2 years ago
November 5, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका अलराउन्डर गुलशन झाले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको फाइनल खेलमा ओमानविरुद्ध आक्रामक अर्धशतक प्रहार गरेका छन् । गुलशनले २० बलमा आफ्नो टि२० आई करिअरको पहिलो अर्धशतक प्रहार गरेका छन् ।

दीपेन्द्रसिंह ऐरीले मंगोलियाविरुद्ध अघिल्लो महिना ९ बल र २०१९ मा ज्ञानेन्द्र मल्लले २० बलमा मलेसियाविरुद्ध टि२० आईमा अर्धशतक पूरा गरेका थिए । समग्र रुपमा उनी नेपालबाट संयुक्त रुपमा छिटो अर्धशतक प्रहार गर्ने दोस्रो खेलाडी हुन् ।
गुलशन झा २२ बलमा ५ चौका र ४ छक्कासहित ५२ रनमा क्रिजमा छन् । उनलाई रोहित पौडेलले २५ बलमा २ चौकासहित २२ रनमा साथ दिएका छन् ।
टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले १६ ओभरमा ४ विकेट गुमाउँदै १ सय २८ रन बनायो । बिलाल खानको तेस्रो ओभरको चौथो बलमा आसिफ शेख एक्स्ट्रा कभरमा कश्याप प्रजापतिबाट ६ रनमा क्याच आउट भए ।
बिलालले स्वलो बलमा आसिफलाई फसाएका थिए । कुशल भुर्तेलले ब्यक्तिगत १८ रनमा जीवनदान पाएका थिए । तीव्र गतिका बलर फयाज बटको पाँचौं ओभरको अन्तिम बलमा कुशलको क्याच कभरमा आयन खानले छाड्न पुगेका थिए ।
तर कुशलले त्यसलाई भरपूर्ण फाइदा उठाउन सकेनन् । अकिब इल्यासले टोलीको योजना अनुसार डीप स्क्वायर लेगमा कुशल भुर्तेललाई मेहरान खानबाट क्याच आउट गराएका थिए ।
सन्दीप जोरा कप्तान जिशान मकसुदको बलमा १० रनमा बोल्ड आउट भए । अकिबले पुन टोलीको योजना अनुसार कुशल मल्ललाई आउट गरे । कुशलको कमजोरीलाई ध्यानमा राख्दै अफ बलमा अकिबले बोल्ड आउट गरे ।
कुशल मल्ल ३ रनमा बोल्ड आउट भए । एक समय नेपाल १० ओभरमा ६०(४ को अवस्थामा थियो । त्यसपछि गुलशन र रोहितको साझेदारीले खेल फर्किएको छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]