default_image

4 weeks ago

May 26, 2024

भलिबलमा पुरुषको फ्रेन्चाइज लिग हुने

1118 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा पहिलाे पटक पुरुष भलिबल फ्रेन्चाइज लिग हुने भएकाे छ ।

नेपाल भलिबल संघले आइतबार काठमाडाैंमा एक कार्यक्रम गर्दै फ्रेन्चाइज लिगका लागि केडिया ग्रुपसँग सम्झौता गरेकाे हाे ।  सम्झौता पत्रमा संघका अध्यक्ष जितेन्द्र बहादुर चन्द र केडिया ग्रुपका प्रबन्ध निर्देशक विमल कुमार केडियाले हस्ताक्षर गरे ।

लिग संचालनका लागि संघ र केडिया ग्रुपबीच ७ वर्षकाे सम्झाैता भएकाे छ । लिग सम्पन्न गर्न लाग्ने सम्पुर्ण खर्च केडिया ग्रुपले व्यवस्थापन गर्नेछ । त्याे बाहेक केडिया ग्रुपले भलिबल संघलाई हरेक वर्ष ३५ लाख रुपैयाँ उपलब्ध गराउनेछ ।

लिगकाे पहिलाे संस्करण आगामी माघ-फागुन महिनामा गर्ने लक्ष्य राखेकाे संघका अध्यक्ष चन्दले बताए । लिगकाे पहिलाे संस्करण काठमाडौंमा आयोजना हुनेछ । भविष्यमा होम एण्ड अवेको आधारमा अन्य शहरहरुमा समेत खेलाइने लक्ष्य संघले राखेकाे छ ।

केडिया ग्रुपका प्रवन्ध निर्देशक विमल कुमार केडियाले आगामी आर्थिक वर्षमा भलिवलका लागि कभर्डहल बनाउन सबै मिलेर पहल गर्नुपर्ने बताए ।

June 23, 2024

इङ्ल्यान्ड टि ट्वान्टी विश्वकपको सेमिफाइनलमा

एजेन्सी – अमेरिका विरुद्ध सानदार जित दर्ता गर्दै इङ्ल्यान्ड आइसिसी टि ट्वान्टी विश्वकप २०२४ को सेमिफाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ । इङ्ल्यान्डले आइतबार अमेरिकालाई १० विकेटले हराउँदै अन्तिम चारको यात्रा तय गरेको हो । अमेरिकाले दिएको १ सय १६ रनको लक्ष्य इङ्ल्यान्डले ९.४ ओभरमै कुनै विकेट नगुमाई भेटायो । इङ्ल्यान्डको जितमा कप्तान जस […]

June 23, 2024

चितवन जिल्ला लिग यसै साता सुरु हुने

सुशिल पन्त क्षेत्री, चितवनसेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबल यसै साता सुरु हुने भएको छ। आयोजक चितवन जिल्ला फुटबल संघले असार १४ गते सुरु हुने लिगमा  सहभागी १३ टोलीलाई‌ दुई समूह विभाजन गरेको  छ । सेन्ट्रल टावरमा आज (आइतबार) एक कार्यक्रमकाबीच भएको  विभाजनको समूह ए मा साविक विजेता हनामी भरतपुर फुटबल क्लब (बिएफसी) […]

June 23, 2024

एरिका र स्यान्टुलाई एनओसी अवार्ड

काठमाडौं (हाम्रो खेलकुद)- करातेकी एरिका गुरुङ र टेबल टेनिसका स्यान्टु श्रेष्ठ एनओसी अवार्ड २०२४ प्राप्त गरेका छन् । नेपाल ओलम्पिक कमिटी (एनओसी) को आयोजनामाआइतबार भएको कार्यक्रमबीच एरिकालाई उत्कृष्ट महिला खेलाडी र स्यान्टुलाई उत्कृष्ट पुरुष खेलाडीको अवार्ड प्रदान गरिएको हो । एरिकाले चीनको हाङचाउमा भएको एसियाली खेलकुदमा रजत पदक जितेकी थिइन् । यस्तै स्यान्टु यसै वर्ष […]

Success

Thank you for your time.