2 years ago
August 30, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसिया कपमा घरेलु टोली पाकिस्तानविरुद्ध मध्यम प्रदर्शन गरेको छ । मुल्तान रंगशालामा टस जितेर पहिला ब्याटिङ रोजेको पाकिस्तानले १४ ओभरमा २ विकेट गुमाउँदै ६५ रन बनाएको छ ।

पाकिस्तानका बाबर आजम २४ बलमा १ चौकासहित १६ रनमा क्रिजमा छन् । मोहम्मद रिजवान २८ बलमा ३ चौकासहित २४ रनमा क्रिजमा छन् । तेस्रो विकेटका लागि रिजवान र बाबरले ४९ बलमा ४० रनको साझेदारी गरेका छन् । एक समय ६.१ ओभरमा २५-२ को अवस्थामा पुगेको पाकिस्तानलाई बाबर र रिजवानले राम्रो सुरुवात दिलाएका छन् ।
नेपाललाई पहिलो सफलता तीव्र गतिका बलर करण केसीले दिएका थिए । करणको छैटौं ओभरको तेस्रो बलमा ओपनर फखार जमान एज लागेर विकेटकिपर आसिफ शेखबाट १४ रनमा क्याच आउट भए ।
सातौं ओभरको पहिलो बलमा रोहित पौडेलले डाइरेक्ट थ्रोमा इमाम उल हकलाई ५ रनमा रन आउट गरेका थिए । त्यसअघि आरिफ शेखले पाँचौं ओभरको पाँचौं बलमा इमाम उल हकलाई ब्यक्तिगत पाँच रनमा जीवनदान दिएका थिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]