2 years ago
July 11, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगमा लगातार तेस्रो जित हात पारेको छ । एपिएफले एभरेष्ट भलिबल क्लबलाई सोझो सेटमा पराजित गर्दै अंकतालिकामा ३ महत्वपूर्ण अंक थपेको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको खेलमा एपिएफले २५–९, २५–१२, २५–१२ को सोझो सेटमा जित हात पारेको हो । युवा टोली एभरेष्टले राम्रो सम्भावना देखाएपनि जित हात पार्न सकेनन् ।
एपिएफले आर्मीलाई ३–२ र गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा जित हात पारेको थियो । एभरेष्ट भने पहिलो खेलमा पुलिस र दोस्रो खेलमा न्यू डायमण्डसँग सोझो सेटमा पराजित भएको थियो ।
आज दोस्रो खेलमा महिलातर्फ न्यू डायमण्ड र आर्मीबीच प्रतिस्पर्धा हुनेछ । खेल बिहान ११ बजे सुरु हुनेछ । पुरुषतर्फ भने तीन खेल हुनेछन् । दिउँसो १ बजे पुलिस र दावाली मिलनबीच प्रतिस्पर्धा हुनेछ ।
दोस्रो खेलमा दिउँसो ३ बजे टिपटप हेल्प नेपाल र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । दिनको अन्तिम खेलमा नेपाल एपिएफ क्लबले सैलुङ बागढुङ्गासँग खेल्नेछ ।
December 7, 2025
एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्यो। मियामीका गोलरक्षक रोको रिओस […]
December 6, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल गरेका थिए। ६५ […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]