुर मेयर्स कपमा नेपाल एपिएफ क्लबले राउण्ड रोबिन चरणको सबै खेलमा जित दर्ता गरेको छ । लगातार तीन जित दर्ता गर्दै फाइनल प्रवेश गरिसकेको एपिएफले बिहीबार चौथो खेलमा सुदुरपश्चिम प्रदेशलाई ३ विकेटले पराजित गरेको हो । सुदुरपश्चिमले दिएको ११२ रनको लक्ष्य एपिएफले दुई बल बाँकी छँदै पुरा […]

May 16, 2024

सुनिल क्षेत्रीले अन्तराष्ट्रिय फुटबलबाट सन्न्यास लिँदै

काठमाडौं (हाम्रो खेलकुद) – भारतीय फुटबलका सर्वोत्कृष्ट गोलकर्ता स्ट्राइकर सुनिल क्षेत्रीले अन्तराष्ट्रिय फुटबलबाट सन्न्यास लिने घोषणा गरेका छन् । सुनिलले सामाजिक सञ्जालमा एक भिडियो मार्फत १९ वर्ष लामो अन्तराष्ट्रिय करियरमा बिट लगाउने घोषणा गरेका हुन् । सुनिलले आउँदो जुन ६ मा कुवेत विरुद्ध कोलकत्तामा हुने विश्वकप छनोट अन्तर्गतको घरेलु खेल उनको अन्तिम खेल हुने बताएका […]

May 16, 2024

युभेन्ट्सलाई कोपा इटालिया उपाधि

एजेन्सी – युभेन्ट्सले कोपा इटालियाको उपाधि जितेको छ । तीन वर्ष पछि पहिलो ठूलो उपाधि जित्ने क्रममा युभेन्टसले एटलान्टालाई बुधबार १–० ले हराएको हो । रोमस्थित स्ट्याडियो ओलिम्पिकोमा खेलको चौथो मिनेटमा दुसान भ्लाभिकले गरेको गोलमा युभेन्ट्स च्यम्पियन बन्यो । एन्ड्रिया क्याम्बि–यासोको पासमा भ्लाभिकले गोल गरेका हुन् । युभेन्ट्सले कीर्तिमानी १५ औं पटक कोपा जितेको हो […]

Success

Thank you for your time.