default_image

2 years ago

July 17, 2023

दोस्रो बलमै नेपालले विकेट गुमायो

334 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसिसी इमर्जिङ कपमा भारत ए विरुद्ध दोस्रो बलमै विकेट गुमाएको छ । नेपालका ओपनर कुशल भुर्तेल भारतीय युवा तीव्र गतिका बलर हर्षित रानाको पहिलो ओभरको दोस्रो बलमै शून्यमा एलबीडब्लू आउट भएका छन् ।

श्रीलंकाको आर प्रेमदासा रंगशालामा भएको टसमा नेपालले जितेर पहिला ब्याटिङ गर्दा पहिलो ओभरमा १ विकेट गुमाउँदा कुनैपनि रन जोडेको छैन । नेपालका आसिफ शेख र देव खनाल क्रिजमा छन् ।

नेपालले पाकिस्तानसँगको खेलबाट टोलीमा दुई परिवर्तन गरेको छ । तीव्र गतिका बलर किशोर महतो र देव खनाललाई आजको खेलमा मैदान उतारेको छ । नेपालले पाकिस्तानसँगको खेलबाट अर्जुन साउद र प्रतिश जि.सीलाई बेन्चमा राखेको छ ।

नेपालको प्लेइङ ११ :

कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल ९कप्तान०, कुशल मल्ल, पवन सरार्फ , देव खनाल, गुलशन झा, सोमपाल कामी, भीम सार्की, ललित राजवंशी र किशोर महतो ।

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 11, 2025

विराटनगरलाई लुम्बिनीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

Success

Thank you for your time.