default_image

4 years ago

June 11, 2022

आसिफको अर्धशतकमा नेपालको राम्रो सुरुवात

320 views

0 Bookmark

ह्युस्टन, अमेरिका (हाम्रो खेलकुद) – ओपनर आसिफ शेखको अर्धशतकमा नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली अमेरिकाविरुद्ध राम्रो सुरुवात गरेको छ । ह्युस्टनस्थित मुसा क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले १८ ओभरमा १ विकेट गुमाउँदै ९१ रन बनाएको छ ।

नेपालका आसिफ शेख ५९ बलमा ५ चौकासहित ५१ रनमा अविजित छन् । आसिफले ५८ बलमा ओडिआई करिअरको दोस्रो अर्धशतक प्रहार गरे । गतवर्ष आसिफले ओमानविरुद्ध ९० रनको इनिङ खेल्दै करिअरको उच्च प्रदर्शन गरेका थिए । आसिफको यो १० औं ओडिआई खेल हो ।

आसिफ अमेरिका भ्रमणमा अभ्यास खेलमा नेपाली अल स्टाार्सविरुद्धको खेलमा चोटका कारण एक हप्ता मैदान बाहिर रहेका थिए । खुट्टाको चोटका कारण आसिफले ओमानविरुद्ध खेल गुमाउनु परेको थियो । पहिलो विकेटका लागि चोटबाट फर्किएका दुबै ओपनर आसिफ शेख र कुशल भुर्तेलले ११.५ ओभरमा ५६ रनको अर्धशतकीय साझेदारी गर्दै नेपाललाई राम्रो सुरुवात दिलाएका थिए ।

देव खनाल १६ रनमा क्रिजमा छन् । ग्रोइन चोटबाट फर्किएका ओपनर कुशल भुर्तेल ३६ बल खेल्दै १९ रनमा बोल्ड भए । निसर्ग पटेलको बलमा कुशल स्वीप सट खेल्ने धुनमा मिस हुँदा बोल्ड हुन पुगेका थिए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

Success

Thank you for your time.