default_image

2 years ago

September 17, 2022

फुटबलका दर्शकको प्रश्न – ‘सन्दीप भाइ कता हो?’

115 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीले शुक्रबार दशरथ रंगशालामा साविक विजेता भारतलाई हराउँदै महिला साफ च्याम्पियनसिपको फाइनलमा स्थान पक्का गर्यो । खेलमा झन्डै साढे ७ हजार दर्शकको उपस्थिति रहेको थियो ।

दशरथ रंगशालामा ब्यानरसहित फुटबल हेर्दै दर्शकहरु । तस्वीर : उत्सव शाक्य/हाम्रो खेलकुद

खेलको वार्मअप देखिनै समर्थकले नेपाली टोलीलाई साथ दिएका थिए । खेलपछि नेपाली टोलीका प्रशिक्षक कुमार थापाले समर्थनको प्रशंसा गर्दै दर्शकहरुलाई धन्यवाद दिन उपाधि घरमा राख्ने बताएका थिए । तर खेल हेर्न आउने समर्थकको एक समूहले एक ब्यानर प्रस्तुत गरेको थियो । ब्यानरमा लेखिएको थियो, ‘सन्दीप भाइ कता हो?’

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रहेका सन्दीप यतिबेला बलात्कार आरोपमा फरार रहेका छन् । नेपाल प्रहरीले उनीमाथि बलात्कार आरोप लागेपछि पक्राउ पुर्जी जारी गरेको छ । सन्दीप आफैंले पक्राउ पुर्जी जारी भएपछि आफू निर्दोष रहेको र अनुसन्धानमा सघाउने सार्वजनिक रुपमा बताएका थिए । तर पछिल्लो समय भने उनी सम्पर्कविहिन रहेको बताइएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले पक्राउ पुर्जी जारी भएपछि उनलाई राष्ट्रिय टोलीबाट निलम्बन गरिसकेको छ । उनी क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न सेन्ट लुसिया पुगेपनि फ्रेन्चाइजले उनलाई फुकुवा गरिसकेको छ । तर उनको पछिल्लो अवस्थाबारे क्यान र प्रहरी नै अनभिज्ञ छ । त्यसैले पनि समर्थकले फुटबल मैदानबाटै भएपनि उनीबारे चासो राखेका हुनुपर्छ ।

यो पनि :

नेपालले हराएपछि भारत पहिलो पटक फाइनल पुग्न सकेन

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

Success

Thank you for your time.