3 years ago
June 27, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजको लागि स्कटल्यान्ड र क्यानडासँग सिरिज खेल्ने राष्ट्रिय टोलीलाई बिदाई गरेको छ ।
क्यानले सोमबार एक कार्यक्रमका बीच क्यानाडा हुँदै स्कटल्यान्ड जाने नेपाली टोलीलाई बिदाई गरेको हो । बिदाई कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ, क्यानका अध्यक्ष चतुर बहादुर चन्द, कार्यवाहक सचिव प्रशान्त विक्रम मल्ल, कोषाध्यक्ष रोशन सिंह लगायतको उपस्थित थियो ।
कप्तान सन्दीपले स्कटल्यान्डमा आफूहरुलाई चुनौती हुने बताए । ‘तयारीको रुपमा हामीले अमेरिकाबाट फर्केपछि खेलाडीलाई विश्राम र परिवारको समय दिएका थियौं । धेरै तयारी गर्न पाएका छैनौं । टिम एकदमै सन्तुल थियो’, सन्दीपले भने । त्यसैमा थपे ‘क्यानाडामा राम्रो गरेर स्कटल्यान्ड जान चाहन्छौं । स्कटल्यान्डमा हामीले जित्नु पर्ने त्यतिनै आवश्यक छ । टिम राम्रो बाटोमा गएमा सबैलाई विश्वास छ । टिम एकता देखि सबै कुरामा एकअर्काको साथमा छौं । युवा टोली हुँदा सबैले अनुभव लिएका छौं । यो भ्रमण सबैको लागि महत्वपूर्ण हुनेछ । त्यतिनै चुनौती पनि हुनेछ ।’
क्यानका अध्यक्ष चतुरबहादुर चन्दले अमेरिका भ्रमणमा आफूहरुले जित्नुपर्ने दुई खेल हारेको बताए । ‘सबै खेलाडीमा क्षमता छ । सबैले मिहिनेत गरेका छन् । सानो गल्तीको कारण दुई अंक गुमाउनु पर्यो । अंक गुमेपछि सबै चिन्तित भयौं । हामीले यो भन्दा उत्कृष्ट टोली अव खोजेर पनि बनाउन सकिदैन । जे छ वहाँहरुनै हो । नतिजा पनि दिनी उनीहरुले नै हो । म शुमकामना दिन चाहन्छु’, चन्दले भने ।
बिदाई कार्यक्रममा राखेप सदस्य सचिव टंकलाल घिसिङले टिम खेल हुँदा त्यसै अनुसार प्रदर्शन गर्न आग्रह गरे । ‘मलाई विश्वास छ । हिजो जति उचाई हासिल गरेको थियो । त्यसमा सिङ्गो देशले आशा राखेको छ । त्यो विश्वास र भरोसाको साथ शुभकामना दिन चाहन्छु’, घिसिङले भने ।
बिदाई कार्यक्रममा मुख्य प्रशिक्षक पुबुदु दसानायिकले भने थिएनन् । पुबुदु अमेरिका भ्रमणपछि क्यानाडा गएको हुँदा टोलीसँग सिधैं क्यानाडामा जोडिने छन् । टोली मंगलबार बिहान क्यानडातर्फ लाग्नेछ । त्यहाँ एक अभ्यास खेल र क्यानाडासँग दुई एकदिवसिय खेलपछि टोली स्कटल्यान्ड जानेछ । नेपाल, स्कटल्यान्ड र नामिबियाबीच त्रिकोणात्मक ओडिआई सिरिज हुनेछ ।
नेपाललाई आगमी वर्ष हुने एकदिवसिय विश्वकप ग्लोबल छनोट सिधैं खेल्न र ओडिआई मान्यतालाई निरन्रता दिन बाँकी सबै खेल खेल्नु पर्ने हुन्छ । नेपाल १६ खेलमा ७ मा जित, ८ मा हार र १ खेल टाईका साथ १५ अंक जोड्दै पाँचौं स्थानमा छ ।
नेपालको टोली :
सन्दीप लामिछाने (कप्तान), रोहित पौडेल (उपकप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, करण केसी, सोमपाल कामी, आदिल अन्सारी, बसिर अहमद, किशोर महतो, पवन सरार्फ र विनोद भण्डारी (विकेटकिपर) ।
नेपालको खेल तालिका
असार १७ (जुलाई १) : नेपालविरुद्ध ओन्टारियो अभ्यास खेल
असार २० (जुलाई ४) – नेपालविरुद्ध क्यानडा, पहिलो एकदिवसिय खेल
असार २१ ( जुलाई ५) – नेपालविरुद्ध क्यानडा, दोस्रो एकदिवसिय खेल
स्कटल्यान्ड भ्रमणमा नेपालको खेल तालिका
असार २७ ( जुलाई ११) – नामिवियाविरुद्ध नेपाल
असार २९ ( जुलाई १३) – स्कटल्यान्डविरुद्ध नेपाल
असार ३२ ( जुलाई १६) – नेपालविरुद्ध नामिबिया
साउन १ ( जुलाई १७) – नेपालविरुद्ध स्कटल्यान्ड
January 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- केबी साम नेपाल कबड्डी लिग (एनकेएल) मा जनकपुर नाइट्सले हिमालयन रेडर्सलाई ३५-२४ हराउँदै विजयी सुरुवात गरेको छ। राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा शनिवार दोस्रो खेलको सुरुवात प्रतिस्पर्धात्मक भए पनि सहिद अन्सारीको सुपर रेडसँगै जनकपुरले ७-५ को अग्रता बनायो। लगतै च्याफोन कामुन्नेको अर्को सुपर रेडमा जनकपुर १०-५ ले अगाडि बढ्यो। यसपछि हिमालयनलाई अल […]
January 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा लगातार चौथो जित हासिल गरेको छ । डेजर्टले शनिवार अबुधाबी नाइट राइडर्सलाई ५३ रनले पराजित गरेको छ । डेजर्टले चौथो खेलिसक्दा कुशलले डेब्युको अवसर पाएका छैनन् । १ सय ९४ रनको लक्ष्य पछ्याएको नाइट राइडर्सले १७.४ ओभरमा अल आउट […]
January 18, 2025
सुशील पन्त क्षेत्री,चितवन राइजिङ भरतपुर गोल्ड कप फुटबल प्रतियोगिता अर्को साता सुरु हुने भएको छ। चितवन ११ फुटबल क्लबको आयोजनामा प्रतियोगिता माघ १२ गते सुरु हुने शनिवार रिसोर्ट मिसन सफलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । नेपाल प्रहरी शिक्षालय भरतपुर तालिमकेन्द्रको मैदानमा हुने प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ ।प्रतियोगितामा ए डिभिजनसहित ८ टोली सहभागी हुने […]