default_image

2 years ago

April 18, 2022

चेल्सी एफए कपको फाइनलमा

137 views

0 Bookmark

एजेन्सी – साविकको उपविजेता चेल्सी एफए कपको फाइनलमा प्रवेश गरेको छ । आइतबार रात भएको खेलमा क्रिस्टल प्यालेसलाई २–० ले पराजित गर्दै चेल्सीले फाइनलमा स्थान पक्का गरेको हो ।

चेल्सी लगातार तेस्रो यसअघि चेल्सी आर्सनल र लेस्टर सिटीसँग पराजित हुँदा उपाधि जित्न सकेको छैन । वेम्वली स्टेडियम लन्डनमा आइतबार राति भएको खेलमा चेल्सीको जितमा रुवेन लफटस चिक र मासन माउन्टले गोल गरे । दुवै गोल दोस्रो हाफको अन्त्यतिर भएको थियो ।

बल पोसेसनमा बलियो पकड बनाएपनि चेल्सीले गोलको लागि दोस्रो हाफ नै कुर्नुपरेको थियो । ६५औं मिनेटमा रुवेन लफटस चिकले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाए । काई हाभर्टजको प्रहार डिफेन्डरको खुट्टामा लागेर फर्कदा रुवेनले गरेको भली प्रहार बटल्यान्डले डिफ्लेक्ट हुँदै जाली चुमेको थियो ।

७६औं मिनेटमा मासन माउन्टले गोल गर्दै चेल्सीको जित पक्का गरे । उनले टिमो वेर्नरको पासमा गोल गोल गर्न सफल भएका थिए ।
अब चेल्सीले उपाधिका लागि लिभरपुलसँग प्रतिस्पर्धा गर्नेछ । लिभरपुलले शनिबार राति नै म्यानचेस्टर सिटीलाई ३–२ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको थियो । फाइनल १४ मेमा हुनेछ ।

May 7, 2024

पिएसजी र डर्टमुण्ड बीचको दोस्रो लेग आज

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत सेमीफाइनलको दोस्रो लेगमा पेरिस सेन्ट जर्मान (पिएसजी) आज भिड्ने छन् । खेल नेपाली समय अनुसार राती १२:४५ बजे पिएसजीको घरेलु मैदान पार्क डेश प्रिन्सेसमा सुरु हुनेछ । गत बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले १-० को अग्रता लिएको थियो । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरेका […]

May 7, 2024

एन्जल्स हार्टले केएमसीलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद)– एन्जल्स हार्ट स्कुलले जयकुमारनाथ शाह स्मृति यु १६ अन्तर स्कुल क्रिकेट प्रतियोगितामा मंगलबार केएमसीलाई हराएको छ । एन्जल्स हार्टले केएमसीलाई ६ विकेटले हराएको हो । १ सय ६३ लक्ष्य पछ्याएको एन्जल्स हार्टसले १९.३ ओभरमा ४ विकेटको क्षेतिमा जित हासिल गरेको थियो । टोलीका लागि युवराज खत्रीले ३६ बलमा ४९, जोय थापा २९ […]

May 7, 2024

म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार

एजेन्सी – म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा लज्जास्पद हार बेहोरेको छ । युनाइटेडले घरेलु टोली क्रिस्टल प्यालेससँग ४–० को लज्जास्पद हार बेहोरेको हो । युनाइटेडलाई लज्जास्पद हार चखाउन माइकल ओलिसेले दुई तथा जिन फिलिप माटेटा र टेरिक मिट्चेलले समान एक गोल गरे । यससँगै क्रिस्टल प्यालेसले यो सिजनको प्रिमियर लिगको दुवै खेलमा युनाइटेडलाई हराउन सफल […]

Success

Thank you for your time.