1 year ago
July 15, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला भलिबल टोलीले भाग लिने काभा महिला भलिबल नेसनल लिगको हाम्रो खेलकुदले प्रत्यक्ष प्रसारण गर्ने भएको छ।
साउन १७ देखि २३ गतेसम्म नेपालमा हुने नेसनल लिगको प्रत्यक्ष प्रसारणका लागि सोमबार नेपाल भलिबल संघ र हाम्रो खेलकुदबीच सम्झौता भएको छ। संघका अध्यक्ष जीतेन्द्रबहादुर चन्द र हाम्रो खेलकुदका सम्पादक प्रकाश तिमल्सिनाले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए।
यसका साथै नेपाली टोली र रसियन खेलाडी सम्मिलित टोलीबीच हुने दुई मैत्रीपूर्ण खेलका लागि पनि संघ र हाम्रो खेलकुदबीच सम्झौता भएको छ।
नेपाल र रसियन टोलीबीचको साउन ६ र ७ गते त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा हुने संघले यसअघि नै जनाइ सकेको छ ।
नेपालस्थित रसियन दूतावासको सहयोगमा रसियन टोलीसँग दुई मैत्रीपूर्ण खेल हुन लागेको हो ।
नेपाली राष्ट्रिय महिला भलिबल टोलीले १० महिनापछि अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता खेल्न लागेको हो ।
चीनमा गत असोजमा भएको एसियन गेम्समा सहभागिता जनाएपछि अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको थिएन ।
प्रशिक्षणमा रहेका खेलाडी
अरुणा शाही (कप्तान) सरस्वती चौधरी, निरुता ठगुन्ना, उषा भण्डारी, कामना विष्ट, मनिषा चौधरी, साफिया पुन, पुनम चन्द, संगम महतो, कविता भट्ट, प्रगति नाथ, लक्ष्मी चन्द, रिमा कुँवर, आरती सुवेदी, सलिना श्रेष्ठ, शान्तिकला तामाङ र सुमित्रा रेग्मी
मुख्य प्रशिक्षक – जगदिश प्रसाद भट्ट
सहायक प्रशिक्षक – भरत यादव र रुपेश विष्ट
टिम व्यवस्थापक – निलम बज्राचार्य
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]