default_image

1 year ago

July 5, 2024

महिला फ्रेन्चाइज भलिबल लिगका लागि ७ वर्षीय सम्झौता

1495 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा महिला भलिबल फ्रेन्चाइज लिग आयोजना गर्नका लागि नेपाल भलिबल संघ (एनभिए) ले ७ वर्षका लागि सम्झौता गरेको छ ।

एनभिएले आधिकारिक रुपमा इन्फिनिटी ड्रिम्स प्रा. लि.लाई ‘एभरेस्ट महिला भलिबल लिग’ सञ्चालन गर्ने स्वीकृतिमा शुक्रबार सम्झौता गरेको हो ।

एनभिएका अध्यक्ष जितेन्द्र बहादुर चन्दले इनफिनिटी ड्रिम्स प्रा. लि. लाई नेपाल भित्र ७ वर्षको लागि एभरेस्ट महिला फ्रेन्चाइज भलिबल लिग आयोजना गर्न अनुमति प्राप्त गरेकोमा बधाई दिए ।

काठमाडौंमा सम्झौता घोषणा गर्नका लागि आयोजना भएको एक कार्यक्रमका बीच बधाई दिदैं चन्दले इनफिनिटी ड्रिम्स प्रा. लि. ले होम र अवेको अवधारणा अनुसार देशभर यो लिग आयोजना गर्न अधिकार पाएको जानकारी दिएका छन् ।

‘दुवै संस्था हाम्रो देशका महिलाहरुलाई भलिबल मार्फत सशक्त बनाउने कार्यमा सँगै काम गर्ने र खेलाडीहरूलाई व्यवसायिक रूपमा सशक्त बनाउनेका सातौं उनीहरुलाई आर्थिक रूपमा राम्रो अवस्थामा पुऱ्याउने विश्वास हामीले लिएका छौं’, प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यो लिगले भलिबल प्रति युवा भलिबल खेलाडीहरुलाई राष्ट्रिय स्तरमा आकर्षित गर्ने र अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिताहरूमा उनीहरुलाई प्रदर्शन गर्ने ठूलो प्लेटफर्म हुने विश्वास एनभिएले लिएको छ ।

इन्फिनिटी ड्रिम्स प्रा.लि.का प्रबन्ध निर्देशक आमिर अख्तरले एभरेस्ट वुमेन्स भलिबल लिगले नेपालको महिला भलिबलको उन्नतिलाई विश्वव्यापी ध्यानाकर्षण दिलाउन सक्ने विश्वास लिइएको बताए । यसका साथै क्रिकेटमा एभरेष्ट प्रिमियर लिग जस्ता प्रतियोगिता आयोजना गरेको अनुभव बोकेका अख्तरले यस प्रतियोगितालाई महिला सशक्तिकरणमा समेत मद्दत पुर्याउने विश्वास व्यक्त गरे ।

‘हामीले नेपाल क्रिकेटमा एभरेस्ट प्रिमियर लिग जस्तो सफल फ्रेन्चाइज लिग सञ्चालन गरेर देश विदेशमा रहनुभएका नेपाली खेलकुद प्रेमीहरुबाट अत्याधिक माया प्राप्त गरिसकेका छौं’, उनले भने, ‘एभरेस्ट महिला भलिबल लिगको विशेष प्रस्तुतीले भलिबलमार्फत महिला खेलाडीहरुलाई सशक्तिकरण गर्न र समग्र सम्भावनालाई उच्च राख प्रमुख पहल गर्नेछ । यही उदेश्यका साथ, अन्तर्राष्ट्रिय स्तरमा नेपालको पहिलो महिला फ्रेन्चाइज लिग आयोजना गर्दै छौं ।”

यस्तै अख्तरले एनभिएलाई धन्यवाद व्यक्त गर्दै प्रतियोगिताको सफल आयोजना गर्ने आफूहरु विश्वस्त रहेको समेत बताए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

Success

Thank you for your time.