default_image

2 years ago

August 2, 2023

एशिया रग्वी प्रतियोगिता भाद्र पहिलो साता

618 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एशिया रग्वीको आयोजना तथा नेपाल रग्वी संघको ब्यवस्थापनमा एशिया रग्वी यू२० सेभेन्स महिला तथा पुरुष प्रतियोगिता हुने भएको छ ।

संघले बुधबार पत्रकार सम्मेलन गरि २०२३ भाद्र २ र ३ गते त्रिपुरेश्वरस्थित रङ्गशालामा प्रतियोगिता आयोजना हुने जानकारी गराएको छ । प्रतियोगितामा पुरुष तर्फ नेपाल सहित भारत, थाईल्याण्ड, मलेसिया, चाइनिज ताइपेइ, हङ्गकङ्ग, उज्वेकिस्तान गरि ७ राष्ट्रको सहभागिता रहनेछ ।

महिला तर्फ नेपाल, थाईल्याण्ड र मलेसियाको सहभागिता रहनेछ । प्रतियोगिता लिग कम नकआउटका आधारमा हुने छन् । शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।

७२ लाख अनुमानित लागत रहेको प्रतियोगिताको बिजयी टिमले एशिया रग्वीको ट्रफी प्राप्त गर्नेछन् । प्रत्यक्ष प्रसार हुने प्रतियोगितालाई एशिया रग्वी संग अनुवन्धित ३५ राष्ट्रले पनि प्रत्यक्ष प्रसारण गर्ने पत्रकार सम्मेलनमा जानकारी गराईयो ।

नेपाली टोलीले यस प्रतियोगिताका लागि श्रीलङकन प्रशिक्षक विजेलाथ सेनको प्रशिक्षणमा पोखरामा प्रशिक्षण लिईरहेको पत्रकार सम्मेलनमा संघका महासचिव गोविन्द घिमिरेले जानकारी गराए ।

यसै क्रममा नेपाल रग्वी संघ र गोक्योविच एक आपसमा सहयोग गर्ने गरि सम्झौता भएको छ । जसमा गोक्योले रग्वी खेलाडीहरुका लागि खेल पोशाक, ट्रायक सुट र खेल सामाग्री उपलब्ध गराउने छ । नेपाल रग्वी संघका तर्फबाट महासचिव गोविन्द घिमिरे र गोक्योको तर्फबाट ब्राण्ड मेनेजर अन्जिना राईले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

यसैगरि संघले भक्तपुर ईन्टरनेशनल हस्पिटलसँग पनि सम्झौता गरेको छ । संघको तर्फबाट महासचिव घिमिरे र हस्पिटलका तर्फबाट सिइओ रामजी कुमार श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

Success

Thank you for your time.