default_image

2 years ago

September 5, 2022

नेपालको उत्कृष्ट सुरुवात

91 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो एकदिवसिय अभ्यास खेलमा केन्याले प्रस्तुत गरेको चुनौतीपूर्ण लक्ष्य पछ्याएको नेपालले उत्कृष्ट सुरुवात गरेको छ । जितको लागि २ सय ५६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ११ ओभरमा कुनै विकेट नगुमाई ५७ रन बनाएको छ ।

नेपालका ओपनर आसिफ शेख ३२ बलमा ९ चौका र १ छक्कासहित ४५ रनमा अविजित छन् । अर्जुन साउद ३४ बलमा १ छक्कासहित १२ रनमा अविजित छन् ।

त्यसअघि जिमखाना क्लब मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको केन्याले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ५५ रन बनायो ।

केन्याका तेस्रो नम्बरका ब्याटर कोलिन्स ओबुयाले १ सय ११ बलमा ७ चौका र २ छक्कासहित सर्वाधिक ८४ रन बनाए । स्पिनर साहब आलमले बोल्ड गरेपछि उनी शतक बनाउन चुकेका थिए । तल्लोक्रमका लुकास ओलुओचले विष्फोटक ब्याटिङ गरेपछि केन्याले नेपाललाई चुनौतीपूर्ण लक्ष्य दिएको हो ।

लुकासले २७ बलमा ५ चौका र ५ छक्कासहित आक्रामक ५७ रनको अविजित इनिङ खेलेका थिए । अन्तिम ओभरमा स्पिनर बसिर अहमदलाई लुकासले २० रन प्रहार गरेका थिए ।

May 22, 2024

बंगलादेश अमेरिकाविरुद्ध स्तब्ध

एजेन्सी – अमेरिकाले बंगलादेश विरुद्धको तीन टि-२० खेल शृंखलाको पहिलो खेलमा जित दर्ता गरेको छ । बंगलादेशलाई स्तब्ध बनाउने क्रममा अमेरिकाले बंगलादेश माथि ५ विकेटको जित दर्ता गरेको हो । बंगलादेशले दिएको १५४ रनको मध्यम लक्ष्य अमेरिकाले ३ बल बाँकी छँदा ५ विकेट गुमाएर भेटायो । अमेरिकाका लागि कोरी एन्डरसनले २५ बलमा २ छक्का सहित […]

May 21, 2024

हैदराबादलाई हराउँदै कोलकत्ता फाइनलमा

एजेन्सी – सनराईजर्स हैदराबाद माथि सानदार जित दर्ता गर्दै कोलकत्ता नाईट राइडर्स इंडियन प्रिमियर लिग (आईपिएल) को फाइनलमा प्रवेश गरेको छ । पहिलो क्वालिफायरमा हैदराबाद विरुद्ध ३८ बल बाँकी छँदै ८ विकेटको जित दर्ता गर्दै कोलकत्ता तेस्रो उपाधि नजिक पुगेको हो । हैदराबादले दिएको १६० रनको लक्ष्य कोलकत्ताले १३.४ ओभरमै २ विकेट मात्र गुमाएर भेटायो […]

May 21, 2024

सेपाकताक्रो विश्व कप – नेपाल रेगु र डबल दुवैमा तेस्रो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल मलेसियाको क्वालालम्पुरमा जारी सेपाकताक्रो विश्व कपको रेगु र डबल इभेन्टको दुवैमा तेस्रो भएको छ । विश्व कपमा मंगलबार भएको सेमिफाइनलमा नेपाल रेगु इभेन्टमा चाइनिज ताइपेइसँग २–१ सेटमा हराएको थियो । चाइनिज ताइपेसँग नेपाली टोली ११–१५,१५–१०,१२–१५ ले पराजित गर्यो । रेगुको अर्को सेमिफाइनलमा इरानसँग २–० ले पराजित भएको बंगलादेश पनि नेपालसँग […]

Success

Thank you for your time.