2 years ago
December 6, 2023
काठमाडौं (हाम्रो खेलकुद) – माघको दोस्रो साता काठमाडौंमा हुने १६ औं ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगितामा दुई खेलाडीले एम्पीयर स्कुटर पाउने भएका छन् ।

आयोजक ढोरपाटन क्लब र एम्पीयर स्कुटरको नेपाल विक्रेता केडिया इन्टरनेसनल प्रालिबीच बुधबार सहकार्य सम्झौता भएको हो । क्लबका तर्फबाट अध्यक्ष मनवीर छन्त्याल र केडियाको तर्फबाट प्रबन्ध निर्देशक सत्यम केडियाले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
सम्झौता अनुसार क्लबले लिगको सर्वोत्कृष्ट खेलाडी र वर्ष खेलाडीलाई एम्पीयर स्कुटर प्रदान गर्नेछ । खेलाडीलाई एम्पीयरको प्राइमस र म्यागनस स्कुटर प्रदान गरिनेछ । यसका लागि कम्पनीले स्कुटरमा ३३ प्रतिशत छुट दिने सम्झौता रहेको छ ।
प्रबन्ध निर्देशक केडियाले भलिबल खेल नेपाली समाजको पाटो भएकाले सहकार्य गर्ने भएको बताए । ‘भलिबल खेल नेपालको सबै ठाउँमा खेलिन्छ । हामी खेल संस्कृतिसँगै समाजमा परिवर्तन पनि ल्याउन चाहन्छौं । हाम्रो कम्पनिको प्रयास जनमानसमा जागरण गराउनु पनि हो । हामी हरेक व्यक्तिमा यो संस्कार विकास गर्न चाहन्छौं,’ उनले भने ।
उनले नेपालमा विद्युतीय सवारी साधनको आगमनले वातावरणमा पनि सहयोग पुग्ने हुनाले सार्वजनिक बजारमा पुग्न यो सहकार्य गरेको बताए ।
ढोरपाटन महिला लिग २०७६ पछि आयोजना हुन लागेको हो । कोरोना भाइरस (कोभिड–१९) पछि प्रतियोगिता रोकिएको थियो । माघ १२ देखि २२ गतेसम्म चल्ने प्रतियोगितामा बढीमा ९ टोलीको सहभागिता रहनेछ ।
प्रतियोगिताको विजेता ५ लाख १ हजार र दोस्रो हुने टोलीले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । अघिल्लो संस्करणको विजेताले ४ लाख ५ हजार रुपैयाँ प्राप्त गेर्नछ ।
यसपटक तेस्रोले १ लाख २५ हजार, चौथोले ७५ हजार, पाँचौले ५० हजार, छैटौले टोलीले २५ हजार रुपैयाँ प्राप्त गर्नेछ । विधागतका उत्कृष्टलाई समान ५ हजार पाउनेछन् । प्लेयर अफ दि म्याच र भाग्यशाली दर्शकको लागि पनि आकर्षक पुरस्कार राखिएको क्लबका अध्यक्ष छन्त्यालले जानकारी दिए ।

१५औं संस्करणसम्म आइपुग्दा एपिएफले सर्वाधिक ८ पटक उपाधि जितेको छ । ५ पटक पोखराको ज्ञानुबाबाले जितेको थियो ।
नेपाल पुलिस क्लब र रिड मोडल समान १ पटक जितेका थिए । ढोरपाटनले गत वर्ष आयोजना गरेको पुरुष प्रतियागिताको आर्मी च्याम्पियन बनेको थियो । १६औं संस्करणको ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिताको झण्डै ५१ लाख रुपैयाँ खर्च हुने क्लबको अनुमान छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]