3 months ago
June 8, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले आठौं पिएम कप लिगको पुरुषतर्फको तेस्रो स्थान हासिल गरेको छ । दशरथ रंगशालाको कभर्ड हलमा शनिबार भएको तेस्रो स्थानको खेलमा त्रिभुवन आर्मी क्लबलाई ३-२ ले गर्दै एपिएफ तेस्रो भएको हो ।
पुलिसले आर्मी माथि ३१-२९, १३-२५, २२-२५, २५-२३ र १५-८ को स्कोरलाइन सहित सोझो सेटमा परास्त गरेको हो ।
लिग चरणमा तालिकाको तेस्रो स्थान हासिल गर्दै आएको पुलिस र चौथो स्थान हासिल गर्दै आर्मी तेस्रो स्थानको खेलका लागि छनोट भएका थिए ।
पुरुष तर्फको उपाधि भिडन्त पनि आज नै हुँदैछ । दिनको ३ बजे उपाधिका लागि टिपटप हेल्प नेपाल र गण्डकी प्रदेश आमनेसामने हुनेछन् । गण्डकीको २० र हेल्प नेपालको १९ अंक रह्यो । लिग चरणमा गण्डकीले हेल्प नेपाललाई ३–२ ले हराएको थियो ।
यस्तै आज नै महिला तर्फको उपाधिका लागि एभरेष्ट भलिबल क्लब र नेपाल पुलिस क्लब दिनको १ बजे भिड्दै छन् ।
September 11, 2024
काठमाडौं (हाम्रो खेलकुद) – भलिबलका अन्तर्राष्ट्रिय रेफ्री विजय केसीले माल्दिभ्समा अर्को साता हुने काभा महिला क्लब च्याम्पियनसिपको खेल खेलाउने भएका छन् । गत वर्ष अन्तर्राष्ट्रिय रेफ्रीमा बढुवा भएका केसी उक्त जिम्मेवारी निर्वाह गर्न विहीबार त्यसतर्फ प्रस्थान गर्दैछन् । च्याम्पियनसिप भदौ ३० देखि असोज ५ गते सम्म हुनेछ । नेपालको लिगको विजेताका रुपमा पुलिसले काभा क्लब […]
September 10, 2024
काठमाडौं (हाम्रो खेलकुद)- ओलम्पियन संगिना वैद्यलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) को तालिम तथा प्रशिक्षण विभागको निर्देशकको जिम्मेवारी नदिएकोमा पूर्व युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठले सरकारको चर्को आलोचना गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद श्रेष्ठले मंगलवार शुन्य समयमा बोल्दै राखेपको निर्देशक पदको बढुवामा असन्तुष्टि जनाउँदै राजीनामा दिनु गम्भीर र लज्जास्पद विषय बताए । […]
September 10, 2024
काठमाडौं (हाम्रो खेलकुद)- एनएसजेएफ–पल्सर स्पोर्ट्स अवार्ड २०८०’ को २१ औं संस्करणमा पनि अन्तर्राष्ट्रिय स्पोर्ट्स ब्रान्ड केल्मीको नेपालको आधिकारिक विक्रेता कामरु ट्रेडिङ प्रालिले सहप्रायोजनलाई निरन्तरता दिएको छ । नेपाल खेलकुद पत्रकार मञ्चको आयोजना नेपाल प्रज्ञा प्रतिष्ठानमा शुक्रवार हुने पल्सर स्पोर्ट्स अवार्डको सहप्रायोजनका लागि कामरुका प्रबन्ध निर्देशक उत्तम न्यौपाने र मञ्चका महासचिव प्रज्वल ओलीले सम्झौतापत्रमा मंगलवार हस्ताक्षर […]