default_image

2 years ago

July 7, 2022

हालेर डर्टमुन्डमा अनुबन्धित

173 views

0 Bookmark

एजेन्सी – जर्मन क्लब बोरुसिया डर्टमुन्डले आइभोरी कोस्टका फरवार्ड सेवास्टिन हालेरलाई क्लबमा अनुबन्ध गरेको छ । डर्टमुन्डले हालेरलाई डच क्लब आयाक्सबाट २९ मिलियन पाउन्डमा चार वर्षको लागि क्लबमा अनुबन्ध गरेको हो ।

उनी २०२६ सम्म सिग्नल इडुना पार्कमा रहनेछन् । २८ वर्षीय हालेरले १८ महिनामै आयाक्स छाड्ने निर्णय गरेको हो । उनलाई डर्टमुन्डमा एर्लिङ ब्राउट हालान्डको विकल्पको रुपमा हेरिएको छ । हालान्ड यसै समरमा इंग्लिस च्याम्पियन म्यानचेस्टर सिटीमा अनुबन्ध भइसकेका छन् ।

फ्रान्सको उमेर समूहबाट प्रतिनिधित्व गरिसकेका हालेर २०२० देखि आइभोरी कोस्टको राष्ट्रिय टोलीबाट खेलिरहेका छन् ।गत सिजन आयाक्सका लागि सबै ४२ खेलमा ३४ गोल गरेका हालेरले च्याम्पियन्स लिगमा मात्रै ११ गोल गरेका थिए । जुन करिम बेन्जेमा र रोबर्ट लेवान्डोस्कीको भन्दा कम हो ।

डर्टमुन्डमा अनुबन्ध भएसँगै हालेरले क्लबको हिस्सा बन्न पाउँदा खुशी लागेको ८० हजार भन्दा बढी दर्शकहरुको समर्थनलाई महसुस गर्न पर्खन नसक्ने बताएका छन् ।

डर्टमुन्डका खेलकुद निर्देशक केहलले सेवास्टिएनलाई अनुबन्ध गर्न सक्षम भएकोमा धेरै खुशी रहेको बताएका छन् । ‘उनी एक अनुभवी सेन्टर फरवार्ड हुन् । जसले च्याम्पियन्स लिगमा गत सिजन सनसनी मच्चाएका थिए । हामीले उनीबाट डर्टमुन्डमा पनि आगामी सिजनको लागि उच्च प्रदर्शनको अपेक्षा गरेका छौं ।’ केहलले भने ।

नयाँ सिजनको लागि डर्टमुन्डको यो चौथो अनुबन्ध हो । यसअघि डर्टमुन्डले रेडबुल साल्जवर्गबाट करिम एडिएमीलाई ३२ मिलियन पाउन्डमा अनुबन्ध गरिसकेको छ । यस्तै निको स्लोटरबेक र निकलस सुल पनि डर्टमुन्ड आएका छन् ।

May 8, 2024

आरसी ३२ शीर्ष स्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजनको सातौं चरणको पहिलो खेलमा जित दर्ता गर्दै आरसी ३२ फुटबल एकेडेमी तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । बुधवार एन्फा कम्प्लेक्समा भएको खेलमा आरसी ३२ ले स्पोर्ट्स एकेडेमी साँगालाई २-० ले पराजित गरेको हो । आरसी ३२ को जितमा सुजन बलम्पाकी मगर र सञ्जय सुब्बाले समान १-१ गोल […]

May 8, 2024

सहाना प्रधान यु १९ भलिबल च्याम्पिनसिप हुने

काठमाडौं (हाम्रो खेलकुद)- सहाना प्रधान प्रतिष्ठानको‌ आयोजनामा असारमा प्रथम सहाना प्रधान यु-१९ महिला तथा पुरुष भलिबल च्याम्पियनसिप हुने भएको छ। नेपाल भलिबल संघको प्राविधिक र व्यवस्थापनमा‌ असार ९ गतेदेखि १५ गतेसम्म च्याम्पिनसिप हुने बुधबार पत्रकार सम्मेलनमा जानकारी गराइयो। प्रतियोगितामा ७ प्रदेशका महिला र पुरुषबीच सहभागिता रहने बताइएको छ। भलिबल संघका‌ अध्यक्ष जीतेन्द्रबहादुर चन्दले प्रदेशलाई खेलाडी […]

May 8, 2024

रियल म्याड्रिड र बायर्न म्युनिख फाइनल प्रवेशका लागि भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको फाइनल प्रवेशका लागि स्पेनिश टोली रियल म्याड्रिड र जर्मन टोली बायर्न म्युनिख आज भिड्दै छन् । रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा हुने दोस्रो लेग आज राती १२:४५ बजे सुरु हुनेछ । बायर्नको घरेलु मैदानमा भएको पहिलो लेग २-२ को बराबरीमा सकिएको थियो । बायर्नले खेलमा रहेको अग्रता अन्तिम तिर गुमाउन […]

Success

Thank you for your time.