2 years ago
September 10, 2023
एजेन्सी – भारतका ओपनर रोहित शर्मा र शुभमन गिलले एसिया कपको सुपर फोर खेलमा पाकिस्तानविरुद्ध शतकीय साझेदारी गर्दै आउट भएका छन् । कोलोम्बोमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले १८ ओभरमा २ विकेट गुमाउँदै १ सय २४ रन बनाएको छ ।

भारतका कप्तान रोहित शर्मा ४९ बलमा ६ चौका र ४ छक्कासहित ५६ रनमा आउट भए । पहिलो विकेटका लागि रोहित शर्मा र शुभमन गिलले १६.४ ओभरमा १ सय २१ रनको सानदार शतकीय साझेदारी गरेका थिए । रोहित शादब खानको बलमा फहिम अशरफबाट क्याच आउट हुन पुगे ।
गिल ५२ बलमा १० चौकासहित ५८ रनमा क्याच आउट भए । शाहिन शाह अफ्रिदीको बलमा एक्स्ट्रा कभरमा अघा सलमानबाट क्याच आउट भए ।
त्यसअघि गिलले खाता नखोल्दै जीवनदान पाएका थिए । नसिम शाहको दोस्रो ओभरको पहिलो बलमा थर्डम्यानमा शाहिन शाह अफ्रिदीले गिलको क्याच लिन चुकेका थिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]