default_image

1 year ago

September 30, 2023

पब्जी एसियाडमा नेपाल सेमिफाइनलमै रोकियो

4119 views

0 Bookmark

हाङ्गचौ (हाम्रो खेलकुद) – नेपालको पब्जी टोली १९ अ‍ौं एसियाली खेलकुद अन्तर्गत पिस एलिटको सेमिफाइनल चरणमा रोकिएको छ ।

शनिबार विहान हाङ्गचौं ईस्पोर्टस सेन्टरमा भएको सेमिफाइनलमा नेपाल तेस्रो स्थानमा रहेपछि फाइनल पुग्न असफल रह्यो । नेपालले समूहमा जापानलाई भने पछि पार्न सफल भयो ।

यस समूहबाट दक्षिण कोरिया र चाइनिज ताइपेइ शीर्ष २ स्थानमा रहँदै फाइनल प्रवेश गर्न सफल रहे । नेपाल र जापानको यात्रा भने सेमिफाइनलमा रोकिएको छ ।

नेपालले ५४ मिनेट ३३ सेकेन्ड समयमा ४ राउण्ड सकेको थियो । जापानले ५४ मिनेट ४२ सेकेन्ड समय खर्चियो । कोरियाले ५० मिनेट ३७ सेकेन्ड तथा ताइपेइले ५२ मिनेट १९ सेकेन्ड लगाएको थियो ।

पहिलो राउण्डमा तेस्रो भएको नेपाल दोस्रो राउण्डमा अन्तिम रहेको थियो । तर त्यसपछि दुवै राउण्ड नेपालले तेस्रो स्थानमा रहेर पूरा गर्यो ।

टोलीका कप्तान सुविन महर्जन ‘रुल्ज’ ले सेमिफाइनलमा बाह्रिनु पर्दा दुख लागेको बताए । ‘निकै दुख लागेको छ । पदकको लक्ष्य लिएर आएका थियौं । तर त्यो हासिल गर्न सकेनौं । जापानलाई पछि पार्नुभन्दा जित्नु ठूलो थियो,’ उनले भने ।

November 10, 2024

रुपन्देही सुपर लिगमा देवदह विजयी

सुमन अधिकारी,बुटवल भैरहवामा जारी २५ औं रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा आइतवार बिहान भएको खेलमा देवदह क्रिकेट क्लब विजयी भएको छ । डिभिजन ‘बी’ अन्तर्गतको दोस्रो खेलमा देवदहले साई ग्लोबल क्रिकेट एकेडेमीलाई ७ विकेटले पराजित गरेको हो । सिद्धार्थ क्रिकेट मैदानमा जितका लागि पाएको ६८ रनको झिनो लक्ष्य देवदहले १८ ओभरमा ३ विकेटको नोक्सानीमा पूरा […]

November 10, 2024

महिला यु १९ विश्व कप छनोट – नेपाल र थाइल्याण्ड खेल्दै

काठमाडौं(हाम्रो खेलकुद) – युएईमा जारी महिला यु १९ टि ट्वान्टी विश्व कपको एसिया छनोटमा नेपाल चौथो खेलमा थाइल्याण्डको सामना गर्दैछ । खेल युएईको अजमानमा नेपाली समय अनुसार दिउसो ३ः१५ बजे सुरु हुनेछ । नेपाल प्रतियोगितामा तेस्रो जितको खोजीमा रहेको छ । नेपालले पहिलो खेलमा थाइल्याण्डलाई ६७ रन र दोस्रोमा कुवेतलाई १ सय ८ रनले पराजित […]

November 10, 2024

बंगलादेशले अफगानिस्तानलाई हरायो

एजेन्सी – बंगलादेशले अफगानिस्तानमाथि दोस्रो ओडिआईमा जित हासिल गरेको छ । बंगलादेशले शनिवार अफगानिस्तानमाथि ६८ रनले हराएको हो । यो नजितापछि ३ वटा ओडिआई सिरिजमा १-१ को बराबरी भएको छ । पहिलो खेलमा अफगानिस्तान ९२ रनले विजयी भएको थियो । २ सय ५२ रनको लक्ष्य पछ्याएको अफगानिस्तान ४३.३ ओभरमा १ सय ८४ रनमा अल आउट […]

Success

Thank you for your time.