default_image

3 years ago

September 16, 2022

नेपालले हराएपछि भारत पहिलो पटक फाइनल पुग्न सकेन

207 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – महिला साफ च्याम्पियनसिपको इतिहासमा साविक विजेता भारत पहिलो पटक फाइनल पुग्नबाट बन्चित भएको छ । शुक्रबार दशरथ रंगशालामा नेपालसँग पराजित भएसँगै हालसम्म सबै संस्करणको च्याम्पियन भारत यसपटक फाइनल पनि पुग्न सकेन ।

दशरथ रंगशालामा भएको दोस्रो सेमिफाइनलमा नेपालले १-० को जित दर्ता गरेको हो । नेपाललाई साफ इतिहासमा भारतमाथि पहिलो जित दिलाउने क्रममा रश्मीकुमारी घिसिङले निर्णायक गोल गरिन् । नेपाल पाँचौ पटक फाइनलमा पुग्दा भारत पहिलो पटक फाइनल पुग्न सकेन ।

नेपाल र बंगलादेशले अब साफ महिला च्याम्पियनसिपको इतिहासमा पहिलो पटक फाइनलमा खेल्नेछन् । घरेलु मैदानमाझ नेपाल र बंगलादेशबीचको फाइनल खेल सोमबार हुनेछ । पछिल्लो दुई संस्करणमा उपविजेता भएका नेपाल र बंगलादेश पहिलो पटक उपाधि जित्ने सुरमा हुनेछन् । साफले नयाँ महिला च्याम्पियन पाउने पक्का भइसकेको छ ।

भारतले सुरुवाती तीन संस्करणको फाइनलमा नेपाललाई पराजित गरेको थियो । सन् २०१६ मा भने नेपाल सेमिफाइनलमा भारतसँग पराजित भएको थियो । त्यसबेला बंगलादेश भारतसँग फाइनलमा पराजित भएको थियो । विराटनगरमा भएको पाँचौ संस्करणमा नेपाल पुन: एकपटक भारतसँग फाइनलमा हारेको थियो । यसपटक भने नेपालले सेमिफाइनलमा भारतलाई घर पठाउँदै फाइनल यात्रा तय गर्यो ।

शुक्रबार दशरथ रंगशालामा नेपालले पहिलो हाफको इन्ज्युरी समयमा अग्रता लिएको थियो । रश्मीकुमारी घिसिङले गरेको गोल नै नेपालको जितमा निर्णायक सावित भयो । उनले प्रिती राईको क्रसलाई पेनाल्टी क्षेत्र भित्र संयमित भएर नियन्त्रणमा लिँदै गोल गरिन् ।

त्यसअघि २३अ‍ौं मिनेटमा अन्जु तामाङको क्रसमा दाङमेइ ग्रेसको प्रहार सटिक हुन सकेन । लगत्तै अर्कोतर्फ गिता रानाको फ्रिकिक पोस्टबाट निकै टाढा गयो ।

३३ अ‍ौं मिनेटमा प्रिती राईले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार पोस्टभन्दा माथिबाट बाहिरियो । लगत्तै भारतले डिफेन्समा गम्भीर गल्ती गरेपनि नेपालले फाइदा उठाउन सकेन । रन्जना चानुको ब्याकपास गोलरक्षक अदिति चौहानले मिस गरेपनि नेपाली फरवार्डले बल क्लियर हुनुअघि त्यहाँसम्म पुग्न सकेनन् ।

४२ अ‍ौं मिनेटमा सोम्या गुगुलोथको क्रसमा ग्रेस चिप्लिन पुग्दा उनको प्रहार पोस्टतर्फ जान सकेन । इन्ज्युरी समयमा नेपालले गोल गर्दै अग्रता लिन‌ सफल भयो ।

दोस्रो हाफको ५० अ‍ौं मिनेटमा अनिता केसीको कर्नरमा अमृता जैसीको हेडर गोलरक्षक अदितिले बचाइन् । लगत्तै अर्को कर्नरमा आएको रिबाउन्डका प्रितिको प्रहार पोस्टमा लागेर फर्कियो ।

५७ अ‍ौं मिनेटमा रश्मीको प्रहार फितलो रहँदा गोलरक्षक अदितिले सहजै बचाइन् । लगत्तै रश्मीको अर्को प्रहार अदितिले दोस्रो प्रयासमा बचाइन् ।

६४ अ‍ौं मिनेटमा प्रिती राईको एकल प्रयास सफल हुन् सकेन । उनले दुई डिफेन्डरको चुनौती चिर्दै गरेको प्रहार पोस्टभन्दा थोरैले बाहिरियो ।

७६ अ‍ौं मिनेटमा सौम्याको प्रहारलाई गोलरक्षक एन्जिलाले बचाइन् । ८३ अ‍ौं मिनेटमा सौम्याको क्रसमा ६ यार्ड बक्सभित्र बल क्लियर नहुँदा भारतले गोल फर्काउने अवसर पाएको थियो । तर नेपाली डिफेन्सले दोस्रो प्रयासमा बल क्लियर गर्दै खतरा टार्यो ।

यसअघि पहिलो सेमिफाइनलमा बंगलादेशले भुटानलाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरिसकेको छ । भुटानलाई ८-० हराउँदै बंगलादेश दोस्रो पटक फाइनलमा पुगेको हो ।

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

Success

Thank you for your time.