2 years ago
November 2, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका तीव्र गतिका बलर सोमपाल कामीले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा ओमानका प्रमुख विकेट लिएका छन् ।

टियु मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको ओमानले ४ ओभरमा २ विकेट गुमाउँदै २५ रन बनायो । प्रतिक अथावले १४ र जिशान मकसुद १ रनमा क्रिजमा छन् ।
सोमपालले चौथो ओभरको पहिलो बलमा ओमानका प्रमुख ब्याटर अकिब इलियासलाई २ रनमा बोल्ड आउट गरेका हुन् । अकिब ओमानका प्रमुख ब्याटर हुन् । त्यसअघि तीव्र गतिका बलर करण केसीको पाँचौं बलमा कश्याप प्रजापति एज लगाउने धुनमा विकेटकिपर आसिफ शेखबाट क्याच आउट भएका थिए ।
कश्याप उनी ५ बलमा २ चौकासहित ८ रनमा आउट भए । सोमपाल कामीको चौथो ओभरको अन्तिम बलमा प्रतीक अथावलेको १४ रनमा वैकल्पिक फिल्डर प्रतिश जि.सीले क्याच छाडेका थिए । प्रतिश गुलशन झाको स्थानमा फिल्डिमा आएका थिए ।
नेपालले आजको खेलमा टोलीमा कुनै परिवर्तन गरेको छैन । ओमानले भने दुई परिवर्तन गरेको छ । फयाज बट र मोहम्मद नदिमलाई बेन्चमा राखेको छ । मोहम्मद खुसी र कलिमुल्लाहलाई खेलाएको छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]