2 years ago
July 11, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगमा लगातार तेस्रो जित हात पारेको छ । एपिएफले एभरेष्ट भलिबल क्लबलाई सोझो सेटमा पराजित गर्दै अंकतालिकामा ३ महत्वपूर्ण अंक थपेको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको खेलमा एपिएफले २५–९, २५–१२, २५–१२ को सोझो सेटमा जित हात पारेको हो । युवा टोली एभरेष्टले राम्रो सम्भावना देखाएपनि जित हात पार्न सकेनन् ।
एपिएफले आर्मीलाई ३–२ र गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा जित हात पारेको थियो । एभरेष्ट भने पहिलो खेलमा पुलिस र दोस्रो खेलमा न्यू डायमण्डसँग सोझो सेटमा पराजित भएको थियो ।
आज दोस्रो खेलमा महिलातर्फ न्यू डायमण्ड र आर्मीबीच प्रतिस्पर्धा हुनेछ । खेल बिहान ११ बजे सुरु हुनेछ । पुरुषतर्फ भने तीन खेल हुनेछन् । दिउँसो १ बजे पुलिस र दावाली मिलनबीच प्रतिस्पर्धा हुनेछ ।
दोस्रो खेलमा दिउँसो ३ बजे टिपटप हेल्प नेपाल र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । दिनको अन्तिम खेलमा नेपाल एपिएफ क्लबले सैलुङ बागढुङ्गासँग खेल्नेछ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]