2 years ago
March 6, 2024
पोखरा (हाम्रो खेलकुद)– गण्डकी प्रदेश सरकारले आफ्नो प्रदेशका ओलम्पियनलाई मासिक भत्ता दिन सुरु गरेको छ ।
नेपाल ओलम्पियन संघले गत वर्ष पोखरामा ओलम्पियन पूर्नमिलन तथा स्पोर्टस मिट आयोजना गर्दा गण्डकीका मुख्य मन्त्री सुरेन्द्र पाण्डेले प्रदेशका ओलम्पियनलाई मासिक भत्ता उपलब्ध गराउने घोषणा गरेका थिए ।
सोही अनुरुप साउनबाट २०८१ को असार मसान्तसम्मको मासिक भत्ता एकमुष्ट प्रदेशले बुधबार हस्तान्तरण गरेको छ । यसरी सम्मानित हुनेहरुमा ९ जना ओलम्पियन बाग्लुङकी भगवती खत्री, गोरखाका टिकाबहादुर बोगटी, ऋषिराम प्रधान, ज्ञानबहादुर बोहोरा, तनहुँका सिताराम शाही, राजेन्द्रबहादुर भण्डारी, नारायणबहादुर गुरुङ ,नवलपुरका तिलकराम थारु युथ ओलम्पियन कास्कीकी मनिषा अधिकारी छन् ।
गुरुङ र थारुको बाहेक कार्यक्रममा सबै ओलम्पियन थिए । प्रदेशले ओलम्पियनहरुलाई मासिक ५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको थियो । मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा बुधबार आयोजित कार्यक्रममा ओलम्पियनहरुलाई सम्मान गर्दै मुख्यमन्त्री पाण्डेले सरकार र खेलाडीबिचको सम्बन्ध खेल खेलिरहेका बेला मात्र नभई सँधै रहिरहोस् भन्ने उद्देश्य रहेको बताए ।
‘हिजो राष्ट्रका लागि खेल्नुभएका खेलाडीहरु आज कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, राज्यले उहाँहरुलाई सम्झनुपर्छ भन्ने लागेर प्रदेश सरकारले यो कार्यक्रम संचालन गरेको हो’ मुख्यमन्त्री पाण्डेले भने । यो कार्यक्रमलाई आगामी वर्षहरुमा पनि निरन्तरता दिने सरकारको योजना रहेको उनले बताए ।
गण्डकी प्रदेश सरकारले खेलाडी कल्याणकारी कार्यक्रम अन्र्तगत यस वर्ष प्रदेश खेलकुद परिषद्मा सुचिकृत भएका ५ सय ९४ जना एवंम् राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलमा सहभागी भएका १ सय जना खेलाडीको स्वास्थ्य बिमा गरेको छ ।
खेल क्षेत्रको विकास, खेलाडीको सम्मान र नयाँ पुस्तालाई खेल तर्फ आकर्षित गर्न प्रदेश सरकारले खेल मैदान स्तरोन्नती, विद्यालय, जिल्ला स्तरीय प्रतियोगिता लगायतका कार्यक्रम संचालन गर्दै आएको प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव श्रीधर शर्माले बताए ।
प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष धोजकुमार गुरुङ, सामाजिक विकास मन्त्रालयका सचिव प्रकाश पौडेल, ओलम्पियन संघका अध्यक्ष दिपक विष्ट र पोखरा महानगरपालिकाका खेलकुद समितिका संयोजक दीपक गोदार लगायतको उपस्थिति थियो ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]