default_image

2 years ago

August 19, 2023

न्युजिल्यान्डविरुद्ध युएईको सानदार बलिङ

1845 views

0 Bookmark

एजेन्सी – घरेलु टोली युएईले दोस्रो टि२० आई खेलमा टेस्ट टोली न्युजिल्यान्डविरुद्ध सानदार बलिङ प्रदर्शन गरेको छ । न्युजिल्यान्डले युएईलाई जितको लागि १ सय ४३ रनको मध्यम लक्ष्य दिएको छ ।

दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४२ रन बनायो । न्युजिल्यान्डका मार्क च्यापम्यानले ४६ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ६३ रनको योगदान दिए । उनी बाहेक कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

एक समय ११.३ ओभरमा ६५-५ को अवस्थामा रहेको न्युजिल्यान्डलाई छैटौं विकेटका लागि मार्क च्यापम्यान र जेम्श निशमले ३२ बलमा ५३ रनको साझेदारी गरेका थिए । निशम १७ बलमा २ चौकासहित २१ रनमा क्याच आउट भए ।

तीव्र गतिका बलर मोहम्मद जवादुल्लाहले तेस्रो ओभरमै प्रमुख ब्याटर टिम सिफर्टलाई ७ रनमा बोल्ड आउट गरे । त्यसपछि स्पिनर आयन खानले न्युजिल्यान्डको ब्याटिङ धरासयी बनाएका थिए । आयन खानले पाँचौं ओभरमा लगातार दुई विकेट लिएपछि युएई खेलमा हाबी बनेको थियो ।

विकेटकिपर डेन क्लेभरलाई १ र मिचेल सान्टनारलाई आयनले शून्यमा बोल्ड गर्दै लगातार दुई विकेट लिएका थिए । स्पिनर मोहम्मद फराजुदीनले कोले म्याकोन्चीलाई ९ रनमा आउट गराए । आयनले ओपनर चाद बोवेसलाई २१ रनमा स्टम्पिङ आउट गराए । उनले २१ बलमा २ चौका र १ छक्का प्रहार गरे ।

काइल जेमिसन ८, टिम साउथी ४ र रचिन रविन्द्रले २ रन बनाए । युएईका आयन खानले ४ ओभरमा २० रन खर्चेर ३ विकेट लिए । मोहम्मद जवादुल्लाहले ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिए । अली नासिर, जहुर खान र मोहम्मद फराजुदीनले समान एक विकेट लिए । तीन खेलको सिरिजमा न्युजिल्यान्ड १(० ले अघि छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

Success

Thank you for your time.