default_image

2 years ago

June 16, 2022

कठिन समयमा आरिफको महत्वपूर्ण अर्धशतक

466 views

0 Bookmark

ह्युस्टन (हाम्रो खेलकुद) – तल्लोक्रमका ब्याटर आरिफ शेखले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली अमेरिकाविरुद्ध कठिन समयमा महत्वपूर्ण अर्धशतक प्रहार गरेका छन् ।

जितको लागि २ सय ४६ रनको प्रतिस्पर्धात्मक विजयी लक्ष्य पछ्याएको नेपालले ४१.१ ओभरमा ५ विकेट गुमाउँदै १ सय १ सय ७५ रन बनाएको छ । आरिफ शेख ६५ बलमा २ चौकासहित ५० रनमा क्रिजमा छन् । आरिफको ओडिआई करिअको यो तेस्रो अर्धशतक हो । सोमपाल कामी ६३ बलमा ३५ रनमा क्रिजमा छन् ।

एक समय ९३-५ को खराब सुरुवात गरेको नेपाललाई छैटौं विकेटका लागि आरिफ र सोमपालले ८२ रनको साझेदारी गरि सकेका छन् । ओपनर कुशल भुर्तेललाई तीव्र गतिका बलर अली खानले छैटौं ओभरको चौथो बलमा १० रनमा क्याच गराए । खानको दशौं ओभरको चौथो बलमा आसिफ शेख स्टिभन टेलरबाट १८ रनमा क्याच आउट भए । आसिफले १५ बलमा तीन चौका प्रहार गरे ।

विदेशी फ्रेन्चाइज लिगमा प्रभाव जमाउँदै आएका अली खानले दुबै ओपनरलाई सस्तैमा आउट गरेपछि नेपाली मध्यक्रम ब्याटिङ सम्हाल्लिन सकेन । नोथुश केंजिगेले उपकप्तान रोहित पौडेललाई १६ रनमा एलबीडब्लू आउट गर्दै ६९(३ को अवस्थामा पुर्याए । रोहितले १९ बलमा १ चौका र १ छक्का प्रहार गरे ।

प्रमुख ब्याटर दीपेन्द्रसिंह ऐरी स्पिनर निसर्ग पटेलको बलमा ७ रनमा मोनांक पटेलबाट २२ औं ओभरको दोस्रो बलमा ७ रनमा क्याच गराएपछि नेपाल संकटमा परेको थियो । ३२ औं ओभरमा आरिफ र अमेरिका तीव्र गतिका बलर क्यामरन स्टिभन्सबीच केहि विवाद समेत भएको थियो ।

May 15, 2024

एपिएफ एक खेल अगावै ललितपुर मेयर्स कपको फाइनलमा 

एजेन्सी – नेपाल एपिएफ क्लब काठमाडौँमा जारी ललितपुर मेयर्स कप २०८१ को फाइनलमा प्रवेश गरेको छ । प्रतियोगितामा लगातार तेस्रो जित दर्ता गर्दै उपाधि दावेदार एपिएफ एक खेल बाँकी छँदै फाइनलमा प्रवेश गरेको हो । एपिएफको ३ खेलमा ६ अंक भएको छ । दोस्रो स्थानको सुदूरपश्चिमले २ खेलमा ४ अंक नै बटुलेको छ । ललितपुरको […]

May 15, 2024

रियल म्याड्रिडको सानदार जित

एजेन्सी – लिग उपाधि जितिसकेको रियल म्याड्रिडले लालिगा अन्तर्गत गएराती सम्पन्न खेलमा देपोर्तिभो अलाभेस माथि सानदार जित दर्ता गरेको छ । रियलले अलाभेस माथि ५-० को फराकिलो जित निकालेको हो । खेलको १०औं मिनेटमा जुड बेलिङ्घमले रियाललाई अग्रता दिलाएका थिए । बक्स भित्रबाट उनले खेलेको क्रस गोलमा परिणत भएको थियो । २७औं मिनेटमा भिनिसियस जुनियरले […]

May 15, 2024

हाफ म्याराथन र रोड रेसको तयारी पूरा

सुमन अधिकारी,बुटवल मदन भण्डारीको ३१ औं स्मृति दिवसको अवसरमा हुने (जेठ ३ गते ) दोस्रो राष्ट्रिय खुल्ला हाफ म्याराथन तथा रोड रेस प्रतियोगिताको तयारी पूरा भएको छ । आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीले मंगलबार बुटवलमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी पूरा भएको जनाएको हो । प्रतियोगितामा खुल्ला हाफ म्याराथनसहित ५ वटा इभेन्ट समावेश गरिएको छ […]

Success

Thank you for your time.