default_image

3 years ago

November 4, 2022

पोखराको टाइगर कप भलिबल माघमा हुने

481 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा हुने टाइगर कप राष्ट्रिय/अन्तर्राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको तेस्रो संस्करण माघमा हुने भएको छ ।

टाइगर ग्रुपको प्रस्ताव अनुसार माघ ८ देखि १४ गते सम्म टाइगर कप सन्चालनका लागि नेपाल भलिबल संघले स्वीकृती प्रदान गरेको छ । संघको कात्तिक १५ गते बसेको कार्यसम्पादन समितिले टाइगर कप आयोजनाका लागि स्वीकृती दिएको हो । टाइगर कप पोखरा रंगशाला हातामा रहेको भलिबल कोर्टमा हुनेछ । पोखरामा सर्वाधिक दर्शकहरुले हेर्नेमध्ये टाइगर कप भलिबल प्रतियोगिता प्रर्दछ ।

गत वर्ष महिला र पुरुषतर्फ समान ५ टोलीको सहभागिता रहेको थियो । दुवैतर्फको च्याम्पियन टोलीले समान ३ लाख रुपैयाँ, दोस्रो हुने टोलीले १ लाख ५० हजार, तेस्रोले ७५ हजार तथा चौथो टोलीले ३५ हजार रुपैयँ प्राप्त गरेको थियो ।

यसपटक सहभागी टोलीमा बृद्धि हुने सम्भावना रहेको आयोजक टाइगर ग्रुपका अध्यक्ष नारायण शर्माले जानकारी दिए । ‘महिला र पुरुष दुवैतर्फ भारतीय क्लबलाई सहभागिता गराउने सोचका साथ तयारी अघि बढाएका छौं,’ शर्माले भने, ‘केहि दिनमा यो विषयमा टुंगो लाग्नेछ । विगतमा भन्दा अझै स्तरीय प्रतियोगिता आयोजना गर्ने हाम्रो प्रयास हुनेछ ।’

गत संस्करण महिलातर्फ एपिएफ र पुरुषतर्फ त्रिभुवन आर्मी क्लबले जितेको थियो । पहिलो संस्करणमा भने महिलामा नेपाल पुलिस क्लब र पुरुषमा गण्डकी प्रदेश विजयी भएको थियो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

Success

Thank you for your time.